लहान। जनता समाजवादी नेपाल पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले कम्युनिष्टहरुको बाहुल्य रहेको समाजवादी मोर्चासँग कुनै सहकार्य नहुने बताएको छन । बलिदानी दिवसको अवसरमा लहानको मुख्यचोकमा रहेको रमेश महतो सहिद पार्कमा रहेका सहिदहरुलाई मल्यापर्ण गदै उनले यस्तो बताएको हो ।
मधेशवादी दलहरुसँग विगतदेखि नै एकता विभाजन भइरहेको श्रृङ्खला चलेपनि अब एकता र सहकार्यका लागि फेरि गृहकार्य हुने सम्भावना रहेपनि कम्युनिष्टहरुले नेतृत्व गरेको समाजवादी मोर्चामा जाने कुनै सोच नरहेको प्रष्ट्याए। उनले भनेृ, ‘‘कतिपटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वास गर्ने ? उहाँसँग सहकार्य र मोर्चा बनाएर धोका खाइसकेकाले विश्वास गर्ने कुनै आधार नै छैन । अगाडिबाट एकताको कुरा गर्ने पछिबाट छुरा हान्ने प्रवृति राख्ने प्रचण्डको बेलीमा कुनै भरोसा छैन । अहिले समाजवादी मोर्चाको बैठकमा जाने औचित्यपनि रहेन ।’’
जनमत पार्टी, लोकतान्त्रिक समाजववादी पार्टी र राष्ट्रिय मुक्ति पार्टीसँग सहकार्यको कतिको सम्भावना रहेको सञ्चारकर्मीहरुको जवाफमा अध्यक्ष यादवले भने, ‘‘मधेशवादी दलहरुसँग एकता र सहकार्यको प्रवल सम्भावना छ । विगतमा भएका कमि कमजोरीहरुबाट पाठ सिकेर एकता वा मोर्चाको साकारात्मक वातावरण बन्दै गएको छ ।’’ मधेशवादी दलहरु फुटेपछि मधेशी जनतामा निरासा छाएकै अनुभूति आधारभूत सङ्गठन निर्माणको क्रममा गाउँगाउँ पस्दा एकताका लागि नेता कार्यकर्ताहरुबाट सुझाव आएको उनले बताए।
मधेश आन्दोलनमा सहादात प्राप्त गरेका सहिदहरुले देखेका सपना पूरा नभएसम्म संविधान संशोधनका लागि आवाज उठाइरहने प्रेरणा र प्रण गर्नका लागि सहिद पार्कमा माल्यापर्ण गर्न आएको अध्यक्ष यादवले स्पष्ट गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २७ गते, २०८३ - १३:११
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका दर हेरफेर गरिएको भन्ने आरोपका आधारमा जथाभावी संसदीय छानबिनको माग नगर्न विपक्षी दलहरूलाई आग्रह गरेका छ...
जेष्ठ २७ गते, २०८३ - १२:१५
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रतिनिधिसभामा जारी अवरोधका कारण बजेटमाथिको छलफल प्रभावित भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। संसद् अवरुद...
जेष्ठ २७ गते, २०८३ - ११:५९
दार्चुला। दार्चुलामा पानीघट्टाको कुलोमा चिप्लिएर लड्दा एक प्रहरी जवानको मृत्यु भएको छ। गएराति करिब १० बजेतिर नौगाड गाउँपालिकास्थित होपरीगाड प्रहरी चौक...
जेष्ठ २७ गते, २०८३ - ११:२९
काठमाडौं । नेकपा एमालेले आर्थिक विधेयकमा करका दर हेरफेर गरिएको विषयमा संसदीय छानबिन गर्न माग गरेको छ। एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले अर्थ मन्त्रा...
जेष्ठ २७ गते, २०८३ - ११:०१
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका करिब २५ लाख किसान आबद्ध भएका छन् । किसानलाई जमिनको विवरण र खेती उत्पा...
जेष्ठ २७ गते, २०८३ - १०:४६
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करका दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित रहेको बताएको छन्। बुधबार बिहान सिंहदरबारमा बसेको सार्वजनिक ल...
जेष्ठ २७ गते, २०८३ - १०:२७
जनकपुरधाम। जनकपुरमा ३३ बिघा छ कट्ठामा फैलिएको जनकपुर चुरोट कारखाना छ तर त्यहाँ चुरोट उत्पादन हुँदैन, मधेश प्रदेशको नीति निर्माण, विकास निर्माण खाका उत...
जेष्ठ २६ गते, २०८३ - १७:४७
जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध पर्सा जिल्ला अदालतमा दायर गरिएको मुद्दामा लगाइएको संगठित अपराधसम्बन्धी ...
जेष्ठ २६ गते, २०८३ - १७:३५
काठमाडौँ। नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा नेतृत्वमा गठित निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले देशव्यापी रूपमा सुझाव सङ्कलन कार्यक्रम सञ्च...
जेष्ठ २६ गते, २०८३ - १७:१४
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् विस्तार गरेका छन्। आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सुधन गुरुङले गृहमन्त्री तथा महावीर पुनले व...



प्रतिकृया लेख्नुहोस्: