Ntc summer Offer
Khabar Dabali ४ फाल्गुन २०८१ आईतवार | 16th February, 2025 Sun
Investment bank

बेलारुसका ३३ जना राजनीतिक बन्दीलाई आममाफी

खबरडबली संवाददाता

बेलारूस। बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले शनिबार ३३ जना राजनीतिक बन्दीको आममाफी दिने निर्णय गरेको छन ।

आफ्ना आलोचक, पश्चिमा र स्वतन्त्र अधिकारवादी समूहले उनका एकपक्षीय कामविरूद्ध प्रदर्शनबाहेक अरू केही नगरेपछि सन् १९९४ देखि सत्तामा रहेका नेता लुकासेन्कोले आगामी सप्ताहान्तमा आफ्नो शासन लम्ब्याउने कसरत गरिरहेका समय यो निर्णय आएको हो ।

लुकासेन्को र बेलाररुसको दङ्गा प्रहरीले सन् २०२० मा भएको राष्ट्रपतीय चुनावमा धाँधली भएको व्यापक आरोपको विरोधमा सडकमा उत्रिएका दशौं हजार प्रदर्शनकारीमाथि कडा कारबाही गरेको थियो ।

अधिकारवादी समूहका अनुसार सन् २०२० मा लुकाशेन्कोका विरोधी र प्रदर्शनकारी नेतासहित एक हजारभन्दा बढी राजनीतिक बन्दीलाई पक्राउ गरिएको छ ।

शनिबार उनले तीन महिला र ३० पुरुष गरी ३३ जनालाई माफी दिएको हो । उनीहरूलाई अधिकारीहरूले ‘अतिवादी गतिविधि’ गरेको अभियोगमा जेल सजाय सुनाइएको थियो ।

जनवरी २६ मा हुन लागेको मतदानको दौडानमा आफूलाई उदारवादी नेता पुष्टि गर्न उनले विगत ६ महिनामा २०० भन्दा बढी व्यक्तिलाई क्षमादान दिई रिहा गर्ने आदेश गरेको छन ।

लुकासेन्कोले निर्वाचनमा कुनै वास्तविक प्रतिस्पर्धाको सामना गर्नुपर्ने छैन र गत हप्ता एक कारखानाको भ्रमणको क्रममा उहाँले बहस सञ्चालन गर्नुको कुनै अर्थ नदेखेको र वास्तवमा चुनावी अभियानलाई पछ्याइरहेको बताएको थिए।

शनिबारको क्षमादानमा रिहा भएकाहरूको पहिचान सार्वजनिक गरिएको छैन र तीमध्ये कोही पनि देशको विपक्षमा रहेका प्रमुख व्यक्तिहरू हुन् वा होइनन् भन्ने स्पष्ट भएको छैन ।

राजनीतिक कैदीहरूलाई कठिन परिस्थितिमा राखिएको छ, उनीहरूलाई प्रायः वकिलहरूको पहुँच वा बाहिरका आफन्तहरूसँग सम्पर्क गर्न इन्कार गरिन्छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाँच सय बेडको नारायणी अस्पताल निर्माण गर्न आगामी बजेटमा व्यवस्था गरिनेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले  वीरगञ्जस्थित पाँच सय शैय्याको नारायणी अस्पताल निर्माण सर्वोच्च अदालतमा मुद्दा परेकाले रोकिएको बताएका छन् । उनल...

भविष्यमा विश्वविद्यालय शिक्षासमेत निःशुल्क गर्न सकिनेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भविष्यमा विश्वविद्यालय शिक्षासमेत निःशुल्क गर्न सकिने बताएका छन् ।  आइतबार सांसदले सोधेको प्रश्नको जवाफ दिँदै उ...

संसद्‍मा दर्ता भएका सबै अध्यादेश प्रक्रियाबाट पारित हुन्छन्: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संसद्‍मा दर्ता भएका सबै अध्यादेश प्रक्रियाबाट पारित हुने बताएका छन् । माओवादी सांसद वर्षमान पुनले सोधेको प्रश्नको ...

पोखराको बेलुन विष्फोट घटना छानबिन गर्न आठ सदस्यीय समिति गठन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोटको विषय छानबिन गर्न आठ सदस्यीय समिति गठन ग...

प्रकाश सांसद ज्वालालाई प्रधानमन्त्री ओलीको जवाफ– कार्यक्रम रद्द गर्नेले नै प्रगति खोज्ने अनौठो संस्कार छ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अहिले प्रतिनिधि सभामा सांसदले सोध्नुभएका जिज्ञासाको जवाफ दिँदै हुनुहुन्छ। पहिलो प्रश्न सोध्नुभएका प्रकाश ज्वाल...

दुई महिनादेखि रेसुङ्गा विमानस्थलबाट उडान ठप्प

तम्घास। विगत दुई महिनादेखि गुल्मीको रेसुङ्गा विमानस्थलबाट नियमित उडान हुन सकेको छैन । अहिले नेपाल एयरलायन्सको जहाज मर्मत हुँदै गरेकाले अन्य जहाज नभएका...

‘रेटिङ’मा विद्युत् प्राधिकरणलाई लगातार तेस्रो पटक ‘डबल ए प्लस’

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले यसवर्ष पनि ‘डबल ए प्लस’ रेटिङ पाएको छ । इक्रा नेपाल लिमिटेडले प्राधिकरणले ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प...

रास्वपा सांसद कंसाकारको प्रश्न: सर्वसाधारण जल्दा गाडीको हुट, मन्त्री र मेयरलाई हेलिकप्टर ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद बिन्दवासिनी कंसाकारले नेपालमा आगलागीको घटना बढिरहेको बताएको छिन । आइतबार प्रतिनिधि सभामा आक...

घाइते उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यसँगको भेटघाट बन्द

काठमाडौँ । कीर्तिपुर अस्पतालले जलनको उपचार गराइरनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यसँगको भेटघा...

स्वर्गद्वारी गुठी पीडित किसानको मालपोत कार्यालयमा धर्ना

घोराही । स्वर्गद्वारी गुठी पीडित किसानले घोराहीमा रहेको मालपोत कार्यालयमा धर्ना दिएका छन् । सरकारसँग विगतमा भएको सहमती कार्यान्वयन हुनुपर्ने माग राख्द...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy