Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

राजेन्द्र लिङदेनले एकताको प्रस्ताव अस्वीकार गरेपछि कमल थापाको टिप्पणी- दम्भ पतनको बाटो हो

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपाको कोहीसँग एकीकरणको सम्भावना नरहेको बताएपछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले दम्भ पतनको बाटो भएको टिप्पणी गरेका छन्। 

राप्रपाबाट विभाजन गरेर निर्माण भएको राप्रपा नेपालका अध्यक्ष थापाले पछिल्लो समय राप्रपाका अध्यक्ष लिङदेनले चाहे एक हप्तामा पार्टी एकता हुने बताउँदै आएका थिए।

तर, थापाकै गृहनगर हेटौंडा आएर लिङदेनले अहिलेको अवस्थामा राप्रपा कुनै दलसँग एकीकरण गर्ने अवस्थामा नरहेको स्पष्ट पारिदिए। 

हेटौंडामा भएको अगुवा कार्यकर्ता भेलामा उनले भने, ‘तपाईंहरु ढुक्क हुनुस्, अब राप्रपा टुट्ने, फुट्ने, एकीकरण हुने कुनै पक्षमा छैन, अहिले सिङ्गो एकीकृत राप्रपा छ । अब कोहीसँग एकीकरण हुने भन्ने बजार हल्लाको पछाडि राप्रपा लाग्दैन ।’

लिङदेनको यो अभिव्यक्तिपछि थापाले पुरानो घटना सम्झिँदै भनेका छन्, ‘२०६४ मा राप्रपा नेपालको तर्फबाट राजेश्वर देवकोटाले विनाशर्त राप्रपासँग एकताको प्रस्ताव गर्नुभयो। तत्कालीन राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले एकता प्रस्ताव ठाडै अस्वीकार गर्नुभयो।’

तर, १० वर्षपछि आफ्नो विचार,चिन्ह र झण्डा छोडेर राप्रपा नेपालसँग एकता गर्न राणा वाध्य भएको स्मरण गरेका छन्। 

उनले ती प्रशंग कोट्याउँदै लिङदेनलक्षित टिप्पणी गरेका छन्, ‘दम्भ पतनको बाटो हो। हेर्दै जानुहोस् हामी फेरि उठाउँछौ राप्रपा नेपाल।’ 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चैत २५ गतेदेखि कोशी पर्यटन महोत्सव आयोजना हुँदै

सुनसरी । कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन ह...

सिँचाइ सुविधा विस्तारले व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ मा सिँचाइ सुविधा विस्तार हुन थालेपछि व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित भएका छन् । पछिल्लो तीन वर्षमा वडा ...

देउवा अब नेपाल फर्किएलान् ?

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग निकट मानिने नेता प्रकाशशरण महतलाई देउवा कहिले फर्किने हुन् भन्नेबार...

निर्वाचन हारबारे नेकपाको समीक्षा- पश्चिमा प्रभाव र आन्तरिक कमजोरी दुवै जिम्मेवार

एमालेसँगको सम्भावित एकताबारे पनि छलफल

बादलको अभिव्यक्तिले गर्माएको एमाले

काठमाडौं । एमाले उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले फागुन २१ को निर्वाचनपछि गठित प्रतिनिधिसभाको पहिलो बैठकमा बिहीबार दिएको अभिव्यक...

यसरी चलाएका थिए भट्टले ‘बिचौलिया साम्राज्य’

सिंगापुर र थाइल्यान्डमा घर, स्वदेशमा सयौँ रोपनी जग्गादेखि आधा दर्जन कम्पनीमा लगानी

‘कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित छ’

कर्णाली। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका सचिव सञ्जिवकुमार कर्णले कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित भएको बताउन...

एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए

गण्डकी । दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । गत मार्च महिनामा ४८ हजार ५१३ जना विदेशी पर्यटकले उ...

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

झापा । पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको ट...

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै प्रमुख १० वटा मुख्य सुधारका क्रियाकलापको कार्ययोजना तयार गरी प्रधानमन्त्री तथा मन्त्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending