काठमाडौं। हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यस बैंकले १ अर्ब ५० करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ३ अर्ब ९५ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।
बैंकको खुद ब्याज आम्दानी १० प्रतिशत भन्दा धेरैले घटेपछि नाफा वृद्धि कमजोर भएको हो । बैंकले यस अवधिमा ५ अर्ब २३ करोड ५६ लाख खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको यसै अवधिको भन्दा १०.०४ प्रतिशतले कम हो । गत आवको पुस मसान्तसम्म बैंकले ५ अर्ब ८२ करोड खुद ब्याज आम्दानी गरेको थियो ।
त्यसैगरी, सञ्चालन नाफा २ अर्ब २१ करोडबाट बढेर ३ अर्ब १२ करोड पुगेको छ । खुद ब्याज आम्दानी घटे पनि बैंकको इम्पेयरमेन्ट चार्ज उच्च दरले घटेका कारण सञ्चालन नाफामा सुधार आएको छ । यसकारण बैंकको खुद नाफा बढ्न सकेको हो । बैंकको सञ्चालन मुनाफा ४१.२२ प्रतिशत बढेको छ ।
बैंकको इम्पेयरमेन्ट चार्ज भने १ अर्ब ९४ करोडबाट घटेर १८ करोड ४६ लाखमा झरेको छ । हिमालयनको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा २० अर्ब ४३ करोड रुपैयाँ जम्मा रहेको छ । पुस मसान्तसम्ममा बैंकले २ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको खराब कर्जा दर ४.९५ प्रतिशत बढेर ४.९८ प्रतिशतमा पुगेको छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३ पैसा पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ १७६.११ रुपैयाँ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३ गते, २०८३ - १३:३३
काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले संघ, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने काममा सरकार केन्द्र...
आषाढ़ ३ गते, २०८३ - १३:२०
काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राई ले नेपालको चिया उद्योगले वार्षिक ठूलो परिमाणमा तयारी चिया निर्यात गरी अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान द...
आषाढ़ ३ गते, २०८३ - १३:०९
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका –३ स्थित लाछुगाउँनजिक कर्णाली राजमार्गको सडक खण्डमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जन...
आषाढ़ ३ गते, २०८३ - १२:५०
वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...
आषाढ़ ३ गते, २०८३ - १२:४८
वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...
आषाढ़ ३ गते, २०८३ - १२:२४
काठमाडौं । प्रतिनिधिसभामा आफ्नो भूमिकामाथि प्रश्न उठाइएपछि सभामुख डोलप्रसाद अर्यालले त्यसप्रति ध्यानाकर्षण भएको बताएका छन्। नेपाली कांग्रेसका सांसद...
आषाढ़ ३ गते, २०८३ - १२:०९
काठमाडौं। नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद चन्द्रमोह...
आषाढ़ ३ गते, २०८३ - ११:५८
फुङलिङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ११ दम्पतीलाई नगदसहित सम्मान गरेको छ । सामाजिक सद्भाव, समानता र जातीय विभेद अन्त...
आषाढ़ ३ गते, २०८३ - ११:४५
खोटाङ। खोटेहाङ गाउँपालिकाले खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा पक्कि पुल निर्माण गर्न जनस्तरबाट पहल सुरु गरेको छ । दुई वर्षअघिको बाढी...
आषाढ़ ३ गते, २०८३ - ११:३४
काठमाडौँ । काठमाडौँको कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने तथा बढी भाडा असुल्न खोज्ने ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका ट...



प्रतिकृया लेख्नुहोस्: