काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याउँदै गरेको कृषि विधेयकमा कृषिको जैविक विविधताको विषयलाई महत्त्वका साथ उठाउनुपर्ने बताएको छन ।
सोमबार काठमाडौंमा तेस्रो राष्ट्रिय जैविक विविधता सप्ताह—२०८१ को समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएको हो । उनले सरकारले अहिले कृषि विधेयक ल्याउन लागेको र कृषिको जैविक विविधताको विषय ऐनमा समेट्ने कुरा अहिले मौकाको रुपमा रहेको बताए।
महामन्त्री थापाले कृषि विधेयकमा अहिले मन्त्रालयले काम गरिरहेको उल्लेख गर्दै माघको २० गतेसम्म संसदमा दर्ता गर्ने तयारी गरिएको बताए। अहिलेसम्म कृषिअन्तर्गत हामीले दर्जनौँ कानुनहरु बनाए पनि मुल कानुन बनाउन नसकिएकाले अब बन्ने कानुन कृषिको मुल कानुन हुने जानकारी दिए।
महामन्त्री थापाले भने, ‘‘कृषि मन्त्रालयले कृषि विधेयकमा काम गरिरहेको छ । कृषि विधेयक २० गतेभित्रमा संसदमा दर्ता गर्ने भन्ने मन्त्रालयको तयारी छ । अहिलेसम्म कृषिअन्तर्गत हामीले दर्जनौँ कानुनहरु बनाए पनि यसको मुल कानुन हामीले अहिलेसम्म बनाएनौँ । जसका कारणले गर्दा नेपालको एग्रिकल्चरको डिरेक्शन कुन हुने भन्ने सन्दर्भमा जुन गति समात्नुपर्ने थियो, जुन लय हामीले समात्नुपर्ने थियो, त्यो ठाउँमा हाम्रा केही ग्यापहरु छन् ।’’
कृषिको मुल कानुन बनाउन नसक्दा कृषिले गति लिन नसकेको बताए। रैथाने बीउबिजन, उत्पादन, जैविक विविधताको संरक्षणलाई विधेयकमा महत्त्वपूर्ण रुपमा हेरिनुपर्ने बताए।
‘‘कृषि मन्त्रालयले बनाउँदै गरेको कृषि विधेयक हाम्रो लागि एउटा महत्त्वपूर्ण दस्तबेज बन्नसक्छ । खासगरी रैथाने बीउबिजन, उत्पादन यो सबै जैविक विविधताको संरक्षणसँग जोडिन्छ ।,’’ उनले भने, ‘‘कृषि जैविक विविधताको संरक्षण हाम्रो कृषिको मुल आधार बन्छ की बन्दैन भन्नेकुरा यो कानुनले टुङ्ग्याउँछ । यो पटक सरकारले ल्याउने जुन कानुन छ, त्यो कानुनमा कृषिको जैविक विविधताको विषय नेपालको एग्रिकल्चरको मुल विषय हो भन्नेकुरा पार्न सक्नुपर्छ ।’’
महामन्त्री थापाले जलवायु परिवर्तनसँग जोडिएका विषयहरु महत्त्वका साथ उठाइएको तर कृषि जैविक विविधताको विषय महत्त्वपूर्ण बन्न नसकेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ४ गते, २०८१ - १४:४३
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अहिले प्रतिनिधि सभामा सांसदले सोध्नुभएका जिज्ञासाको जवाफ दिँदै हुनुहुन्छ। पहिलो प्रश्न सोध्नुभएका प्रकाश ज्वाल...
फाल्गुन ४ गते, २०८१ - १४:४०
तम्घास। विगत दुई महिनादेखि गुल्मीको रेसुङ्गा विमानस्थलबाट नियमित उडान हुन सकेको छैन । अहिले नेपाल एयरलायन्सको जहाज मर्मत हुँदै गरेकाले अन्य जहाज नभएका...
फाल्गुन ४ गते, २०८१ - १४:२१
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले यसवर्ष पनि ‘डबल ए प्लस’ रेटिङ पाएको छ । इक्रा नेपाल लिमिटेडले प्राधिकरणले ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प...
फाल्गुन ४ गते, २०८१ - १४:०९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद बिन्दवासिनी कंसाकारले नेपालमा आगलागीको घटना बढिरहेको बताएको छिन । आइतबार प्रतिनिधि सभामा आक...
फाल्गुन ४ गते, २०८१ - १३:४१
काठमाडौँ । कीर्तिपुर अस्पतालले जलनको उपचार गराइरनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यसँगको भेटघा...
फाल्गुन ४ गते, २०८१ - १३:३४
घोराही । स्वर्गद्वारी गुठी पीडित किसानले घोराहीमा रहेको मालपोत कार्यालयमा धर्ना दिएका छन् । सरकारसँग विगतमा भएको सहमती कार्यान्वयन हुनुपर्ने माग राख्द...
फाल्गुन ४ गते, २०८१ - १३:२०
काठमाडौँ । अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित अमेरिकी नागरिक ४६ वर्षीया नि यानलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरे...
फाल्गुन ४ गते, २०८१ - १२:५५
तम्घास । गुल्मीमा डोजरले बाटो खन्दैगर्दा माथिबाट खसेको ढुङ्गा लागेर गम्भीर घाइते भएकी बालिकाको मृत्यु भएको छ । जिल्लाको इश्मा गाउँपालिका –२ हस्तिचौर ज...
फाल्गुन ४ गते, २०८१ - १२:४५
काठमाडौँ । सत्तारुढ दलका संसदीय दलका प्रमुख सचेतकहरूको बैठकले संसद्मा विचाराधीन विधेयकलाई दुवै सदनबाट अघि बढाउन पहल लिने निर्णय गरेको छ । सिंहदरबर...
फाल्गुन ४ गते, २०८१ - १२:०६
काठमाडौँ । बजारमा जथाभाबी अखाद्य बस्तुको विक्री वितरण हुँदै आएको गुनासो पछि काठमाडौँ महानगरपालिकाले खानेकुराको गुणस्तर परीक्षण फिल्डमा तत्काल गर्ने भ...
प्रतिकृया लेख्नुहोस्: