अध्यक्ष पदका लागि उपदेश यादव, विजयप्रकाश सापकोटा, सुदिन पौडेल, हेमन्त राई, योगेन्द्र बुढा र विश्वमणि थापा सहितका ६ जनाले उम्मेदवारी दिएका थिए । अध्यक्षका ६ जना उम्मेदवारमध्ये एक जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
यस्तै महासचिवका ९ जना उम्मेदवारमा एक जनाले पनि उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन समितिका अनुसार अध्यक्षका उम्मेदवार विश्वमणि थापा र महासचिवका उम्मेदवार गोविन्द बानियाले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।
अब अध्यक्षका लागि उपदेश यादव, योगेन्द्रबहादुर बुढा, विजयप्रकाश शर्मा सापकोटा, सुदिन पौडेल र हेमन्त राईबीच प्रतिस्पर्धा हुनेछ । यादव वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सापकोटा उपमहासचिव शक्ति बस्नेत, पौडेल उपमहासचिव वर्षमान पुन, राई अर्का उपमहासचिव जनार्दन शर्मा, बुढा उपाध्यक्ष कृष्णबहादुर महरा र थापा महासचिव देव गुरुङका उम्मेदवार हुन् ।
यस्तै महासचिवका लागि तिर्सना हमाल, पदमप्रसाद काफ्ले, प्रतिक कार्की, रोशन थापामगर, शिव बस्नेत, श्यामबहादुर मिजार, सञ्जयकुमार महतो र सञ्जिव फुँयालविच प्रतिस्पर्धा हुने भएको छ ।
निर्वाचन समितिले शुक्रवार बहिान ९ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय दिएकोमा उक्त समयमा अध्यक्षका एक र महासचिवका एक उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानले जानकारी दिए ।
क्रािन्तकारीमा ३२ वर्षे उमेर हद लगाएपछि पुराना विद्यार्थी नेता सबै बिदा भएसँगै पञ्चा सिंह नेतृत्वको केन्द्रीय समितिका उपमहासचिवभन्दा तलका मात्र बाँकी रहेका छन् । उनीहरु नै अहिले अध्यक्ष र पदाधिकारीका दाबेदार हुन् ।
चुनाव घोषणाअघि पार्टी अध्यक्ष प्रचण्डले अध्यक्षका कुनै पनि उम्मेदवारलाई व्यक्तिगत रुपमा नचिनेपनि जब चुनाव हुने भयो तब नेताहरुले आ–आफ्ना उम्मेदवार प्रचण्डकहाँ लगेर भेटाउन थाले । त्यसपछि उनले नाती पुस्ताका नेताहरु चिन्न थाले ।
पछिल्लो समय उनले अध्यक्षका तीन उम्मेदवार पुननिटक पौडेल, शर्मानिकट राई र बस्नेतनिकट सोपकोटालाई एक्लै बोलाएर ‘मेरो उम्मेदवार तपाईं हो है लाग्नूस्’ भनेका छन् । प्रचण्डको आश्वासन पाएका तीनै जना आफूलाई ‘हेडक्वार्टर’ को साथ रहेकामा ढुक्क भएका छन् ।
उनीहरुले प्रत्यक्ष–अप्रत्यक्ष रुपमा आफू नै ‘हेडक्र्वाटर’ को आधिकारिक उम्मेदवार भएको दावीसहित भोट मागिरहेका छन् । एक्ला–एक्लै भेट्दा तीन जनालाई बचन दिए पनि अध्यक्ष प्रचण्डले आफ्नो उम्मेदवार को हो भन्नेबारे खुलाएका छैनन् ।
हेराैं काे–काे छन् उमेदवार ?




याे पनि पढाैं: विद्यार्थी स्रंगठन कब्जाको रणनितिमा माओवादी नेताहरु, धुजा–धुजा बन्दै अखिल (क्रान्तिकारी)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ८ गते, २०८२ - २०:२४
काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यसपटक उल्लेख्य मात्रामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । पार्टी प्रवक्ता देवर...
माघ ८ गते, २०८२ - २०:२०
संसदमा निर्णायक शक्ति बनेर सरकारको नेतृत्व गर्ने लक्ष्यसहित मैदानमा उत्रियो पार्टी
माघ ८ गते, २०८२ - २०:०३
सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुनसरी निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार लालविक्रम थापाविरुद्ध निर्वाचन अधिकृतको कार...
माघ ८ गते, २०८२ - १९:२९
काठमाडौं । चुनावी मैदानमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले आफू प्रधानमन्त्री बन्ने भन्दै ‘balen4pm.com’ र ‘balenforpm...
माघ ८ गते, २०८२ - १९:२५
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १९ गते बिहीबारदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार सूचना जारी गर्द...
माघ ८ गते, २०८२ - १९:२१
काठमाडौँ । प्रेस काउन्सिल नेपालले चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म सञ्चार माध्यम तथा तिनका सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीका विषयमा १६३...
माघ ८ गते, २०८२ - १९:१०
रुकुमपूर्व । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुमपूर्वबाट उम्मेदवारी दिएसँगै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहिद परिव...
माघ ८ गते, २०८२ - १९:०४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारमध्ये चार जिल्लाका पाँच जनाविरुद्ध उजुरी परेको छ । ...
माघ ८ गते, २०८२ - १८:५९
काठमाडाैं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि भारतीय दूतावासका नियोग उपप्रमुख तथा निमित्त राजदूत डा.राकेश पाण्डेबीच भेटवार्ता भएको छ । का...
माघ ८ गते, २०८२ - १८:५६
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ झिनडाडाँमा श्रीमतीको हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यही माघ ३ गते राति शौचा...




प्रतिकृया लेख्नुहोस्: