Ntc summer Offer
Khabar Dabali २७ माघ २०८१ आईतवार | 9th February, 2025 Sun
Investment bank

कार्बन व्यापारको डेढ अर्ब रकम भित्र्याउन कानुनी सकस

खबरडबली संवाददाता

काठमाडौँ । नेपालले विश्व बैङ्कसँग भएको सम्झौताअनुसार कार्बन बिक्रीबाट रु एक अर्ब ६० करोड प्राप्त गरेपनि कानुनी अल्झनका कारण उक्त रकम भित्र्याउन ढिलाइ भएको छ । सरोकारवालाले उक्त रकम भित्र्याउनका लागि विश्व बैंकसँग आवश्यक वार्ता र छलफल गरी समाधान गर्न सुझाव दिनुभएको छ । 

पब्लिक पोलिसी पाठशालाले आज यहाँ आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी नीति संवादमा सांसद तथा यस क्षेत्रका विज्ञले विश्व बंैकसँग आवश्यक परामर्श र छलफल गरेर समस्या समाधान गर्न सुझाव दिनुभएको हो । सुरुमा उक्त रकम वन विकास कोषमार्फत आउने गरी सम्झौता भएको थियो । तर अर्थ मन्त्रालयले मुलुकको कानुनी प्रावधानअनुसार त्यस्तो रकम राष्ट्रिय ढुकुटीमार्फत आउनुपर्ने र त्यसपछि मात्र कोषमा हस्तान्तरण गर्न सकिने भनेपछि समस्या देखिएको हो । 

यस बारेमा विश्व बैङ्कले स्पष्ट पार्न सरकारसँग अनुरोध गरेको छ । वन तथा वातावरण मन्त्रालयका पूर्वसहसचिव डा सिन्धुप्रसाद ढुंगानाले सो सम्झौता हुँदाको विषय र अर्थ मन्त्रालयले अहिले भनेको विषयमा केही फरक भएपछि यसमा ढिलाइ भएको बताउनुभयो । उहाँले सरकारले सम्झौतामा उल्लेख भएका विषय कार्यान्वयन हुने सम्बन्धमा विश्व बैंकलाई आश्वस्त पारेर रकम तत्काल जम्मा हुने वातावरण बनाउनुपर्ने सुझाउनुभयो । 

सन् २०१८ देखि २०२४ सम्म नेपालले तराईका १३ जिल्लाका वनजङ्गलमार्फत कार्बनडाइअक्साइड घटाएबापत सो रकम प्राप्त गरेको हो । नेपालले तराई भूपरिधि कार्यक्रमअन्तर्गत बागमती नदीदेखि महाकाली नदीसम्मका तराईका १३ जिल्लामा छ वर्षमा दुई दशमलव चार मिलियन टन कार्बन सञ्चिति गरेबापत सो रकम पाप्त गरेको हो । प्रतिटन कार्बनको पाँच अमेरिकी डलरका दरले नेपालले गत महिना रु एक अर्ब ६० करोड प्राप्त गरेको थियो । 

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले आप्mनो समितिबाट कानुनी समस्या समाधानमा आवश्यक सहयोग रहने बताउँदै यस्ता नीति संवादले समितिलाई आगामी दिनमा कानुन निर्माणमा सहयोग पुग्ने उल्लेख गर्नुभयो । सांसद माधव सापकोटाले नेपालले वातावरण संरक्षण र जैविक विविधतामा गरेको योगदानको विश्व समुदायले कदर गरेर मूल्यांकन गर्नुपर्नेमा जोड दिँदै नेपालले अन्तर्राष्ट्रिय मञ्च र सम्मेलनमा सशक्त उपस्थितिका लागि योग्य र स्थायित्व हुने गरी वार्ता टोली पठाउनुपर्ने सुझाव दिनुुभयो । 

कार्यक्रममा प्रतिनिधिसभाका सांसद भानुभक्त जोशी, प्रतिमा गौतम, सरस्वती सुब्बा, रुपा सोसी (चौधरी) लगायतले कार्बन व्यापार, जलवायु वित्त, जलवायुजन्य हानिनोक्सानीलगायत विषयमा नेपालको अवस्थाका बारेमा जिज्ञासा राख्दै कानुन अल्झनले गर्दा देखिने यस्ता समस्या समाधानमा आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कानुनविद् सेमन्त दाहालले कार्बन व्यापारको विश्वव्यापी मापदण्डका बारेमा जानकारी गराउँदै यसमा देखिएका कानुनी अल्झन र अस्पष्टताका बारेमा स्पष्ट पारेर समाधान खोज्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 

कार्यक्रममा पब्लिक पोलिसी पाठशालाका अध्यक्ष प्रताप पौडेलले जलवायुसम्बन्धी कानुनमा देखिएका रिक्तताका बारेमा बहस चलाएर नीति निर्मातालाई कानुन निर्माणमा सहजीकरण गर्न नीति संवाद गरिएको बताउनुभयो । कार्बन व्यापारबाट प्राप्त हुने रकम स्थानीय लाभग्राही समुदायमा ८० प्रतिशत खर्च गर्नुपर्ने विश्व बैंकसँग भएको सम्झौतामा उल्लेख छ । 

यसका लागि सरकारले योजना बनाएर स्वीकृत गरिसकेको वन मन्त्रालयले जनाएको छ । मन्त्रालयअन्तर्गतको रेड कार्यान्वयन केन्द्रका प्रमुख एवं सहसचिव नवराज पुडासैनीले उक्त रकम राष्ट्रिय ढुकुटीबाट सिधै वन विकास कोषमा जम्मा हुने विश्वास दिलाउन विश्व बैंकलाई आग्रह गरिएको बताउनुभयो । यसका लागि वन विकास कोषको कार्यविधि स्वीकृत गरेर अघि बढ्ने उहाँको भनाइ थियो । कार्बन व्यापारका सम्बन्धमा खासगरी सन् २०१८ मा नेपालको राष्ट्रिय रेडप्लस रणनीति, राष्ट्रिय वन आधार तह स्वीकृत भएको थियो । 

त्यसपछि सन् २०१९ देखि २०२४ सम्म तराई भूपरिधिका १३ जिल्लामा कार्बन उत्सर्जन न्यूनीकरण कार्यक्रमअन्तर्गत कार्बन व्यापारबाट प्राप्त लाभको बाँडफाँड योजना तयार गरिएको थियो । उक्त कार्यक्रम १३ जिल्लाका एक दशमलव सात मिलियन हेक्टरमा लागू भएको केन्द्रको तथ्याङ्क छ । नेपालको वन क्षेत्रबाट औसतमा प्रतिहेक्टर एक सय ६७ टन कार्बन सञ्चिति भएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खोङटाङ–चोलन्ती–खावा–पाँचधारे सडक कालोपत्र हुँदै

भोजपुर । खोङटाङ–चोलन्ती–खावा–पाँचधारे सडक कालोपत्र थालिएको छ । मध्यपहाडी लोकमार्गको शून्यविन्दुबाट कालोपत्र थालिएको हो ।  यो सडकखण्डको करिब २५ किलो...

ड्युटीमै रहेका बेला श्वास लिन समस्या भएपछि अस्पताल पुर्‍याइयो तर उठेनन् असई चमार

महोत्तरी । महोत्तरीको जलेश्वर जिल्ला प्रहरी कार्यालय कन्ट्रोल रुममा ड्युटी गरिरहेका प्रहरी सहायक निरीक्षक (असई) सुरेन्द्र राम चमारको मृत्यु भएको छ।  ...

जसपा नेपालले संगठन निर्माण अभियानलाई निरन्तरता दिने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले संगठन निर्माण अभियानलाई निरन्तरता दिने भएको छ ।  पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले ‘जनता...

कालीमाटीमा आज तोरीको साग प्रतिकेजी २५ रुपैयाँ, अरु तरकारीको मुल्य कति ?

काठमाडौँ । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थ...

झापाबाट काठमाडौं आउँदै गरेको गाडी सिन्धुलीमा दुर्घटना हुँदा १ जनाको मृत्यु, ५ घाइते

सिन्धुली । झापाबाट काठमाडौँतर्फ गइरहेको निजी सवारी साधन दुर्घटना भएको छ ।  विपी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–५ मा आज बिहान भएको दुर्घटनामा ...

आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्ने भएका छन् । आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रि...

प्रचण्डलाई एमालेको प्रतिप्रश्न- असन्तुलित र विरोधाभाषी अभिव्यक्तिको अन्तर्य के होला ?

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा बैठकमा असन्तुलित अभिव्यक्ति दिएको...

अन्तरजातीय जोडीमाथि राज्यसंयन्त्रबाटै अत्याचार, गृहमन्त्रीविरुद्धको जाहेरी लिएन प्रहरीले

काठमाडौं । अन्तरजातीय विवाह गरेका सर्लाहीका सत्येन्द्र राम (चमार) र नेहा रौनियारको जोडीलाई छुटाउन र फसाउन गृह प्रशासनबाटै भएको अत्याचारविरुद्ध सडकदेखि...

प्रतिनिधि सभाको बैठक बस्दै, यी हुन् कार्यसूची

काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ। बैठक दिउँसो १ बजे बैठक सुरू हुनेछ।  आजको बैठकका लागि तीन वटा कार्यसूची सम्भावित भनेर राखिएको छ। बैठकमा...

६ महिनामा भित्रियो सात खर्ब ६३ अर्ब विप्रेषण

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनाको अवधिमा रू सात खर्ब ६३ अर्ब आठ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । अर्थ मन्त्रालयले बिहिबार सार्वजनिक गरेको ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy