Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

जनयुद्धलाई भ्रमपूर्ण तरिकाले व्याख्या गर्नेहरूबाट माओवादी नेतृत्व जोगिन सकेन

सत्ता स्वार्थमा रहँदा जनयुद्ध ‘ठीक’ देख्ने र सत्ताबाहिर रहँदा ‘जघन्य हत्या’ ?

खबरडबली संवाददाता

काठमाडौं। २०५२ फागुन १ देखि तत्कालीन नेकपा माओवादीले सुरु गरेको सशस्त्र युद्धको नाम नै जनयुद्ध हो । सशस्त्र युद्धका कमान्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रोपटक प्रधानमन्त्री भएपछि जनयुद्धको २८औं वार्षिकोत्सवको सन्दर्भमा पहिलोपटक नेपाल सरकारले देशभर सार्वजनिक बिदा दियो ।

नेपालमा झण्डै १० वर्ष चलेको युद्धमा हजारौं नेपालीको ज्यान गयो । लाखौं नेपाली घाइते, अंगभङ्ग, अपाङ्ग, बेपत्ता र विस्थापित भए । देशमा अर्बौं रुपैयाँको भौतिक संरचना ध्वस्त भयो । यो सत्य र तथ्यले पुष्टि गरेको कुरा हो ।

तर, युद्धमा कति नेपालीको मृत्यु भयो ? कति घाइते भए ? कति बेपत्ता छन् र कति विस्थापित भए ?  खासमा यसको तथ्यांक कसैसँग छैन । हचुवाको भरमा माओवादीले १७ हजार मारे भनियो । युद्धमा राज्यपक्ष र विद्रोही माओवादी पक्षबाट मारिएकाहरूको यकिन तथ्यांक छैन।

सायद, त्यसैले पनि होला युद्धकै कमान्डरले म ‘पाँच हजार’ को मात्र जिम्मा लिन्छु भन्ने प्रतिक्रिया दिन्छन् । मानौं कसैले उनलाई ५ हजार मारेको जिम्मा लिए हुन्छ भनिदिएको छ । खासमा एकपटक सार्वजनिक भएको तथ्यांकमा राज्यपक्षबाट ८ हजार र माओवादी पक्षबाट ६ हजार मारिएको भनियो । यो पनि अनमिनलाई विभिन्न संस्थाले उपलब्ध गराएको अपुरो तथ्यांक हो ।

सायद यही कमजोरीलाई ‘सुगारटाई’ गर्दै आजसम्म पनि प्रचण्ड–बाबुरामलाई १७ हजार मारेर आएका हुन् भनिन्छ । सामाजिक सञ्जालमा लमजुङका मुक्तिनाथ अधिकारी, गोरखा फुजेलका गंगामाया अधिकारी र चितवनको बाँदरमुढे घट्नाको फोटो राखेर प्रचण्ड–बाबुरामलाई गालीगलौज गरिन्छ । घट्ना दुःखद र नहुनुपर्ने घट्ना द्वन्द्व काक्रममा भयो भन्दै धेरैपटक क्षमायाचना गरिसक्दा पनि केही त्यस्ता घटनाको दोष मेट्न प्रचण्ड–बाबुरामले अझै सकेका छैनन् ।

सत्ता स्वार्थमा रहँदा जनयुद्धलाई ‘ठीकै’ देख्ने र सत्ता बाहिर हुँदा ‘जघन्य हत्या’ देख्ने नेपाली कांग्रेस र एमालेसँगै प्रचण्डले सत्ता साझेदारी गर्न थालेपछि ‘जनयुद्ध’को उपलब्धि नै धरापमा परेको माओवादीकै नेताहरूको बुझाइ छ ।

एकातिर पार्टी चिरा–चिरा हुँदै जानु र अर्कोतिर पार्टीको लक्ष, सिद्धान्त र विचारलाई सत्ता बार्गेनिङको हतियार बनाउँदै जान थालेपछि जनयुद्धको उपलब्धि संस्थागत हुन सकेन । जसको परिणाम जनयुद्धमा लागेर शहिद, घाइते र बेपत्ता भएका र विस्थापित परिवारले न्याय पाउन सकेनन् भने जनयुद्धले ल्याएका कयौं सुन्दर पक्षलाई पनि माओवादीले स्वामित्व लिन सकेन ।

२०५२ सालमा जनयुद्ध शुरु हुँदाका माओवादी नेताहरू अहिले प्रचण्ड, डा. बाबुराम भट्टराई, मोहन वैद्य, नेत्रविक्रम चन्द ‘विप्लव’ रामबहादुर थापा बादल, धर्मेन्द्र बास्तोला, लोकेन्द्र विष्ट अहिले छिन्नभिन्न अवस्थामा छन् । यीमध्ये लोकेन्द्र विष्ट ड्रागन खेतीमा छन् भने अरू सबैको आ–आफ्नै पार्टी छन् ।

प्रधानमन्त्री एवं माओवादी आन्दोलनका सर्वोच्च कमान्डर प्रचण्डकै भाषामा भन्दा साहस, वीरता र उत्सर्गको त्यो ऐतिहासिक क्रान्तिले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, देशप्रेम एवम् राष्ट्रियताप्रति समर्पित परिवर्तनको सपनालाई आत्मसात् गरेको थियो । तर, त्यो आन्दोलनको उपलब्धि संस्थागत गर्न नसकेको कारण अहिले पनि प्रचण्ड–बाबुरामले गाली खानुपरेको छ।

माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’ कै कारण आज वर्ग, जाति, लिंग, क्षेत्रमा विद्यमान असमानता, शोषण, उत्पीडन, विभेद र अन्यायका पर्खालहरू भत्काएर मुक्ति, परिवर्तन, स्वतन्त्रताको भावधारा प्रवाहित गर्न सफल भएको कुरा सत्य हो ।

तर, सत्य र तथ्य लुकाएर माओवादीलाई हिजोको हत्यारा र आतंककारी देख्ने अनि ती उपेक्षित, उत्पीडित वर्ग र बस्तीमा उज्यालो राजनीतिक चेतना प्रवाहित भएको कुरालाई भ्रमपूर्ण तरिकाले व्याख्या गर्नेहरूबाट माओवादी नेतृत्व जोगिन सकेको छैन।

जनयुद्धको जगमा ऐतिहासिक जनआन्दोलनको संयोजनबाट देशमा सामन्ती राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको कुरालाई बिर्सेर जनतालाई भ्रम सिर्जना गरी प्रतिगमन र पुरानो सत्ताको नै गुणगान गाउने पुनःरुत्थानवादी र नयाँको नाममा उदाएका अराजकतावादीहरूको उग्र भिडलाई पनि माओवादीले चिर्न सकेन।

युग परिवर्तनको प्रतिनिधित्व गर्ने जनयुद्धलाई माओवादीकै पूर्व कमान्डरहरूले बहुदलीय जनवाद र संशोधनवादमा लगेर मिसाइदिएको तथ्य पनि छर्लङ्गै छ । तर, सत्य र तथ्यलाई समेत बंग्याउने नेपाली राजनीतिमा त्यो ऐतिहासिक र गौरवशाली जनयुद्धलाई राजनीतिक युद्ध नदेखेर हत्या देख्ने पात्रसँगै त्यसका कमान्डरको कुम जोडिनु अर्को दुःखद पक्ष हो ।

सहमति, सहकार्य र एकताका नाममा जनयुद्धका उपलब्धि खोस्ने र शहीद,घाइते र बेपत्ताका परिवालाई अपमान गर्नेहरूसँग नेतृत्व जोगिन नसक्दाको यो परिणाम अन्ततः केही क्षणको सत्ताभोग मात्रै बन्न थालेको छ । त्यसैले, जनयुद्धले स्थापित गरेको महत्त्वपूर्ण उपलब्धिलाई संस्थागत गर्दै नेपाली जनताको मुहार फेर्ने अभियानमा लाग्न नसक्नु जनयुद्धको सम्मान गर्नु होइन।

यो कुरामा स्वयं माओवादी नेतृत्वसचेत नहुँदासम्म जनयुद्ध र त्यसबाट प्राप्त उपलब्धिलाई ‘सत्य’ हो भनेर स्वीकार गर्ने अवस्था छैन ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending