काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथि राज्यले षड्यन्त्रपूर्वक मुद्दा चलाएको जिकिर गर्दै उनका कानुन व्यवसायीले रुपन्देही जिल्ला अदालतमा बहस गरेका छन् । बुटवलको सुप्रिम सहकारीको बचत रकम हिनामिनासम्बन्धी दायर मुद्दामा शुक्रबार थुनछेक बहसमा लामिछानेका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता सुशील पन्तले बदनियतका साथ मुद्दा लगाइएको दाबी गरे ।
‘राज्यले रवि लामिछानेमाथि षड्यन्त्र गरेर, राजनीतिक प्रतिशोध साधेर, प्रक्रिया मिची बदनियतका साथ मुद्दा लगाएको छ,’ वरिष्ठ अधिवक्ता पन्तले इजलासमा भने, ‘राजनीतिक प्रतिशोध साध्दै धर्म छाडेर, प्रक्रिया मिचेर मुद्दा चलाइएको छ । अभियोगपत्रमा अपराध संहिताको दफा ३५ बमोजिम पूरक अभियोग ल्याइएको भनिएको छ । तर, यो दफाको प्रयोजन पहिले नै मुद्दा चलाइसकेका अभियुक्तका अभियोग थप्न मात्र हो, नयाँ अभियुक्त थप गर्न यसले अनुमति दिँदैन ।’
संहिताको दफा ३२ अनुसार अभियुक्त थप गर्नुपर्दा कारण खुलाई उच्च सरकारी वकिलको कार्यालयको अनुमति लिएर अनुसन्धान गरी मुद्दाको प्रक्रिया अगाडि बढाउनुपर्नेमा प्रक्रिया पूरा नभएको वरिष्ठ अधिवक्ता पन्तले बताए । ‘सरकारलाई रवि लामिछानेविरुद्ध मुद्दा चलाउनु थियो । नियतपूर्वक सरकारी संयन्त्रको दुरुपयोग गरेर, एक पैसा बचत नभएको असम्बन्धित व्यक्तिको किटानी जाहेरीका आधारमा मुद्दा चलाइयो । एउटै मितिमा थप र पूरक अभियोग ल्याउन पाउने अवस्था छ र यसमा ? यो त रवि लामिछानेविरुद्ध राज्यको षड्यन्त्र हो,’ उनले भने ।
उनका अनुसार युवराज पौडेलको किटानी जाहेरी छ । ‘युवराज पौडेल न बचतकर्ता, न अनुसन्धानकर्ता, न पीडित । असम्बन्धित व्यक्तिको जाहेरी किन लिइयो ?’ पन्तको प्रश्न छ ।
लामिछानेमाथि संगठित अपराधको अभियोग लगाइएको भए पनि उनले व्यक्तिगत फाइदा हुने गरी कुनै आर्थिक लाभ गरेको पुष्ट्याइँ अभियोजन पक्षले गर्न नसकेको वरिष्ठ अधिवक्ता पन्तको जिकिर थियो । संगठित अपराधको अन्तर्राष्ट्रिय परिभाषासँग यो मुद्दा मेल नखाने उनको भनाइ थियो । उनले भने, ‘सहकारी ठगीको मूल मुद्दा नै सहकारीसँग कुनै सम्बन्ध नभएकालाई लगाइएको छ । संगठित अपराधतर्फ त प्रवेश नै गर्नुपरेन । दुईजना एउटै कम्पनीमा काम गर्नुबाहेक संगठित अपराधको कुन परिभाषा यहाँ फिट हुन्छ ?’
लामिछानेको हस्ताक्षर भएको चेकबाट सुप्रिम सहकारीमा ४० लाख ऋण तिरिएको सम्बन्धमा पन्तले भने, ‘डाइरेक्टर (जिबी राईको) अनसेक्योर्ड लोन छ भनेर अडिट रिपोर्टमै आएपछि त्यसलाई भर्ने गरी चेक काटिदे भन्दा काट्ने कि नकाट्ने ? कारोबारको सम्पूर्ण जिम्मा जिबी राईसँगै छ । ऋण तिर्ने चेकमा सही गरेको भन्दैमा सबै ऋण उसैले लिएको प्रमाणित हुन्छ र ?’
अधिवक्ता सुरेन्द्र थापाले जाहेरीभन्दा बाहिरको बिगो कायम गर्न नमिल्ने भन्दै यो मुद्दामा कानुनविपरीत ५५ करोड थप बिगो कायम गरिएको बताए । जिबी ग्रुपका अन्य कम्पनीलाई प्रतिवादी बनाइए पनि गोर्खा मिडियालाई नबनाउनुको नियत अभियोजन पक्षलाई सहकारीका बचतकर्ताको रकम फिर्ता होस् भन्ने नभई मुद्दा लगाउनु रहेको प्रस्ट हुने उनको तर्क थियो ।
प्रतिवादीतर्फको बहसभन्दा अघि जाहेरवालाका तर्फबाट शैलेन्द्र पासवान, आरसी गौतम र वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले बहस गरेका थिए । भण्डारीको बहस लम्बिएपछि न्यायाधीश प्रह्लादकुमार योगीले उनलाई पटक–पटक ‘लामो भयो, छोट्याउनुस्, यो कुरा आइसक्यो’ भन्दै रोक्न खोजेका थिए । यद्यपि, उनले झन्डै एक घण्टा १५ मिनेट बहस गरे । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २४ गते, २०८२ - ०८:४६
सुनसरी । कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन ह...
चैत्र २४ गते, २०८२ - ०८:४३
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ मा सिँचाइ सुविधा विस्तार हुन थालेपछि व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित भएका छन् । पछिल्लो तीन वर्षमा वडा ...
चैत्र २४ गते, २०८२ - ०८:३८
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग निकट मानिने नेता प्रकाशशरण महतलाई देउवा कहिले फर्किने हुन् भन्नेबार...
चैत्र २४ गते, २०८२ - ०७:४८
एमालेसँगको सम्भावित एकताबारे पनि छलफल
चैत्र २४ गते, २०८२ - ०७:३२
काठमाडौं । एमाले उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले फागुन २१ को निर्वाचनपछि गठित प्रतिनिधिसभाको पहिलो बैठकमा बिहीबार दिएको अभिव्यक...
चैत्र २४ गते, २०८२ - ०७:२८
सिंगापुर र थाइल्यान्डमा घर, स्वदेशमा सयौँ रोपनी जग्गादेखि आधा दर्जन कम्पनीमा लगानी
चैत्र २४ गते, २०८२ - ०७:२३
कर्णाली। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका सचिव सञ्जिवकुमार कर्णले कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित भएको बताउन...
चैत्र २४ गते, २०८२ - ०७:१९
गण्डकी । दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । गत मार्च महिनामा ४८ हजार ५१३ जना विदेशी पर्यटकले उ...
चैत्र २४ गते, २०८२ - ०७:१६
झापा । पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको ट...
चैत्र २४ गते, २०८२ - ०७:१०
काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै प्रमुख १० वटा मुख्य सुधारका क्रियाकलापको कार्ययोजना तयार गरी प्रधानमन्त्री तथा मन्त्र...


प्रतिकृया लेख्नुहोस्: