Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

इजलासमा रविका कानुन व्यवसायीले भने– राज्यले षड्यन्त्र गर्‍यो श्रीमान् !

खबरडबली संवाददाता

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथि राज्यले षड्यन्त्रपूर्वक मुद्दा चलाएको जिकिर गर्दै उनका कानुन व्यवसायीले रुपन्देही जिल्ला अदालतमा बहस गरेका छन् । बुटवलको सुप्रिम सहकारीको बचत रकम हिनामिनासम्बन्धी दायर मुद्दामा शुक्रबार थुनछेक बहसमा लामिछानेका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता सुशील पन्तले बदनियतका साथ मुद्दा लगाइएको दाबी गरे ।

‘राज्यले रवि लामिछानेमाथि षड्यन्त्र गरेर, राजनीतिक प्रतिशोध साधेर, प्रक्रिया मिची बदनियतका साथ मुद्दा लगाएको छ,’ वरिष्ठ अधिवक्ता पन्तले इजलासमा भने, ‘राजनीतिक प्रतिशोध साध्दै धर्म छाडेर, प्रक्रिया मिचेर मुद्दा चलाइएको छ । अभियोगपत्रमा अपराध संहिताको दफा ३५ बमोजिम पूरक अभियोग ल्याइएको भनिएको छ । तर, यो दफाको प्रयोजन पहिले नै मुद्दा चलाइसकेका अभियुक्तका अभियोग थप्न मात्र हो, नयाँ अभियुक्त थप गर्न यसले अनुमति दिँदैन ।’

संहिताको दफा ३२ अनुसार अभियुक्त थप गर्नुपर्दा कारण खुलाई उच्च सरकारी वकिलको कार्यालयको अनुमति लिएर अनुसन्धान गरी मुद्दाको प्रक्रिया अगाडि बढाउनुपर्नेमा प्रक्रिया पूरा नभएको वरिष्ठ अधिवक्ता पन्तले बताए । ‘सरकारलाई रवि लामिछानेविरुद्ध मुद्दा चलाउनु थियो । नियतपूर्वक सरकारी संयन्त्रको दुरुपयोग गरेर, एक पैसा बचत नभएको असम्बन्धित व्यक्तिको किटानी जाहेरीका आधारमा मुद्दा चलाइयो । एउटै मितिमा थप र पूरक अभियोग ल्याउन पाउने अवस्था छ र यसमा ? यो त रवि लामिछानेविरुद्ध राज्यको षड्यन्त्र हो,’ उनले भने । 

उनका अनुसार युवराज पौडेलको किटानी जाहेरी छ । ‘युवराज पौडेल न बचतकर्ता, न अनुसन्धानकर्ता, न पीडित । असम्बन्धित व्यक्तिको जाहेरी किन लिइयो ?’ पन्तको प्रश्न छ । 

लामिछानेमाथि संगठित अपराधको अभियोग लगाइएको भए पनि उनले व्यक्तिगत फाइदा हुने गरी कुनै आर्थिक लाभ गरेको पुष्ट्याइँ अभियोजन पक्षले गर्न नसकेको वरिष्ठ अधिवक्ता पन्तको जिकिर थियो । संगठित अपराधको अन्तर्राष्ट्रिय परिभाषासँग यो मुद्दा मेल नखाने उनको भनाइ थियो । उनले भने, ‘सहकारी ठगीको मूल मुद्दा नै सहकारीसँग कुनै सम्बन्ध नभएकालाई लगाइएको छ । संगठित अपराधतर्फ त प्रवेश नै गर्नुपरेन । दुईजना एउटै कम्पनीमा काम गर्नुबाहेक संगठित अपराधको कुन परिभाषा यहाँ फिट हुन्छ ?’

लामिछानेको हस्ताक्षर भएको चेकबाट सुप्रिम सहकारीमा ४० लाख ऋण तिरिएको सम्बन्धमा पन्तले भने, ‘डाइरेक्टर (जिबी राईको) अनसेक्योर्ड लोन छ भनेर अडिट रिपोर्टमै आएपछि त्यसलाई भर्ने गरी चेक काटिदे भन्दा काट्ने कि नकाट्ने ? कारोबारको सम्पूर्ण जिम्मा जिबी राईसँगै छ । ऋण तिर्ने चेकमा सही गरेको भन्दैमा सबै ऋण उसैले लिएको प्रमाणित हुन्छ र ?’

अधिवक्ता सुरेन्द्र थापाले जाहेरीभन्दा बाहिरको बिगो कायम गर्न नमिल्ने भन्दै यो मुद्दामा कानुनविपरीत ५५ करोड थप बिगो कायम गरिएको बताए । जिबी ग्रुपका अन्य कम्पनीलाई प्रतिवादी बनाइए पनि गोर्खा मिडियालाई नबनाउनुको नियत अभियोजन पक्षलाई सहकारीका बचतकर्ताको रकम फिर्ता होस् भन्ने नभई मुद्दा लगाउनु रहेको प्रस्ट हुने उनको तर्क थियो ।

प्रतिवादीतर्फको बहसभन्दा अघि जाहेरवालाका तर्फबाट शैलेन्द्र पासवान, आरसी गौतम र वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले बहस गरेका थिए । भण्डारीको बहस लम्बिएपछि न्यायाधीश प्रह्लादकुमार योगीले उनलाई पटक–पटक ‘लामो भयो, छोट्याउनुस्, यो कुरा आइसक्यो’ भन्दै रोक्न खोजेका थिए । यद्यपि, उनले झन्डै एक घण्टा १५ मिनेट बहस गरे । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि-बालेनसँग कुलमानको वार्ता निष्कर्षविहिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकामा पछुतो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...

प्रतिनिधिसभा निर्वाचन ६६ दिन बाँकी- राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...

प्रतिनिधिसभा निर्वाचन- एक मतदातास्थल सहित १८ केन्द्र थप गरियो

चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन्  । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...

भारतीयलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...

चिसोमा बनिहारालाई हात मुख जोड्नै धौधौ

महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...

नयाँ शैलीमा मानव बेचबिखन- नक्कली विवाहदेखि ‘साइबर ट्राफिकिङ’सम्म

कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...

रवि-बालेन मिल्दा किन छुटे कुलमान ?

अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति

प्रतिनिधिसभा निर्वाचन- आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending