Ntc summer Offer
Khabar Dabali ३ श्रावण २०८२ शुक्रबार | 18th July, 2025 Fri
Investment bank

हिमपात र शितल : प्रभावकारी व्यवस्थापन गर्न प्राधिकरणको निर्देशन

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिमपात र शितलहरुबाट जोगिन सावधानी अपनाउन आग्रह गरेको छ । केही दिन यता तराईका जिल्लाहरुमा भइरहेको शितलहर र हिमाली जिल्लाहरुमा भइरहेको अत्याधिक हिमपातबाट जोगिन विशेष सावधानी अपनाउन आग्रह गरेको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा। भीष्मकुमार भुसालले विगत केही दिनदेखि तराईका जिल्लाहरुमा शितलहर र हिमाली जिल्लाहरुमा हिमपातका कारण जनजीवन प्रभावित भइरहेको बताए।

उनले भने, ‘‘विगत केही दिनदेखि तराईका जिल्लाहरुमा शितलहरका कारण जनजीवन प्रभावित भएको छ । तराईका जिल्लाहरु मात्रै नभएर हिमाली जिल्लाहरुमा भारी हिमपात पनि कतिपय ठाउँमा भएका कारणले गर्दा चिसोबाट प्रभावित हुने जनसंख्या उल्लेख्य रुपमा छ । यस बारेमा प्राधिकरणले सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुलाई प्रत्येक वर्ष गृह मन्त्रालयबाट जसरी निर्देशन जान्छ, त्यसरी नै यो शितलहर र हिमपातको लागि तयारी अवस्थामा रहन र पूर्वतयारीका क्रियाकलापहरु गर्नका लागि परिपत्र जारी गर्ने गरेको छ ।’’

प्रमुख डा। भुसालले हिमपात र शितलहरका कारण चिसोबाट प्रभावित हुने जनसङ्ख्या उल्लेख्य रहेको जानकारी दिए। उनले चिसोबाट नागरिकहरुलाई बचाउन प्राधिकरणले सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई प्रभावकारी व्यवस्थापन गर्न निर्देशन दिएको बताए। शितलहर र हिमपातका लागि तयारी अवस्थामा रहन र पूर्वतयारीका क्रियाकलापहरु गर्नका लागि परिपत्र जारी गरिसकेको जानकारी दिए ।

न्युज एजेन्सी नेपालसँगको कुरा गर्दै उनले यसअघि नै प्राधिकरणले कार्ययोजना बनाएर सबै जिल्लाहरुमा परिपत्र गरिसकेको बताए। महिला, बालबालिका, सीमान्तकृत संकटापन्न समुदायका लागि न्यायो कपडा र दाउराको व्यवस्था गर्ने लगायतका कामहरु भइरहेको औंल्याए।

प्रमुख डा। भुसालले भन्नुभयो, ‘‘यसको कार्ययोजना पनि जारी गर्ने गरेको छ । प्राधिकरणले पनि त्यसैगरी यस वर्ष शितलहरका कारण जनजीवन प्रभावित हुनसक्ने अवस्थालाई मध्यनजर गरेर कार्ययोजना सबै जसो जिल्ला प्रशासन कार्यालयहरुमा पठाइसकेको छ । जल तथा मौसम विज्ञान विभागले जुन बुलेटिनहरु जारी गर्दछ र शितलहरको सम्भावनाका कुराहरु गर्दछ, त्यससम्बन्धी जानकारीलाई जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन समिति, पालिका लगायतले ध्यानमा राखेर आफ्नो समुदायका खासगरी शितलहरबाट अध्याधिक चिसोबाट प्रभावित हुनसक्ने जनसङ्ख्यालाई कसरी बचाउने, उहाँहरुलाई कसरी न्यायो अवस्थामा राख्ने, शितलहरका कारण जुन बाक्लो हुस्सु फैलिएको हुन्छ, त्यसका कारण हुनसक्ने सडक दुर्घटनाहरुलाई कसरी न्युनिकरण गर्ने ? लगायतका कुराहरुमा स्थानीय स्तरमा उहाँहरुले आफ्नै कार्ययोजना तयार गरेर पूर्वतयारीको अवस्थामा बस्नुपर्ने हुन्छ ।’’

विगत केही दिनदेखि कोशी, मधेश र वागमती प्रदेशका तराई क्षेत्रमा दिनभर हुस्सु/कुहिरो लागेको छ । मधेश प्रदेशको पूर्वी भूभाग (सप्तरी) र कोशी प्रदेशको तराई भूभाग (झापा, मोरङ र सुनसरी) मा मन्द शीतलहरको अवस्था रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मधेश प्रदेशको पूर्वी भूभाग र कोशी प्रदेशको तराई भूभागमा केही दिन अझै शीतलहर रहने बताएको छ । शीतलहरका कारण स्वास्थ्य, यातायात, शिक्षा, कृषि तथा मानिसहरुको दैनिक जीवनमा असर पर्नसक्ने भन्दै आवश्यक शतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दरौदी नदीमा बेलिब्रिज निर्माण

सुलीकोट। गोरखाको सिरानचोक गाउँपालिका – ६ नयाँसाघु बजार र गोरखा नगरपालिका – ३ नारेश्वरको दरौदी खोलामाथि बेलिब्रिज निर्माण सम्पन्न भएको छ । दुई वर्षम...

न्यायाधीश लम्सालले दिए राजीनामा

काठमाडौं । उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुङ्गामा कार्यरत न्यायाधीश भरत लम्सालले पदबाट राजीनामा दिएका छन्। बिहीबार न्यायाधीश लम्सालले सर्व...

तान्त्रिक झाँक्री सङ्घलाई खुलमखुल्ला शिविर सञ्चालन गर्न प्रशासनको अनुमति !

नवलपुर। नेपालमा धामी, झाँक्री, तन्त्रमन्त्रलाई, जादु टुनामुनालाई कानुनले चिन्दैन । कानुनको दायरा भित्र रहेर यस्ता गतिविधि गर्न कसैलाई छुट पनि छैन । तर...

कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन

म्याग्दी। कालीगण्डकीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–१ लामगरामा तटबन्ध निर्माण भएको छ ।  सिँचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालयले लामग...

मुगुमा साउने सङ्क्रान्ति राँको बालेर लुतो फालियो

मुगु। हिमाली जिल्ला मुगुमा हरेक वर्ष झैँ यस वर्ष पनि परम्परागत चाडपर्वका रुपमा मनाउँदै आएको साउने सङ्क्रान्ति राँको बाल्दै लुतो फाल्ने परम्परागत संस्क...

रवि लामिछानेको पक्षमा करिब २५ लाख हस्ताक्षर, ४६ लाख सहयोग संकलन

साउन पाँच गतेदेखि घरदैलो हस्ताक्षर अभियान चलाउने

अडियो प्रकरणबारे भूमि मन्त्रीको जवाफ: अडियो मेरो होइन, चरित्रहत्या गर्न खोजियो

मालपोत अधिकृत फिर्ता गर्न आएका थिए, मैले हुन्न भनेपछि अडियो सार्वजनिक भयो

काठमाडौंमा डेंगुको जोखिम

काठमाडौं। नियमित पानी परेकाले डेंगु सङ्क्रमणको जोखिम बढेको भन्दै काठमाडौं महानगरपालिकाले सचेत रहन आग्रह गरेको छ ।  विगत एक महिनादेखि नियमितजसो पानी...

मगर र भुजेल भाषाको तुलनात्मक अध्ययन: भाषामा समानता र भिन्नता के छ ?

काठमाडौं । भाषा मानव सभ्यताको मूल आधार हो। व्यक्तिका विचार, भावना, अनुभव, ज्ञान र संस्कृतिको आदानप्रदानको माध्यमको रूपमा कार्य गर्दछ। भाषा श्रव्य, लिख...

हिमपहिरोको जोखिम बढेपछि तिल गाउँका स्थानीयले गरे गाउँ छोड्ने सामूहिक निर्णय

हुम्ला । हिमपहिरोको उच्च जोखिम बढेपछि नाम्खा गाउँपालिका–६ को तिल गाउँका स्थानीयले गाउँ छाड्ने निर्णय गरेका छन्  । हिम पहिरोले गाउँ जोखिममा परेको र अब ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending