Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

नाचिन छाडे धाननाच

खबरडबली संवाददाता

तेह्रथुम । पूर्वी नेपालमा मूल रूपमा बसोबास गर्ने याक्थुङ (लिम्बू) जातिको सांस्कृतिक नाच धाननाच लोपोन्मुख अवस्थामा पुगेको छ । याक्थुङ (लिम्बू) समुदायमा हुने सुखदुःखका कर्मकाण्डसँगै मेलाहाट, विभिन्न पर्व र उत्सवमा युवा–युवतीबीच एकापसमा हात समाएर गोलाकार घेरा बनाई धान नाच्ने संस्कृति छ । पचासको दशकसम्म अत्यन्तै लोकप्रिय धाननाच पछिल्लो समय लोप हुने अवस्थामा पुगेको किरात याक्थुङ चुम्लुङ म्याङलुङ नगर समितिका अध्यक्ष साम थाम्देनले बताए ।

उनका अनुसार उसबेला मेलाहाट, बिबाह, बर्खान्त जस्ता जमघटमा मात्र नभएर युवा–युवतीबीच भाका राखी निश्चित ठाउँमा भेट गरेर पनि धान नाच्ने गरिन्थ्यो । तर अहिले त्यतिबेला जस्तो धान नाचेको कतै देखिँदैन । समयक्रमसँगै धाननाच बेलाबखत आयोजना हुने कार्यक्रमका स्टेज र भिडियोमा सीमित हुन पुगेको छ ।

धाननाच याक्थुङ (लिम्बू) जातिको एक सम्मानित सांस्कृतिक नाच भएको किरात याक्थुङ चुम्लुङका अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङ बताउँछन् । उनका अनुसार धान नाच्नपूर्व केटा पक्ष र केटी पक्षबीच साइनो सम्बन्ध केलाइन्छ । यदि साइनो–सम्बन्ध लागेमा क्षमायाचना गर्दै छुट्नुपर्छ । धाननाचका क्रममा अञ्जानवश एकले अर्काको खुट्टा टेकिएमा वा जीउमा छुन पुगेमा दुईहात जोडेर माफी माग्नुपर्छ ।

धान नाच्दा पालाम (धान नाच्दा गाइने एक प्रकारको गीत) गाइन्छ । धाननाचमा पालाम गाउनु अनिवार्य मानिन्छ । केटा पक्ष र केटी पक्षबीच चरणचरण गरेर सवालजवाफमा गाइने पालाममा सृष्टि उत्पत्तिको प्रसङ्ग, मानवसभ्यताको विकासक्रमका सन्दर्भ, मुन्धुमको चर्चा र माया पिरतीसम्मका कुरा गरिन्छ । पालामी सवालजवाफका क्रममा एकापसमा माया बस्न गई विवाह समेत हुन पुग्छ । अध्यक्ष चोङबाङले भने, ‘याक्थुङ (लिम्बू) गाउँघरमा धान नाच्ने क्रममा पालाम गाउँदागाउँदै माया बसेर विवाह गरेका जोडी अहिले पनि भेटिन्छन् ।’

याक्थुङ (लिम्बू) जातिको इतिहास र संस्कृतिसम्बन्धी विज्ञहरूका अनुसार मानिसहरू कृषि युगमा प्रवेश गरेपछि धाननाचको सुरुआत भएको हो । मुन्धुममा वर्णन गरिएअनुसार धपाउन नपाउने शर्तमा फाङ्भङना नामको चराले घैया धानको बीउ ल्याएर दिएपछि मानिसले खेतीपाती गर्न थाले । तर, उनीहरुले फलाएको अन्न दिनदिनै हुलकाहुल चरा आएर खाइदिन थाले । चरालाई धपाउन नपाइने शर्तकाबीच मानिसहरूले अन्न जोगाउने नयाँ उपाय खोजे ।

उनीहरूले पाकेको अन्नलाई खला बनाई एकै ठाउँ जम्मा गरे । युवा युवती भेला भएर एकापसमा हात समाइ गोलो घेरा बनाए ‘छुइ हा .. हा ..’ भन्दै धान कुल्चन थाले । यहीँ या?लाक् (धान कुल्चनु) नै पछि या?लाङ् (धाननाच) भएको र चरा धपाउन प्रयोग गरिएको ‘छुइ हा .. हा ..’ बाटै पालामको व्युत्पत्ति भएको बताइन्छ । अहिले धान नाच्ने ठाउँलाई ‘खला’ भन्ने गरिन्छ भने पालाम गाउँदा ‘छुई हा .. हा ..’ वा ‘हाई हा .. हा ..’ भन्ने थेगो प्रयोग गरिने लामो धाननाच संरक्षण अभियन्ता राधा फोम्बोले बताइन् ।

याक्थुङ (लिम्बू) जातिको चिनारी र पहिचान बोकेको यहीँ धाननाच लोप हुने अवस्थामा पुग्नु दुखद् भएको याक्थुङ तङनाम संरक्षण समिति आठराईका संयोजक ताराबहादुर कन्दङवा बताउँछन् । पाश्चात्य संस्कृतिको बढ्दो प्रभावले युवापुस्ताले बिर्सिदै गएको धाननाचसँगै अन्य मौलिक सांस्कृतिक सम्पदाहरूको संरक्षणमा जुट्नुपर्ने उनको भनाइ छ । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अर्थतन्त्र उकास्न आज सर्वपक्षीय राष्ट्रिय संवाद हुँदै

काठमाडौँ । देशको अर्थतन्त्र उकास्ने उद्देश्यले आज यहाँ शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुँदैछ छ ...

कांग्रेसले आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा विभिन्न कार्यक्रम गर्दै

काठमाडौँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तय...

विश्व बैंकको सहयोगमा मुलपानी-तितौरे सडक कालोपत्र हुँदै

बागलुङ । विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये मुलपानी–तितौरे नौ किलोमिटर खण्डमा कालोपत्र थालिएको छ । पहिलो चरणमा ति...

गर्भावस्था र सुत्केरीमा मानसिक स्वास्थ्य: बेवास्ताले बढ्दै जोखिम, समस्या कसरी थाहा पाउने ?

काठमाडौँ । गर्भावस्था र सुत्केरी अवस्था महिलाका लागि जीवनको सबैभन्दा संवेदनशील चरणमध्ये एक हो । तर स्वास्थ्य सेवामा अझै पनि शारीरिक पक्षलाई मात्र प्रा...

स्वदेशी चलचित्र डिजिटाइजेशनका लागि चलचित्र विकास बोर्डद्वारा आवेदन आह्वान

काठमाडौं । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको चलचित्र विकास बोर्डले स्वदेशी चलचित्रको डिजिटाइजेशन कार्यका लागि आवेदन आह्वान गरे...

निर्वाचन ६४ दिन बाँकी- ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तोकको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरुले समानुपातिकतर्फको बन्दसूची आयोगमा पेस गरिसकेका...

आजको मौसमको : तराईमा हुस्सु, हिमाल-पहाडमा आंशिक बदली

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराई भू–भागका अधिकांश स्थानमा...

रवि-बालेनसँग कुलमानको वार्ता निष्कर्षविहिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकामा पछुतो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending