Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

आमा बनेपछि पहिलो पटक र्‍याम्पमा दिपिका पादुकोण

खबरडबली संवाददाता

काठमाडाैं । दीपिका पादुकोणलाई बलिउड उद्योगको महिला सुपरस्टार मानिन्छ । उनले लगातार ब्लकबस्टर फिल्ममार्फत आफ्नो अभिनय क्षमता प्रमाणित गरिसकेका छन् ।

दीपिकाको लुक्स पनि भाइरल भइरहेको छ । अहिले नायिका एक छोरीकी आमा हुन् । छोरीको जन्म पछि उनले फेरि काममा ध्यान दिन थालेकी छिन् । दीपिका पादुकोण सब्यसाचीको २५ औं वार्षिकोत्सव कार्यक्रममा देखा परेकी छिन् । आमा बनेपछि उनी पहिलो पटक र्‍याम्पमा हिँडेकी छिन ।

उनले यस्तो लुक्स बोकेकी थिइन कि सबैले उनलाई नै हेरिरहेका थिए । सेतो प्यान्ट, टप र ट्रेन्च कोटलाई सब्यसाचीको आकर्षक नेकलेससँग जोडिएको थियो, जसमा चोकर र रुबी–डायमण्ड क्रस पेन्डेन्ट समावेश थियो।

दीपिकाले शो सुरु गरेकी थिइन् । कालो छालाको पन्जामा जडित ब्रेसलेट र हेडब्यान्डले उनको लुकमा आकर्षण थप्यो। इमानदारीपूर्वक भन्नुपर्दा, दीपिकाले हरेक पटक प्रमाणित गरिन् कि उनको शैली र अनुग्रहमा कुनै प्रतिस्पर्धा छैन।

दीपिकाको लुक सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । प्रशंसकहरूले आफ्नो उत्साह साझा गरेका छन् । दीपिकालाई ‘द अल्टिमेट क्वीन’, ‘मदर’, ‘मदर इज मदरिङ’ र ‘ट्रुली ए क्वीन’ भनेर प्रशंसा गरिएको थियो । धेरैले उनको तुलना नायिका रेखासँग पनि गरेका छन् ।

दीपिका पादुकोण, जो सधैं सब्यसाचीको ब्राइडल लुकमा अनुग्रह र कालातीत सौन्दर्यको उत्कृष्ट उदाहरण बनिरहेकी हुन्छिन्। आज फेरी उनले सबैको मन जितेकी छिन् । मातृत्व पछि आफ्नो काममा फर्कने क्रममा दीपिकाले आश्चर्यजनक लुक बोकेको देखिएको छ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भक्तपुरमा फर्निचर उद्योगमा भीषण आगलागी, ३५ लाखभन्दा बढीको क्षति

भक्तपुर – भक्तपुरमा स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा करिब ३५ लाख ८० हजार रुपैयाँ बराबरको सामग्री नष्ट भएको छ। आगलागीले उद्योगसँगै आसपासका पसल र ...

नेविसंघका ८ पूर्वअध्यक्ष कांग्रेसबाट प्रत्यक्षतर्फ प्रतिनिधि सभा उम्मेदवार

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन ‘नेपाल विद्यार्थी संघ’ (नेविसंघ)का ८ पूर्वअध्यक्ष आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष...

परम्परागत दलका पुराना लडाकूले मैदान छाड्दा नयाँ उम्मेदवारले खोटाङमा कब्जा जमाउने

खोटाङ । आगामी फागुन २१ मा खोटाङमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न दलबाट नयाँ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। यसपटक उम्मेदवारहरूले ...

कांग्रेस मधेश प्रदेश समितिको बैठक फागुन ७ मा, सभापति थापापनि सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिले आगामी फागुन ७ गते जनकपुरमा बैठक बोलाएको छ। मधेश प्रदेश प्रचार विभाग प्रमुख नितिशकुमा गुप्ताले बैठक...

नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाल प्रहरीका लागि रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। यो निर्णय मन्त्रिपरिषद्को आजको बैठकमा अनुमोदन भए...

बागमतीमा सत्तारुढ दलको निद हराम: ३३ क्षेत्रमा कांग्रेस–एमालेमाथि रास्वपाको कडा दबाब

ललितपुर  । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बागमती प्रदेशको राजनीति निर्णायक मोडमा पुगेको छ। परम्परागत रूपमा सत्ताको केन्द्र मानिँदै आएको बागमतीमा...

निर्वाचन आयोगको कडा निगरानी: १० दिनमा २१ स्पष्टीकरण, अधिकांश जवाफ बाँकी

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएको १० दिनमै निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय र सामाजिक संस्थालाई गरी २१ स्पष्टीकरण माग...

निर्वाचन सुरक्षामा कडाइ: कुकुरसहित सेना–प्रहरीको संयुक्त गस्ती

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले कुकुरसहितको संयुक्त गस्ती सुरु गरेको छ। निर्वाचनलाई शान्ति...

ग्रीनल्यान्ड विषयमा अमेरिका–डेनमार्क वार्ता सकारात्मक दिशामा अघि बढ्यो : डेनमार्कका विदेशमन्त्री

ब्रसेल्स ।  डेनमार्कका विदेशमन्त्री लार्स लोके रास्मुसनले ग्रीनल्यान्ड विषयमा संयुक्त राज्य अमेरिकासँग प्राविधिक तहको वार्ता सुरु भएपछि आफू अझ आशावादी...

डेढ लाख घुससहित नगरपालिका इन्जिनियर अख्तियारको फन्दामा

बर्दिया । बारबर्दिया नगरपालिकाअन्तर्गत भवन तथा बस्ती विकास शाखामा कार्यरत एक इन्जिनियर घुस रकम लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending