भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशमा गलत गर्ने जो सुकै भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । भक्तपुरको बालकोटमा मीनकुमारी राणा प्रतिष्ठानले आयोजना गरेको प्रतिमा अनावरण कार्यक्रममा महामन्त्री थापाले गलत गर्ने व्यक्ति जति नै शक्तिशाली भए पनि कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए ।
देशमा विधिको शासन कायम हुनुपर्ने तथा सबै क्षेत्रमा सुशासन कायम हुनुपर्नेमा जोड दिँदै उनले भने, ‘प्रत्येक दिन एउटा नयाँ काण्डका बारेमा चर्चा बाहिर आउँछ । जस्तोसुकै काण्ड आए पनि विधिको शासन हुनुपर्छ, खराब गर्ने मान्छे, गलत गर्ने मान्छे जुनसुकै जाति, धर्म र पार्टीको भए पनि कारबाही हुनुपर्छ । राष्ट्रपतिले गल्ती गरे पनि प्रधानमन्त्रीले गल्ती गरे पनि दण्ड पाउनुपर्छ । कानुनभन्दा माथि कोही छैन ।’
महामन्त्री थापाले गलत काण्ड गर्नेलाई यो वा त्यो बहानामा छोडिनु हुँदैन भन्दै यसो गरेमा मात्र विधिको शासन आउने, सुशासन कायम हुने तथा जनतामा विश्वास जाग्ने बताए । उनले भने, ‘अब नेपालको एउटै मुद्दा हुनुपर्छ, जो प्रधानमन्त्री भए पनि प्रजातन्त्र जोगाउँछौँ । दायाँबायाँ हुन दिन्नौँ, यो व्यवस्था तलमाथि हुन दिन्नौँ । यो व्यवस्थाभित्र अब आत्मसम्मानका साथ जनताले गरिखानसक्ने अवस्था कसरी बनाउने भनेर लाग्नुपर्छ । यो कुरा देश चलाउने मान्छेले सोच्नुपर्छ, यसमै प्रतिस्पर्धा गर्नुपर्छ ।’
कांग्रेसले यतिखेर २०८४ भनेर होइन, काम गरेर देखाउनुपर्ने महामन्त्री थापाले बताए । देश चलाउनेले अब जनताको आयस्तर कसरी उकास्ने र देशभरका बेरोजगारलाई रोजगार कसरी दिने भनेर लाग्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा भक्तपुर क्षेत्र नं २ का सङ्घीय सांसद दुर्लभ थापा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, पत्रकार हरिहर बिरहीलगायतले कांग्रेसले समय खेर नफाली जनताको मन जित्ने गरी काम गर्नुपर्ने बताए ।
कार्यक्रममा कांग्रेस महामन्त्री थापाले स्व मीनकुमारी राणाको प्रतिमा अनावरण गर्नुका साथै प्रजातन्त्र सेनानी तिलकप्रकाश कायस्थ, वरिष्ठ पत्रकार श्री आचार्य, बक्सिङ खेलाडी प्रचण्ड शर्मालाई पुरस्कार एवं सम्मान प्रदान गरे। कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष कवीर राणा र महासचिव रवि राणाले आदर्श माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ०७:५०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...
पौष १४ गते, २०८२ - ०७:४४
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...
पौष १४ गते, २०८२ - ०७:२३
काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...
पौष १४ गते, २०८२ - ०७:२०
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...
पौष १४ गते, २०८२ - ०७:१९
चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन् । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...
पौष १४ गते, २०८२ - ०७:०८
सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...
पौष १४ गते, २०८२ - ०७:०२
महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...
पौष १३ गते, २०८२ - ०९:२९
कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...
पौष १३ गते, २०८२ - ०९:२०
अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति
पौष १३ गते, २०८२ - ०९:१०
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...




प्रतिकृया लेख्नुहोस्: