Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

गलत गर्ने जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउनुपर्छ : गगन थापा

खबरडबली संवाददाता

भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशमा गलत गर्ने जो सुकै भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । भक्तपुरको बालकोटमा मीनकुमारी राणा प्रतिष्ठानले आयोजना गरेको प्रतिमा अनावरण कार्यक्रममा महामन्त्री थापाले गलत गर्ने व्यक्ति जति नै शक्तिशाली भए पनि कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए ।

देशमा विधिको शासन कायम हुनुपर्ने तथा सबै क्षेत्रमा सुशासन कायम हुनुपर्नेमा जोड दिँदै उनले भने, ‘प्रत्येक दिन एउटा नयाँ काण्डका बारेमा चर्चा बाहिर आउँछ । जस्तोसुकै काण्ड आए पनि विधिको शासन हुनुपर्छ, खराब गर्ने मान्छे, गलत गर्ने मान्छे जुनसुकै जाति, धर्म र पार्टीको भए पनि कारबाही हुनुपर्छ । राष्ट्रपतिले गल्ती गरे पनि प्रधानमन्त्रीले गल्ती गरे पनि दण्ड पाउनुपर्छ । कानुनभन्दा माथि कोही छैन ।’ 

महामन्त्री थापाले गलत काण्ड गर्नेलाई यो वा त्यो बहानामा छोडिनु हुँदैन भन्दै यसो गरेमा मात्र विधिको शासन आउने, सुशासन कायम हुने तथा जनतामा विश्वास जाग्ने बताए । उनले भने, ‘अब नेपालको एउटै मुद्दा हुनुपर्छ, जो प्रधानमन्त्री भए पनि प्रजातन्त्र जोगाउँछौँ । दायाँबायाँ हुन दिन्नौँ, यो व्यवस्था तलमाथि हुन दिन्नौँ । यो व्यवस्थाभित्र अब आत्मसम्मानका साथ जनताले गरिखानसक्ने अवस्था कसरी बनाउने भनेर लाग्नुपर्छ । यो कुरा देश चलाउने मान्छेले सोच्नुपर्छ, यसमै प्रतिस्पर्धा गर्नुपर्छ ।’

कांग्रेसले यतिखेर २०८४ भनेर होइन, काम गरेर देखाउनुपर्ने महामन्त्री थापाले बताए । देश चलाउनेले अब जनताको आयस्तर कसरी उकास्ने र देशभरका बेरोजगारलाई रोजगार कसरी दिने भनेर लाग्नुपर्ने उनको भनाइ थियो । 

कार्यक्रममा भक्तपुर क्षेत्र नं २ का सङ्घीय सांसद दुर्लभ थापा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, पत्रकार हरिहर बिरहीलगायतले कांग्रेसले समय खेर नफाली जनताको मन जित्ने गरी काम गर्नुपर्ने बताए ।

कार्यक्रममा कांग्रेस महामन्त्री थापाले स्व मीनकुमारी राणाको प्रतिमा अनावरण गर्नुका साथै प्रजातन्त्र सेनानी तिलकप्रकाश कायस्थ, वरिष्ठ पत्रकार श्री आचार्य, बक्सिङ खेलाडी प्रचण्ड शर्मालाई पुरस्कार एवं सम्मान प्रदान गरे। कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष कवीर राणा र महासचिव रवि राणाले आदर्श माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरे । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चैत २५ गतेदेखि कोशी पर्यटन महोत्सव आयोजना हुँदै

सुनसरी । कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन ह...

सिँचाइ सुविधा विस्तारले व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ मा सिँचाइ सुविधा विस्तार हुन थालेपछि व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित भएका छन् । पछिल्लो तीन वर्षमा वडा ...

देउवा अब नेपाल फर्किएलान् ?

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग निकट मानिने नेता प्रकाशशरण महतलाई देउवा कहिले फर्किने हुन् भन्नेबार...

निर्वाचन हारबारे नेकपाको समीक्षा- पश्चिमा प्रभाव र आन्तरिक कमजोरी दुवै जिम्मेवार

एमालेसँगको सम्भावित एकताबारे पनि छलफल

बादलको अभिव्यक्तिले गर्माएको एमाले

काठमाडौं । एमाले उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले फागुन २१ को निर्वाचनपछि गठित प्रतिनिधिसभाको पहिलो बैठकमा बिहीबार दिएको अभिव्यक...

यसरी चलाएका थिए भट्टले ‘बिचौलिया साम्राज्य’

सिंगापुर र थाइल्यान्डमा घर, स्वदेशमा सयौँ रोपनी जग्गादेखि आधा दर्जन कम्पनीमा लगानी

‘कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित छ’

कर्णाली। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका सचिव सञ्जिवकुमार कर्णले कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित भएको बताउन...

एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए

गण्डकी । दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । गत मार्च महिनामा ४८ हजार ५१३ जना विदेशी पर्यटकले उ...

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

झापा । पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको ट...

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै प्रमुख १० वटा मुख्य सुधारका क्रियाकलापको कार्ययोजना तयार गरी प्रधानमन्त्री तथा मन्त्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending