मनहरी। सरकारको राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत एचपिभी खोप अभियानमा मकवानपुरका २२ हजार सात सय १३ किशोरीलाई एचपिभी खोप लगाइने भएको छ ।
फेब्रुअरी ४ मा मनाइने विश्व क्यान्सर दिवसका अवसर पारेर पाठेघरको मुखको क्यान्सरविरुद्ध ९एचपिभी खोप० लगाउन लागिएको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले बताए। पहिलो पटक अभियानकै रुपमा खोप कार्यक्रम आएकाले विद्यालयमा अध्ययनरत विद्यार्थी लक्षित गरी खोप लगाइने उनले बताए।
“सरकारबाट नै पहिलो चरणमा अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र विद्यालयबाट बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई उक्त खोप लगाउने छौँ”, प्रमुख मिजारले भनेयो, “स्थानीय तहमा रहेका स्वास्थ्य शाखाले उपलब्ध गराएको तथ्याङ्कअनुरुप खोपको मात्रा माग गरेका छौँ, सोही अनुरुप माघ २२ देखि २५ गतेसम्म र केही स्थानीय तहले भने २८ गतेसम्ममा खोप अभियान सञ्चालन गर्नेछन् ।”
मकवानपुरमा सबैभन्दा बढी किशोरी हेटौँडा उपमहानगरमा रहेका छन् । विद्यालयमा अध्ययनरत ११ हजार ६८ र विद्यालयबाहिरका एक सय पाँच गरी ११ हजार एक सय ७३ जनालाई खोप लगाइने प्रमुख मिजारले बताए । जिल्लाको इन्द्रसरोवरमा विद्यालयका चार सय ४८ र विद्यालयबाहिरका ३८ गरी चार सय ८६, मकवानपुरगढीमा विद्यालयका एक हजार १२ र विद्यालयबाहिरका ६१ गरी एक हजार ७३, थाहा नगरपालिकामा विद्यालयका एक हजार आठ सय १६ र विद्यालयबाहिरका ७३ गरी एक हजार आठ सय ८९ जनालाई एचपिभी खोप लगाइने प्रमुख मिजारले बताए ।
त्यसैगरी, भीमफेदीमा विद्यालयका आठ सय ११ र विद्यालयबाहिरका ३३ गरी आठ सय ४४, मनहरीमा विद्यालयका दुई हजार दुई सय र विद्यालयबाहिरका ६२ गरी दुई हजार दुई सय ६२, राक्सिराङमा विद्यालयका सात सय ७९ र विद्यालयबाहिरका १९ गरी सात सय ९८, कैलाशमा विद्यालयका नौ सय २२ र विद्यालयबाहिरका ७९ गरी एक हजार एक जनालाई खोप लगाइने उनले बताए।
यसैगरी, बागमतीमा विद्यालयका एक हजार तीन सय सात र विद्यालयबाहिरका ३२ गरी एक हजार तीन सय ३९ र बकैयामा विद्यालयका एक हजार ६ सय ९६ र विद्यालयबाहिरका एक सय ५२ गरी एक हजार आठ सय ४८ किशोरीलाई खोप लगाउने तय भएको प्रमुख मिजारले बताए।
“जिल्लाका सबै स्थानीय तहमा आवश्यक तयारी भइसकेको छ, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई आवश्यक तालिम तथा अभिमुखीकरण प्रदान गरिसकेका छौँ, अब सबै खोपकेन्द्रबाट खोप लगाउँछौँ”, प्रमुख मिजारले भने, “हामीले सिकोलिन नामक खोप लगाउने हौँ, स्वास्थ्यकर्मीबाट शून्य दशमलव पाँच मिली खोप मासुमा लगाउने हो ।”
यो खोप सरकारले आव २०८२/८३ देखि नियमित रुपमा लगाउने कार्यक्रम गर्दैछ । सोही अनुरुप आगामी दिनमा १४ वर्षमाथिका उमेर समूहलाई पनि यो खोप आउने उहाँले बताए । बागमती प्रदेशमा भने दुई लाख १८ हजार पाँच सय ५९ जनालाई खोप लगाइनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २१ गते, २०८२ - १७:१६
काठमाडौं । नेपाल विश्वविद्यालयको संरक्षक परिषद्(बोर्ड अफ ट्रस्टी) ले विश्वविद्यालयको उप-कुलपति र रजिस्ट्रार नियुक्त गरेको छ। नेपाल विश्वविद्यालय ऐ...
बैशाख २१ गते, २०८२ - १७:०८
भक्तपु। राष्ट्रिय परीक्षा बोर्डले सामाजिक सञ्जालमा देखिएका गलत सूचनाको विश्वास नगर्न अनुरोध गरेको छ। आइतबार सुरु भएको कक्षा १२ को परीक्षा अगाडि नै प्र...
बैशाख २१ गते, २०८२ - १६:५८
मध्य पहाडी केन्द्रित अभियान जेठ २ गतेबाट सुरु
बैशाख २१ गते, २०८२ - १६:५४
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले ओलीलाई गिज्याउने र गाली गर्नेले आफ्नो सन्तानको भविष्य अन्धकार बनाइरहेको बताएकि छन्। ...
बैशाख २१ गते, २०८२ - १६:३४
लमजुङ । राष्ट्रपति रामचन्द्र पौडेलले भाषा, साहित्य, संस्कृति र दर्शन मानव जीवनका लागि अपरिहार्य विषय भएको र भाषिक तथा सांस्कृतिक बहुलता एवं भौगोलिक वि...
बैशाख २१ गते, २०८२ - १६:१९
काठमाडौं । काठमाडौ महानगरपालिका बानेश्वरबाट शङ्खमूल जाने सडकपेटीमा विगत लामो समयदेखि राखिएका पाइपहरू हटाईएको छ। पैदलयात्रुहरूलाई सहज आवागमनमा असर प...
बैशाख २१ गते, २०८२ - १६:१६
काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा उक्त बैठक सुरू भएको हो बैठकमा समसमायिक राजनीतिक बि...
बैशाख २१ गते, २०८२ - १५:२६
काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले जो सदस्य विगतमा सम्बन्धित मन्त्रालयको जिम्मेवारीमा रहेको हो त्यही व्यक्ति छानबिन समितिमा बस्न उपयुक्त न...
बैशाख २१ गते, २०८२ - १५:१०
काठमाडौँ। सङ्घीय अस्पताल विकास समितिहरुमा पारदर्शिता र सेवा तथा मूल्यमा एकरुपता ल्याउन भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले एकीकृत विध...
बैशाख २१ गते, २०८२ - १४:५९
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि जापानका राजदूत माइदा तोरुको शिष्टाचार भेट गरेका छन्। आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा...
प्रतिकृया लेख्नुहोस्: