Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

ताल तथा सीमसार क्षेत्रमा पाइने चराको अस्तित्व संकटमा

खबरडबली संवाददाता

कञ्चनपुर । कञ्चनपुरका संरक्षण क्षेत्रबाहिरका ताल तथा सीमसार क्षेत्रमा पाइने चराको अस्तित्व संकटमा परेको छ । अनियन्त्रित चोरी शिकारी, अवैध व्यापार, जलवायु परिवर्तनको असर, विषादी तथा कीटनाशक, रासायनिक मलको प्रयोग, जलप्रदूषण, प्लास्टिक फोहर, सिँचाइका लागि पानीको अति प्रयोग, ताल सुकाएर माछा मार्ने कार्यले चरा संरक्षणमा चुनौती थपिएको हो ।

नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन)का चराविद् हिरुलाल डगौराले सीमसार क्षेत्र खुम्चिदै जाँदा चराको बासस्थानमा खलल पुगेको बताउँछन् ।  ‘ताल तथा सीमसार क्षेत्र अतिक्रमण हुँदा ८६ प्रतिशत चरा जोखिमा रहेको पाइएको छ’, उनले भने, ‘चराको बासस्थानसँगै ताल तलैया तथा सीमसार क्षेत्रमा चरा मार्नका लागि विषादीको प्रयोग हुने गरेको पाइएको छ, त्यस कार्यले चराको अस्तित्व खतरामा परेको छ ।’

उनका अनुसार बेलौरी नगरपालिाका–६ स्थित पुरैनी तालमा सन् २०१७ मा गरिएको सर्वेक्षणमा दुई हजार दुई सय जलपन्छी फेला परेका थिए । त्यसको नौ वर्षपछि सन् २०२५ मा आइपुग्दा चराको सङ्ख्या घटेर सात सय ५ पुगेको छ । चराको सङ्ख्या बर्सेनि घट्दै जानुमा बासस्थान विनाश प्रमुख कारणका रुपमा रहेको छ ।  

बीउ छर्न र उमार्न, परागसेचन गर्न, परिस्थितिकीय प्रणालीमा सहयोग गर्न, कीरा फट्याङ्ग्रा नियन्त्रण गर्नमा चराले महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । योसँगै पर्यापर्यटनमा टेवा, वातावरणको शोभा बढाउने कार्यसँगै चराको धार्मिक तथा सांस्कृति महत्व रहेको चराविद् डगौरा बताउछन् । 

विषादी प्रयोग गरी चरा मार्ने तथा शिकार गर्ने कार्यलाई स्थानीय सरकार, प्रशासनिक निकायले नियन्त्रण गर्नुपर्ने उनी बताउँछन् । बिसिएनको सहयोगमा चरा संरक्षणका लागि समुदाय स्तरमा सचेतना फैलाउनका लागि छलफल, गोष्ठी, बैठकसँगै चरा अवलोकनका कार्यक्रमहरु सञ्चालन हुँदै आएका छन् ।  ती कार्यक्रममा चरा संरक्षण गर्नका लागि सीमसार क्षेत्र जोगाउनुपर्ने कुरामा जोड दिइँदै आएको छ । 

स्वस्थ्य, प्राकृतिक सिमसार क्षेत्र मानव अस्तित्वका लागि महत्वपूर्ण रहेको कुरा समुदायलाई सम्झाउने बुझाउने कार्य हुदै आएको कञ्चनपुर पंछी संरक्षण समूहका अध्यक्ष सन्देश चौधरी बताउँछन् । ‘सिमसारसँग मानव समाजको अत्यावश्यक र आधारभूत सम्बन्ध छ, उनले भने, ‘ताजा पानी आपूर्ति गर्ने कार्य सँगै सीमसार क्षेत्रले पानी भण्डारण गर्दछन, जसका कारण सीमसार क्षेत्र महत्वपूर्ण छ ।’
 
एक सर्वेक्षणअनुसार आधाभन्दा बढी विश्वको मुख्य आहाराको लागि सिमसारमा उब्जाएको उत्पादनमा निर्भर छ । विश्वका एक अर्बभन्दा बढी मानिसका लागि सिमसार क्षेत्रका माछाहरु प्रोटिनका प्राथमिक स्रोत हुन् ।

सीमसार क्षेत्रमा उब्जाएको धानले वार्षिक तीन दशमलव पाँच अर्ब मानिसलाई खान पुग्छ । सीमसार क्षेत्रको महत्व नबुझदा अतिक्रमणको चपेटामा पर्दै गएको छ । प्रवासी चराचुरुङ्गी र अन्य जनावरहरु यात्राका क्रममा आराम गर्ने, खाना खाने ठाउ वा प्रजननका लागि सिमसारमा निर्भर हुन्छन । 

रैथाने र प्रवासी चराको मुख्य बासस्थानका रुपमा रहेका सीमसार क्षेत्रलाई जोगाउनका लागि सबैको महत्वपूर्ण भूमिका हुने बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीको भनाइ छ । बिसिएनसँग सहकार्य गरी नगरपालिका क्षेत्रभित्रका सीमसार क्षेत्र संरक्षण र जलपंछी संरक्षणका लागि योजनाबद्ध रुपमा कार्यक्रम सञ्चालन गर्न इच्छुक रहेको उनको धारणा छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि-बालेनसँग कुलमानको वार्ता निष्कर्षविहिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकामा पछुतो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...

प्रतिनिधिसभा निर्वाचन ६६ दिन बाँकी- राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...

प्रतिनिधिसभा निर्वाचन- एक मतदातास्थल सहित १८ केन्द्र थप गरियो

चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन्  । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...

भारतीयलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...

चिसोमा बनिहारालाई हात मुख जोड्नै धौधौ

महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...

नयाँ शैलीमा मानव बेचबिखन- नक्कली विवाहदेखि ‘साइबर ट्राफिकिङ’सम्म

कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...

रवि-बालेन मिल्दा किन छुटे कुलमान ?

अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति

प्रतिनिधिसभा निर्वाचन- आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending