काठमाडौं । नर्स निलु शर्मा (नाम परिवर्तन) ले काठमाडौंको एक निजी अस्पतालमा वर्षौँ काम गरिन्। उनको तलब थियो जम्मा १९ हजार रुपैयाँ। यति रकमले घरखर्च चलाउन मुस्किल भएपछि उनी ६ महिनाअघि साउदी अरब पुगेकी छिन्।
साउदीमा उनको न्यूनतम तलब नेपाली एक लाख ५० हजार छ। यसबाहेक बस्नलाई अस्पतालले क्वार्टरको व्यवस्था गरेको छ। खानका लागि आफैँले खर्च गर्नु पर्दछ।
‘बर्षौँ काम गर्दा जीवन धान्न मुस्किल भएपछि साउदी आएकी हुँ,” शर्माले भनिन्, ‘तलबको हिसाबले साउदीमा सन्तुष्ट छु।’ उनीसँगै करिब ३०० नेपाली नर्सले साउदीको अलहबी अस्पतालमा काम गर्ने गरेका छन्।
विराटनगरकी सचु आलम (नाम परिवर्तन) ले विराटनगरको न्यूरो अस्पतालमा केही वर्ष काम गर्दा मासिक तलब थियो ११ हजार रुपैयाँ। उनले एक वर्ष विद्यालय नर्समा काम गरिन्। बच्चा हुर्किँदै गएपछि तलबले पुग्न छाड्यो। साउदीमा विनालगानी काम गर्ने राम्रो कमाइ हुने अवसर पाएपछि उनी एक वर्षअघि साउदी गइन्। अहिले उनको तलब डेढ लाखभन्दा बढी छ। ‘तलबमा हामी सन्तुष्ट छु’, आलमले भनिन्,‘तर अरु पक्षमा आफ्नो देश जस्तो नहुने रहेछ।’
पछिल्लो समय अमेरिका, अष्ट्रेलिया, बेलायत, क्यानडालगायत युरोपेली मुलुकका अलावा खाडी मुलुकमा समेत नेपाली नर्स पलायन हुँदै छन्। नेपालमा तलब, सुविधा अत्यन्त न्यून रहेका कारण नर्स विदेशिन बाध्य भएका हुन्।
स्वास्थ्य मन्त्रालय अन्तर्गतको नर्सिङ महाशाखाको तथ्यांकअनुसार हरेक वर्ष एक हजारभन्दा बढी नर्स विदेशिने गरेका छन्। महाशाखाको तथ्याङ्कबाहेकका नर्स पनि विदेश जाने गरेका छन्। कतिपय नर्सिङ अध्ययन र उतै काम गर्नका लागि विदेश जान्छन्।
महाशाखाका अनुसार २०५९ देखि २०८१ को असोजसम्ममा ४३ हजारभन्दा बढी नर्सले विदेश जान अनुमतिपत्र (एनओसी) लिएका छन्। एनओसी लिएकामध्ये ९० प्रतिशत नर्स विदेश गइसकेको र बाँकी १० प्रतिशत जाने तयारीमा छन्। नेपाल नर्सिङ काउन्सिलको तथ्याङ्कअनुसार गत मङ्सिरसम्म दर्ता भएका नर्सको सङ्ख्या एक लाख २१ हजारमध्ये २३ हजार ३७० नर्स अमेरिका गएका छन्।
यस्तै ११ हजार २८९ अस्ट्रेलिया, दुई हजार ८०४ जना यूएई गएका छन्। यीबाहेक बेलायत, साउदी अरेबिया, कतार, बहराइनसहितका देशलाई नेपाली नर्स जाने गरेका छन्। बुधबारको गोरखापत्र दैनिकमा समाचार छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २४ गते, २०८२ - ०८:४६
सुनसरी । कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन ह...
चैत्र २४ गते, २०८२ - ०८:४३
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ मा सिँचाइ सुविधा विस्तार हुन थालेपछि व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित भएका छन् । पछिल्लो तीन वर्षमा वडा ...
चैत्र २४ गते, २०८२ - ०८:३८
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग निकट मानिने नेता प्रकाशशरण महतलाई देउवा कहिले फर्किने हुन् भन्नेबार...
चैत्र २४ गते, २०८२ - ०७:४८
एमालेसँगको सम्भावित एकताबारे पनि छलफल
चैत्र २४ गते, २०८२ - ०७:३२
काठमाडौं । एमाले उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले फागुन २१ को निर्वाचनपछि गठित प्रतिनिधिसभाको पहिलो बैठकमा बिहीबार दिएको अभिव्यक...
चैत्र २४ गते, २०८२ - ०७:२८
सिंगापुर र थाइल्यान्डमा घर, स्वदेशमा सयौँ रोपनी जग्गादेखि आधा दर्जन कम्पनीमा लगानी
चैत्र २४ गते, २०८२ - ०७:२३
कर्णाली। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका सचिव सञ्जिवकुमार कर्णले कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित भएको बताउन...
चैत्र २४ गते, २०८२ - ०७:१९
गण्डकी । दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । गत मार्च महिनामा ४८ हजार ५१३ जना विदेशी पर्यटकले उ...
चैत्र २४ गते, २०८२ - ०७:१६
झापा । पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको ट...
चैत्र २४ गते, २०८२ - ०७:१०
काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै प्रमुख १० वटा मुख्य सुधारका क्रियाकलापको कार्ययोजना तयार गरी प्रधानमन्त्री तथा मन्त्र...


प्रतिकृया लेख्नुहोस्: