Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

नर्सले स्वदेशमा पाउँदैनन् श्रमको मूल्य, नयाँ गन्तव्य खाडी मुलुक

खबरडबली संवाददाता

काठमाडौं । नर्स निलु शर्मा (नाम परिवर्तन) ले काठमाडौंको एक निजी अस्पतालमा वर्षौँ काम गरिन्। उनको तलब थियो जम्मा १९ हजार रुपैयाँ। यति रकमले घरखर्च चलाउन मुस्किल भएपछि उनी ६ महिनाअघि साउदी अरब पुगेकी छिन्।

साउदीमा उनको न्यूनतम तलब नेपाली एक लाख ५० हजार छ। यसबाहेक बस्नलाई अस्पतालले क्वार्टरको व्यवस्था गरेको छ। खानका लागि आफैँले खर्च गर्नु पर्दछ। 

‘बर्षौँ काम गर्दा जीवन धान्न मुस्किल भएपछि साउदी आएकी हुँ,” शर्माले भनिन्, ‘तलबको हिसाबले साउदीमा सन्तुष्ट छु।’ उनीसँगै करिब ३०० नेपाली नर्सले साउदीको अलहबी अस्पतालमा काम गर्ने गरेका छन्। 

विराटनगरकी सचु आलम (नाम परिवर्तन) ले विराटनगरको न्यूरो अस्पतालमा केही वर्ष काम गर्दा मासिक तलब थियो ११ हजार रुपैयाँ। उनले एक वर्ष विद्यालय नर्समा काम गरिन्। बच्चा हुर्किँदै गएपछि तलबले पुग्न छाड्यो। साउदीमा विनालगानी काम गर्ने राम्रो कमाइ हुने अवसर पाएपछि उनी एक वर्षअघि साउदी गइन्। अहिले उनको तलब डेढ लाखभन्दा बढी छ। ‘तलबमा हामी सन्तुष्ट छु’, आलमले भनिन्,‘तर अरु पक्षमा आफ्नो देश जस्तो नहुने रहेछ।’

पछिल्लो समय अमेरिका, अष्ट्रेलिया, बेलायत, क्यानडालगायत युरोपेली मुलुकका अलावा खाडी मुलुकमा समेत नेपाली नर्स पलायन हुँदै छन्। नेपालमा तलब, सुविधा अत्यन्त न्यून रहेका कारण नर्स विदेशिन बाध्य भएका हुन्। 

स्वास्थ्य मन्त्रालय अन्तर्गतको नर्सिङ महाशाखाको तथ्यांकअनुसार हरेक वर्ष एक हजारभन्दा बढी नर्स विदेशिने गरेका छन्। महाशाखाको तथ्याङ्कबाहेकका नर्स पनि विदेश जाने गरेका छन्। कतिपय नर्सिङ अध्ययन र उतै काम गर्नका लागि विदेश जान्छन्। 

महाशाखाका अनुसार २०५९ देखि २०८१ को असोजसम्ममा ४३ हजारभन्दा बढी नर्सले विदेश जान अनुमतिपत्र (एनओसी) लिएका छन्। एनओसी लिएकामध्ये ९० प्रतिशत नर्स विदेश गइसकेको र बाँकी १० प्रतिशत जाने तयारीमा छन्। नेपाल नर्सिङ काउन्सिलको तथ्याङ्कअनुसार गत मङ्सिरसम्म दर्ता भएका नर्सको सङ्ख्या एक लाख २१ हजारमध्ये २३ हजार ३७० नर्स अमेरिका गएका छन्।

यस्तै ११ हजार २८९ अस्ट्रेलिया, दुई हजार ८०४ जना यूएई गएका छन्। यीबाहेक बेलायत, साउदी अरेबिया, कतार, बहराइनसहितका देशलाई नेपाली नर्स जाने गरेका छन्। बुधबारको गोरखापत्र दैनिकमा समाचार छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि-बालेनसँग कुलमानको वार्ता निष्कर्षविहिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकामा पछुतो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...

प्रतिनिधिसभा निर्वाचन ६६ दिन बाँकी- राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...

प्रतिनिधिसभा निर्वाचन- एक मतदातास्थल सहित १८ केन्द्र थप गरियो

चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन्  । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...

भारतीयलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...

चिसोमा बनिहारालाई हात मुख जोड्नै धौधौ

महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...

नयाँ शैलीमा मानव बेचबिखन- नक्कली विवाहदेखि ‘साइबर ट्राफिकिङ’सम्म

कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...

रवि-बालेन मिल्दा किन छुटे कुलमान ?

अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति

प्रतिनिधिसभा निर्वाचन- आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending