तनहुँ। राष्ट्रपति रामचन्द्र पौडेलले सहिदले नेपाली जनताको स्वतन्त्रताका लागि गरेको बलिदानबाट प्रेरणा लिएर नेपाललाई स्वर्ग बनाउने अभियानमा जुट्न सबैलाई अपिल गरेको छ।
तनहुँको व्यास नगरपालिका –८ पुलिमराङमा रहेको सहिद पार्कमा पुगेर सहिदको शालिकमा पुष्पहार अर्पण पछि स्थानीयलाई सम्बोधन गर्दै उनले सो कुरा बताएको हो।
सहिदको ठुलो बलिदानले आज हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको उनको भनाइ थियो। राष्ट्रपति पौडेलले भनने, ‘अब विदेश जाने छटपटाहट छोडौ र नेपाललाई नै स्वर्ग बनाउने अभियानमा जुटौं।’’
राष्ट्रपति पौडेलले लोकतन्त्रपछि देशमा धेरै काम भएको र अझै हुन बाँकी रहेको उल्लेख गर्दै अब गाउँमा सबै सुविधा पुग्नेमा विश्वस्त हुन आग्रह गरे। उनले गाउँमा अब कृषि क्रान्ति गरेर गाउँमै रोजगारी र गाउँमै आम्दानी कसरी ल्याउने भन्ने चिन्ता लिनुपर्ने बताए।
राष्ट्रपति पौडेलले पुलिमराङमा रहेको सहिद पार्कमा रहेका सहिद भारत गुरुङ, शमशेरबहादुर गुरुङ, लालध्वज गुरुङ, धर्मध्वज गुरुङ, सर्वसिंह गुरुङ, हस्तवीर गुरुङको शालिकमा पुष्पहार गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ४ गते, २०८१ - १६:५३
काठमाडौँ। पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको एचपिभी खोप अभियानबाट १३ लाख किशोरीले खोप प्रा...
फाल्गुन ४ गते, २०८१ - १६:२२
काठमाडौँ। परराष्ट्रमन्त्री डा। आरजु राणा देउवासँग कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुराइखीले आज ओमनको राजधानी मस्कटमा शिष्टाचा...
फाल्गुन ४ गते, २०८१ - १५:३०
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले वीरगञ्जस्थित पाँच सय शैय्याको नारायणी अस्पताल निर्माण सर्वोच्च अदालतमा मुद्दा परेकाले रोकिएको बताएका छन् । उनल...
फाल्गुन ४ गते, २०८१ - १५:२३
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भविष्यमा विश्वविद्यालय शिक्षासमेत निःशुल्क गर्न सकिने बताएका छन् । आइतबार सांसदले सोधेको प्रश्नको जवाफ दिँदै उ...
फाल्गुन ४ गते, २०८१ - १५:०३
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संसद्मा दर्ता भएका सबै अध्यादेश प्रक्रियाबाट पारित हुने बताएका छन् । माओवादी सांसद वर्षमान पुनले सोधेको प्रश्नको ...
फाल्गुन ४ गते, २०८१ - १४:५५
काठमाडौं । गृहमन्त्री रमेश लेखकले पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोटको विषय छानबिन गर्न आठ सदस्यीय समिति गठन ग...
फाल्गुन ४ गते, २०८१ - १४:४३
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अहिले प्रतिनिधि सभामा सांसदले सोध्नुभएका जिज्ञासाको जवाफ दिँदै हुनुहुन्छ। पहिलो प्रश्न सोध्नुभएका प्रकाश ज्वाल...
फाल्गुन ४ गते, २०८१ - १४:४०
तम्घास। विगत दुई महिनादेखि गुल्मीको रेसुङ्गा विमानस्थलबाट नियमित उडान हुन सकेको छैन । अहिले नेपाल एयरलायन्सको जहाज मर्मत हुँदै गरेकाले अन्य जहाज नभएका...
फाल्गुन ४ गते, २०८१ - १४:२१
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले यसवर्ष पनि ‘डबल ए प्लस’ रेटिङ पाएको छ । इक्रा नेपाल लिमिटेडले प्राधिकरणले ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प...
फाल्गुन ४ गते, २०८१ - १४:०९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद बिन्दवासिनी कंसाकारले नेपालमा आगलागीको घटना बढिरहेको बताएको छिन । आइतबार प्रतिनिधि सभामा आक...
प्रतिकृया लेख्नुहोस्: