काठमाडौं । विभागीय टोली एपीएफले एन्फा महिला लिग फुटबलको उपाधि जितेको छ ।
लगातार चौथो पल्ट लिगको उपाधि जित्ने क्रममा एपिएफले बुधबार दशरथ रंगशालामा भएको उपाधि भिडन्तमा नेपाल पुलिस क्लबलाई ४–० गोलले पराजित गर्दै उपाधि जितेको हो।
एपीएफका लागि सविता राना मगरले दुई तथा सरु लिम्बू र अनु लामाले एक–एक गोल गरे ।
एपीएफ र पुलिस दुवैले क्वालिफायरमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराएर फाइनल पुगेको थियो । जहाँ एपीएफले आफ्नो च्याम्पियन छवि कायम राख्दै अपराजित रहेर लगातार चौथो पटक लिग जितेको हो ।
एपिएफले पुलिसविरूद्ध बुधबार चारै गोल दोस्रो हाफमा गर्यो।
उसका लागि सविता राना मगरले दुई गोल गर्न सफल भइन्। उनले खेलको ६४ र ८३ मिनेटमा गोल गरेकी थिइन्।
त्यसअघि ६९ मिनेटमा एपिएफका लागि सरू लिम्बूले अग्रता दोब्बर पारेकी थिइन्।
एपिएफका लगि चौथो गोल अनु लामाले ९०+५ मिनेटमा गरेकी थिइन्। एपिएफकी अनुभवी खेलाडी अनुको यो अन्तिम घरेलु फुटबलको म्याच थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ५ गते, २०८१ - १६:३१
काठमाडौं। सरोकारवालाहरुले जलवायु परिवर्तनले पारेको प्रभावको मुख्य असर महिलामा परेको भन्दै उनीहरुलाई जलवायुको असरबाट बच्न क्षमता अभिवृद्धि गर्नुपर्नेमा...
फाल्गुन ५ गते, २०८१ - १६:२३
दाङ । सत्तारुढ दलको नेता एवं नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले भूमिसम्बन्धी विधेयकसहित सबै विधेयक संसद् बैठकबाट पारित हुने बताएको छन । एमाले दाङले...
फाल्गुन ५ गते, २०८१ - १६:०३
काठमाडौं । कीर्तिपुर अस्पतालमा उपचाररत उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल डिस्चार्ज भएको छन । पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा आगो...
फाल्गुन ५ गते, २०८१ - १५:५१
काठमाडौं । नेप्से परिसुचक झण्डै ३० अंकले बृद्दी भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से २९.८७ अंकले बढ्दै २७२७.९१ को बिन्दुमा पुगेको ह...
फाल्गुन ५ गते, २०८१ - १५:३८
काठमाडौं । सांसदहरूले सिमेन्टको मूल्य वृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको छन । प्रतिनिधिसभा सदस्यहरूले सभामुखमार्फत बजारमा सिमेन्टको मूल्...
फाल्गुन ५ गते, २०८१ - १५:३१
काठमाडौं । उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालमै अवसर छ भन्ने हिसावले युवा पुस्ताहरु अघि बढ्न जरुरी रहेको बताएको छन । सोमबार काठमाड...
फाल्गुन ५ गते, २०८१ - १५:०६
काठमाडौँ । प्रतिनिधिसभा बैठक सुरु हुनासाथ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सांसद सुमना श्रेष्ठले आकस्मिक समय माग गरिन् । संसदको सोमबारको बैठकमा स...
फाल्गुन ५ गते, २०८१ - १४:४३
काठमाडौं। नेकपा एमालेका सांसद सूर्य थापाले संसद भवन परिसरमा मिडिया व्यवस्थापन आवश्यक रहेको बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्...
फाल्गुन ५ गते, २०८१ - १४:३१
काठमाडौ । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ । सोमबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तावलाई...
फाल्गुन ५ गते, २०८१ - १४:२८
नयाँदिल्ली । एक सय १२ अवैध भारतीय आप्रवासी बोकेको एउटा अमेरिकी सैन्य विमान उत्तरी भारतीय सहर अमृतसरको विमानस्थलमा अवतरण गरेको अधिकारीहरूले सोमबार बताए...
प्रतिकृया लेख्नुहोस्: