Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

‘हिउँदे अधिवेशनमा कतै नअल्झी धेरै कानुन बनाउँछौँ’ (अन्तर्वार्ता)

खबरडबली संवाददाता

काठमाडौँ । मुलुकमा भ्रष्टाचार न्यूनीकरण, सुशासन कायम, तीव्रगतिमा विकास निर्माण अघि बढाउने, आर्थिक वृद्धिदर हासिल गर्दै नेपाली जनतालाई समृद्ध तुल्याउने दीर्घकालीन सोचअनुरुप देशको राजनीतिक अभ्यास अघि बढिरहेको छ । हाम्रो मुख्य जिम्मेवारी र कर्तव्य भनेकै कानुन निर्माण हो, तर मुलुकमा अहिले तत्काल कति कानुन तर्जुमाको आवश्यकता हो, त्यो यकिन हुनुपर्छ । सरकार पनि कानुन निर्माणको जिम्मेवारी पूरा गर्न तीव्र ढङ्गले अघि बढिरहेको छ, संसदीय समितिमार्फत त्यस कार्यमा हामी पनि गम्भीर रुपमा लागिपरेका छौँ । संसद्को यस हिउँदे अधिवेशनबाट धेरै कानुन पारित हुन्छन् । संसद्को यस अधिवेशनमा कतै नअल्मलिई, कति नअल्झी धेरैभन्दा धेरै कानुन बनाउने प्रयत्नमा लाग्ने छौँ । 

कानुन बनाउने कुरामा संसद् र सांसद कमजोर भए भन्ने कुरामा म सहमत छैन । यसबीचमा पनि धेरै काम सम्पादन भइसकेका छन् । असल मनसाय र इच्छाशक्ति भए देश र जनताको हितका खातिर जति पनि काम गर्न सकिन्छ । सरकारमा रहँदा स्वयम् म आफैँले पनि छोटो समयमा धेरै काम गरेँ जस्तो लाग्छ । सरकारले काम गरेन, केही भएन भनी निराशा फैलाउन भएन । कुन क्षेत्रमा कति काम भयो वा भएन भन्ने कुरा तथ्य÷तथ्याङ्क र सूचकाङ्क अध्ययन विश्लेषणका आधारमा हुनुपर्छ । कसैको मनमा लाग्दैमा काम भएन भन्नुभएन । स

रकारमा दुई पटक रहँदा जिम्मेवारी क्षेत्रभित्रका काम राम्रो सम्पादन गरँे । नेपालमा राजनीति अस्थिर भयो जसबाट ओरालो लागेको अर्थतन्त्रलाई लयमा ल्याउने, सुशासन कायम गर्ने र तीव्रगतिमा समृद्धि हासिल गर्ने मूल लक्ष्यका साथ देशका पहिलो र दोस्रो ठूला राजनीतिक दल मिलेर वर्तमान सरकार गठन भएको हो । 

भ्रष्टाचार विगतका तुलनामा बढेको नभई घटेको छ । सुशासनको अवस्था पनि हिजोको तुलनामा राम्रो बन्दै गएको छ । यथार्थ र वास्तविकता बुझेर मात्र कुरा गर्नुपर्छ । ओरालो लागेको अर्थतन्त्रलाई लयमा ल्याउने, निर्माण व्यवसायीको रोकिएको रकमको भुक्तानी दिने, किसानको चिया, उखु र दूधको पैसा तत्काल उपलब्ध गराइएको छ । 

वर्तमान सरकार गठन हुँदाका बखत भएको सहमतिको एउटा बुँदामा संविधान संशोधन पनि छ । संविधानमा केही जटिलता र समस्या भए संशोधन गरी अघि बढ्ने सहमति भएको हो । यसमा मूल विषयमा नेतृत्वबीचमा छलफल भइरहेको छ । समस्या पहिचान गरी अघि बढ्ने कोसिस भइरहेको छ । लोकतान्त्रिक मूल्यमान्यता अँगालेका मुलुकको संसद् होस् वा संसदीय समितिमा दल र सांसदबीच वादविवाद, बहस र छलफल हुनु स्वभाविक हो । अन्य देशमा पनि त्यस्ता गतिविधि देखिन्छ । त्यसलाई अन्यथा रुपमा लिन मिल्दैन । व्यक्ति विशेषमा प्रस्तुति र अभिव्यक्तिका आ–आफ्नै शैली हुन्छन् । त्यो व्यक्ति विशेषको स्वभावमा निर्भर रहन्छ । 

धनकुटाका जनताले देश र जनताको पक्षमा कानुन निर्माण गर्न तथा जिल्लाको विकासमा भूमिका खेल्न मलाई सङ्घीय सांसदका रुपमा निर्वाचित गराउनुभएको छ । गरिबी घटाउने, जनताको आर्थिक आय बढाउने, सुशासन कायम गर्ने कार्यलाई प्राथमिकतामा राखेर जिल्लामा सडकलगायत भौतिक पूर्वाधार निर्माण कार्यका लागि स्रोत जुटाउन क्रियाशील छु । अहिले जिल्लामा विद्यालय भवन र स्वास्थ्यचौकी निर्माण तथा खानेपानी योजना तीव्र गतिमा अघि बढिरहेका छन् । पर्यटन प्रवद्र्धनका क्षेत्रमा पनि प्रभावकारी काम भएको छ । आफूले गरेको अमूल्य मतदान खेर गएको छैन भन्ने ढङ्गबाट धनकुटावासी अहिले खुसी छन् । गरिबी घटाउने र सबैलाई साक्षर तुल्याउने तथा सम्पदा संरक्षणलाई प्राथमिकता दिएर काम गरिँदैछ । 

धनकुटाबाट वार्षिक रुपमा रु तीन अर्ब बराबरको बेमौसमी तरकारी बङ्गलादेश निर्यात हुने गरेको छ । त्यसलाई केही वर्षभित्रै दोब्बर बनाउने प्रयास भइरहेको छ । एभोकाडो जिल्लाबाट रु ५० करोडको बिक्री हुने गरेकामा आगामी दिनमा त्यसको विस्तार गर्दै लैजान विभिन्न योजना अघि सारिएको छ । उपयुक्त हावापानी भएकाले निबुवा, भोगटे, सुन्तलालगायत दानादार फलफूलखेती विस्तारका लागि किसानलाई अनुदान र गुणस्तरीय बिरुवा वितरणमा सहयोग गर्ने योजना तय गरिएको छ । त्यसबाट आयआर्जन मात्र नभई रोजगारी सिर्जना हुनेछ । युवाको विदेश पलायन रोक्न तथा विदेशमा भएका युवालाई स्वदेश फर्काउन यस्तो कार्यक्रम उपयुक्त हुन सक्छ । यस्ता योजना कार्यान्वयनका लागि जनप्रतिनिधिका हैसियतले लगातार लागिपरेको छु । बैमौसमी तरकारी व्यवस्थापन, एभोकाडोसहितका फलफूल उत्पादन र बजारीकरण तथा सडक कालोपत्र तथा तमोर र अरुण गड्तिर क्षेत्रमा सिँचाइलाई पहिलो प्राथमिकतामा राखिएको छ ।

संविधानले राष्ट्रिय गौरवका आयोजना सङ्घीय सरकारले सञ्चालन गर्ने भने पनि निर्वाचनका क्रममा जनतासँग विकास निर्माण र कानुन बनाउने वाचा गरियो । प्रदेश तहलाई मझौला आयोजना निर्माण र अनुगमनको भूमिका दिएको छ । स्थानीय तहले विकास निर्माण तथा वडा कार्यालयले सेवाप्रवाह गर्ने भनेको छ । त्यो अभ्यास व्यवहारमा पूर्णरुपमा लैजान नसकिए पनि कोसिस भने भइरहेकै छ । तथापि, कानुनसँगै विकास निर्माणमा सहजीकरण गर्ने दायित्वबाट जनप्रतिनिधि अलग हुन सक्दैन । कानुन निर्माणमै सीमित हुने विषय चुनावी घोषणापत्रमा उल्लेख हुनुपर्दथ्र्यो, त्यो छैन । जनताको भावनालाई सम्बोधन गर्ने विषयलाई अन्यथा लिन मिल्दैन । विकास निर्माणको फाइल बोकेर हिँड्नु गलत होइन । 

युवापुस्तालाई स्वदेशमै उद्यमशीलताका लागि प्रेरित गर्न तथा उनीहरुलाई खुसी पार्ने, मन छुने कार्यक्रम र योजना बनाउनुपर्छ । जनताको आङ्काक्षा ठूलो छ । विगतका सरकार अस्थिर भए । त्यसबाट विकासका योजना केही हदसम्म प्रभावित भए । अर्थतन्त्र चलायमान भएन । विदेश जाने प्रवृत्ति बढ्यो । विदेश गएकाबाट पनि अन्यलाई आउन प्रेरित गर्ने काम भयो । अब त्यसलाई रोक्ने ठूलो क्षेत्र भनेको कृषि हो । कृषिलाई व्यवसायीकरण गर्न सकियो भने धेरैलाई रोजगारी दिलाउन सकिन्छ । यसको सुरुआत भएको छ । यस क्षेत्रमा लाग्नेलाई प्रोत्साहन गरेर लैजानुपर्छ । विकास निर्माण निरन्तर चलिरहने प्रक्रिया हो । सरकारले बनाएका नीति कार्यान्वयनमा हामीले सहयोग गर्नुपर्छ । सुशासनलाई व्यवस्थित गर्ने तथा जनताको जीवनस्तर उकास्ने तथा गरिबी घटाउने कार्यमा लाग्न सम्पूर्ण जनतामा अपिल गर्न चाहन्छु ।

सांसद राईको परिचय

वामपन्थी राजनीतिमा १४ वर्षको उमेरदेखि आबद्ध भई विद्यार्थी सङ्गठन, युवासङ्घ र नेकपा (एमाले) धनकुटा जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएका सांसद राजेन्द्रकुमार राई जिल्ला विकास समितिको उपसभापति, स्थानीय शान्ति समिति संयोजक, राष्ट्रिय कफी तथा चिया बोर्डको उपाध्यक्ष पनि हुनुभयो । विसं २०७४ र २०७९ को निर्वाचनमा धनकुटाबाट निर्वाचित राई हाल एमाले केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँले विगतमा भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण र खानेपानी मन्त्रालयको नेतृत्व गरिसक्नुभएको छ । 

(सांसद राईसँग राससका निमित्त प्रमुख समाचारदाता नारायणप्रसाद न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश)

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending