काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संसद्ले सबैलाई समेटेर अघि बढ्न नसकेको आरोप लगाएको छ । आज बसेको संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सो कुरा बताएका हुन् ।
पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टीको विषयमा प्रतिक्रिया जनाउँदै सरकारले छलफल नै नगरी अघि बढेको आरोप लगाए । आजको बैठकको सुरुमा नै रास्वपाका सांसदहरुले विरोध जनाएका थिए । रास्वपाका सांसदहरुले आकस्मिक समयमा बोल्न पाउनुपर्ने माग राख्दा सभामुखले नदिएपछि केहीबेर बैठक बहिस्कार गरी बाहिरिएका थिए ।
सो विषयमा धारणा राख्दै पाण्डले भने, ‘हाम्रो प्रतिनिधि सभाको चौथो ठूलो दलसँग जसरी छलफल गरेर यसलाई सँगै लैजाने गरेर वातावरण सिर्जना गरेर लैजानु पर्दथ्यो त्यो हुन सकेन म दुख व्यक्त गर्दछु । यसमा हाम्रा अभ्यासहरु पनि केही थिए, संसद् सञ्चालन गर्नुभन्दा पहिले हामी प्रमुख सचेतकहरुलाई मुख्य सचेतकहरुलाई यो दिनको कारबाहीलाई कसरी अगाडी बढाउने भनेर हाम्रा केही सरसल्लाहहरु पनि हुने गर्दथे । ती अभ्यासहरु पनि क्रस भएका छन् ।’
त्यस्तै सरकार गठन भएपछि जनताले सरकार भएको प्रत्याभूती हुन नसकेको समेत बताए । प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्ने गरे पनि विभिन्न काण्डहरुमा भ्रष्टाचार भइरहे पनि त्यसो गर्न नसकीरहेको बताए ।
सरकारले सत्तापक्ष र प्रतिपक्षको आधारमा काखा र पाखा समेत गरिरहेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १७ गते, २०८१ - १२:३७
म्याग्दी । सामाजिक विकास कार्यालय तीन महिनादेखि प्रमुखविहीन भएको छ । कार्यालय प्रमुख नहुँदा चालु आर्थिक वर्षमा बजेट विनियोजन भएका योजना तथा कार्यक्रम ...
फाल्गुन १७ गते, २०८१ - १२:३५
दोलखा । जिल्लाका तल्लो क्षेत्रमा हिउँदे वर्षा र माथिल्लो क्षेत्रमा हिमपात भएको छ । लामो समयपछि शनिबार रातिदेखि हिउँदे वर्षा भएको हो । आइतबार बिहानै...
फाल्गुन १७ गते, २०८१ - १२:२६
बझाङ । बझाङमा १४ वर्षीया बालिका बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा मस्टा गाउँपालिका–४ घर भएका २२ वर्षीय विवेक उपाध्याय रहेका छन...
फाल्गुन १७ गते, २०८१ - ११:५५
स्याङ्जा । बिरुवा गाउँपालिका–४ स्थित जनप्रिय पिपलभञ्ज्याङ आधारभूत विद्यालयमा मगर भाषा पठनपाठन हुन थालेको छ । मगर भाषा, कला, संस्कार, संस्कृतिको संर...
फाल्गुन १७ गते, २०८१ - ११:५३
नवलपरासी । नवलपरासी९बर्दघाट सुस्तापूर्व०को मध्यविन्दु नगरपालिका–२ का मायाराम महतोलाई गत वर्षसम्म एक बिघा जमिनको आलु खन्न २० जना खेताला जम्मा गर्नु पर्...
फाल्गुन १७ गते, २०८१ - ११:५०
विराटनगर । पछिल्लो समय पुरानो काठका घर लोप हुन थालेका छन् । आधुनिक डिजाईनका सिमेन्ट र कङ्क्रिटका घर निर्माण बढेसँगै काठका घर लोप हुन थालेका हुन् । दु...
फाल्गुन १७ गते, २०८१ - ११:४५
काठमाडौं । झापाबाट सशस्त्र प्रहरीले ३ सय १ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। झापाको भद्रपुर नगरपालिका– ३ स्...
फाल्गुन १७ गते, २०८१ - ११:४४
स्कुल बस दुर्घटनाको मुख्य कारण तीव्र गति र चालकको लापरबाही
फाल्गुन १७ गते, २०८१ - ११:०४
काठमाडौं । यतिबेला सामाजिक सञ्जालमा वाक युद्ध सुरु भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरेर स्ट...
फाल्गुन १७ गते, २०८१ - १०:५२
रौतहट । रौतहटको माधवनारायण नगरपालिका–४ का वडाध्यक्ष रामदेनी मुखियाको निधन भएको छ । फोक्सोको क्यान्सरबाट पीडित ६० वर्षीय उनको आज बिहान आफ्नै निवासमा न...
प्रतिकृया लेख्नुहोस्: