Ntc summer Offer
Khabar Dabali १८ फाल्गुन २०८१ आईतवार | 2nd March, 2025 Sun
Investment bank

प्रतिनिधिसभामा सत्तापक्ष र विपक्षमा देखियाे विभेद

खबरडबली संवाददाता

काठमाडौं । लोकतान्त्रिक व्यवस्था भएको मुलुकमा प्रतिनिधिसभाले सरकारको हैन, विपक्षीका बढी कुरा सुन्ने गरिन्छ ।  तर, प्रतिनिधिसभाको शुक्रबार पाँचौं अधिवेशन सुरू हुँदा सभामुख देवराज घिमिरेले भेदभावपूर्ण व्यवहार प्रस्तुत गरेका छन्।

उनले सुरूमा प्रधानमन्त्री केपी ओलीलाई बोल्न समय दिए। त्यसपछि उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई समय दिए। त्यसपछि घिमिरेले दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूलाई बोल्न समय दिए। सुरूमा सत्तापक्षका सांसद योगेश भट्टराईलाई घिमिरेले समय दिए। घिमिरेले भट्टराईलाई २० मिनेट समय तोके। भट्टराईले बीस मिनेटभन्दा बढी कुरा राखे।

तर, प्रतिपक्षी दललाई भने घिमिरेले समय छोट्याए। नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेको बोल्ने पालो आउँदा घिमिरेले १५ मिनेट मात्रै समय दिए। घिमिरे नेकपा एमालेबाटै सभामुख बनेका हुन्। उनलाई एमालेप्रति नरम हुने गरेको आरोप लाग्ने गरेको छ।

सरकारले अहिले ६ वटा अध्यायदेशहरू ल्याएको छ। सत्तापक्षका सांसदले अध्यादेशको बचाउ गरिरहेका छन्। बीस मिनेट बोल्दा अधिकांश समय भट्टराईले अध्यादेशको बचाउमै खर्च गरे।

प्रतिपक्षी दलको प्रतिनिधित्व गर्दै बोलेका पाण्डेले अध्यादेशबाट सरकार चलाउन खोजेको भन्दै आलोचना गरे। उनले अध्यादेश आवश्यकताका आधारमा ल्याउन मिल्ने भए तापनि अहिले जनताको कष्ट र विपत्तिका बखत सरकार कतै नभेटिएको बताए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ठगीको आरोपमा बानेश्वरबाट एक महिला पक्राउ

काठमाडौं । ठगीमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौंको नयाँ बानेश्वरस्थित गैरीगाउँबाट एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्ने महिला कैलालीको धन...

नयाँ बानेश्वरमा झडप, डीएसपी पौडेल घाइते

काठमाडौं । नयाँ बानेश्वरमा ‘स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समिति’ को विरोध प्रदर्शनको क्रममा प्रहरीमाथि आक्रमण भएको छ । प्रदर्शनकारीले निषेध...

बलात्कार आरोपमा एकजना पक्राउ

मकवानपुर । मकवानपुरमा ३६ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा बागमती गाउँपालिका–२ बस्ने ३७ वर्षीय...

धनगढीको जंगलमा भेटियो २ वटा शव

कैलाली । कैलालीको धनगढीमा दुईजना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव निरीक्षक कविन्द्र बोहराका अनुसार धनगढी उपमह...

विप्लवले गरे कालिकोटमा भेडा फर्म उद्घाटन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले कालिकोटको रुप्सा चिसापानी क्षेत्रमा भेडा फर्म उद्घाटन गरेका छन् ।  विप्लव नेत...

विगतबाट पाठ सिकेर जनताको कुरा सुन्ने अभियानमा छौंः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धको बेलामा जस्तै जनताका पीर मर्का बुझ्नमा विगतमा केही चुकेको बताएका छन् । आइ...

विगत संझदै सिराहामा प्रचण्डले भनेः मैले पहिलोपटक हतियार र बम विष्फोटको तालिम यहीँ लिएको हुँ

‘मधेसी जनतासँग माओवादीको लभ छ, सिराहा आउँदा माइती आएझैं लाग्छ’

मुख्यमन्त्री अनुगमनमा जाँदा अवैध अस्पताल सञ्चालक फरार

सर्लाही । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह अनुुगमनमा जाँदा सर्लाहीको नवलपुर बजारमा सञ्चालित अवैध अस्पतालका सञ्चालकहरु फरार भएका छन् । मुख्...

छिमेकीले गरे पाँच वर्षीय बालिका बलात्कार

सप्तरी  । सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ घर भएकी पाँच वर्षीय बालिका छिमेकीबाटै बलात्कृत भएकी छन् । नातेदारकहाँ पुर्‍याइदिन्छु भन्दै छिमेकीले मोटरसाइ...

पाँच गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदा कामकाज ठप्प

हुम्ला  । हुम्लाका पाँच गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएका छन् । गत माघ दोस्रो सातादेखि ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविहीन भएका हु...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy