बागलुङ । फेयरमेड फाउण्डेनले सञ्चालन गरेको ग्रामीण स्वास्थ्य सुधार परियोजनाअन्तर्गत बागलुङका ३३ वटा स्वास्थ्य संस्थामा ल्याब स्थापना गरिएको छ । परियोजना सञ्चालन भएको साढे ६ वर्षको अवधिमा २२ वटा सुत्केरी प्रतिक्षाघर निर्माणमा साझेदारी र पाँच स्वास्थ्य संस्थामा भिडियो एक्स–रे सेवा सञ्चालन लगायतका कामहरु भएका छन् ।
परियोजनामार्फत जिल्लाका ६९ वटा बर्थिङ सेन्टरका लागि चाहिने सामग्री तथा उपकरण सहयोग गरेर आमा र शिशुको स्वास्थ्यमा काम गरिएको फेयरमेड फाउण्डेसनका टिम लिडर राजेन्द्र रुचालले जानकारी दिए। यो समयमा गर्भवतीले नियमित गर्भ परीक्षण गर्ने, स्वास्थ्य संस्थामा पुगेर सुरक्षित सुत्केरी हुने तथा बालबालिकालाई समयमा खोप लगाउने सम्मका काम भएको रुचालको भनाइ थियो ।
परियोजनामार्फत आमा समूहको बैठक बसेर ग्रामीण क्षेत्रमा कोही पनि स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस् भन्ने अभियान सञ्चालन गरिएको थियो । भिडियो एक्सरे, एसबिए, सिल्ट स्पियर तालिममार्फत कुष्ठरोगको पहिचान, अपाङ्गता भएकाहरुलाई स्यानिटरी प्याड, च्याउ र तरकारी खेती तथा मुडा बनाउने तालिम दिइएको कार्यक्रम व्यवस्थापक गणेश बरुवालले बताए । यो अवधिमा सङ्क्रामक रोगको रोकथाम, कुष्ठरोगको स्क्रिनिङ तालिम र स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको थियो ।
बरुवालका अनुसार, प्रतिक्षाघरबाट गत आर्थिक वर्षमा दुई सय आठ र चालु वर्ष चार सय छ जना गर्भवतीले लाभान्वित भएका छन् । प्रतिक्षाघरले ग्रामीण क्षेत्रका आमा र शिशुको स्वास्थ्य रक्षामा प्रभावकारी भूमिका खेलेको बरुवालले बताए।
ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा ल्याब बनेपछि सन् २०२३ मा एक हजार दुई सय छ र २०२४ मा तीन हजार छ सय १४ जनाले सेवा पाएका थिए । त्यस बाहेक चार सय जनाले भिडियो एक्सरे सेवा पाएको, चार हजार छ सय जनाले गाउँघर क्लिनिकबाट सेवा पाएको, एक सय ३३ बालबालिकाले बेबी वार्मरमार्फत तातो बनाउने सेवा पाएका छन् ।
सन् २०१८ मा पश्चिम बागलुङको तमानखोला, निसीखोला र ढोरपाटनबाट सुरु भएको परियोजना कार्यक्षेत्र विस्तार गर्दै जिल्लाको दश वटै स्थानीय तहमा सञ्चालित थियो । भीमापोखरा युवा क्लब (बिवाईसी) बागलुङको सहकार्यमा सञ्चालित परियोजना सन् २०२४ को डिसेम्बरमा समाप्त भए पनि ‘सम्बोधन’मार्फत आगामी तीन वर्ष बागलुङमा काम गरिने फेयरमेड फाउण्डेसनका टिम लिडर रुचालले जानकारी दिए।
परियोजनामार्फत हाल भएका कामको संस्थागत विकास र परियोजनामा भेटिएका समस्या सम्बोधनमा ध्यान दिन जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाको सुझाव छ । राज्यका संयन्त्रले नदेखेका समस्या खोजेर उपचारको दायरामा ल्याउने र आमा तथा शिशुको ज्यान बचाउने काम महत्त्वपूर्ण भएको थापाले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २६ गते, २०८२ - १७:३२
मुम्बई। मध्यपूर्वमा जारी युद्धका कारण इन्धन आपूर्तिमा अवरोध आएपछि भारत सरकारले प्राकृतिक ग्यास र खाना पकाउने ग्यासको वितरण कडा बनाएको छ । सरकारी आदेशप...
फाल्गुन २६ गते, २०८२ - १७:०७
काठमाडौँ। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी...
फाल्गुन २६ गते, २०८२ - १६:५४
काठमाडौं । काठमाडौं–३ बाट नवनिर्वाचित सांसद राजुनाथ पाण्डे ले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नै आगामी प्रधानम...
फाल्गुन २६ गते, २०८२ - १६:४५
काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भोलि (बुधबार) भारत जाने तयारीमा छन्। उनी नयाँदिल्लीमा हुने ‘एनएक्सटी २०२६’ ग्लोबल समिटमा गेस्ट अफ अनरको ...
फाल्गुन २६ गते, २०८२ - १६:३४
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेको छन्। गृह मन्त्रालयमा मंगलबार भएको भेटमा...
फाल्गुन २६ गते, २०८२ - १६:२७
काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने वा सरकारले तोकेको मूल्यभन्दा बढी बिक्री गर्ने जोकोहीलाई...
फाल्गुन २६ गते, २०८२ - १५:५६
सिद्धार्थनगर। रूपन्देहीका विभिन्न स्थानबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका ६ लाख रुपियाँभन्दा बढी मूल्यका सामान प्रहरीले बरामद गरेको छ । जिल्ला ...
फाल्गुन २६ गते, २०८२ - १५:४१
रुकुम पश्चिम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुम पश्चिमका सभापति मानबहादुर शाहीले पदबाट राजीनामा दिएको छन् । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा...
फाल्गुन २६ गते, २०८२ - १५:१७
काठमाडौं। नेपालका अर्थमन्त्री रामेश्वर खनालले पदको हैसियतमा प्राप्त कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गर्ने प्रक्रिया सुरु गरेका छन्। मंगलबार...
फाल्गुन २६ गते, २०८२ - १५:००
नेपालगन्ज। प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका ५६ उम्मेदवारमध्ये ४७ जनाको जमानत जफत भएको छ । प्रतिनि...



प्रतिकृया लेख्नुहोस्: