काठमाडौं । निर्देशक रामजी ज्ञवालीको लेखन तथा निर्देशनमा तयार डकुमेन्ट्री सर्ट फिल्म ‘‘रित्तो गाउँ’ ले छैटौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रीय फिल्म महोत्सवमा उत्कृष्ट राष्ट्रिय सर्ट फिल्म अवार्ड जित्न सफल भएको छ।
शनिबार सम्पन्न अवार्ड समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, चलचित्र विकाश वोर्डका अध्यक्ष दिनेश डिसी लगायतले ‘रित्तो गाउँ’का निर्माता आनन्द शर्मा वाग्लेलाई अवार्ड तथा प्रमाणपत्रसहित सम्मान गरे। यस प्रोजेक्टका निर्देशक ज्ञवाली कार्य व्यस्तताका कारण उपस्थित हुन नसके पनि उनले आफ्नो खुसी सामाजिक सञ्जालमार्फत व्यक्त गर्दै दर्शक, टिम, र सम्पूर्ण सहयोगीप्रति आभार प्रकट गरेका छन् । उनले लेखेका छन्, –‘यो खुसी तपाईंहरूसँग बाँड्न पाउँदा म अत्यन्त गौरवान्वित छु। यो अवार्डले सम्पूर्ण टिमलाई अझ बढी जिम्मेवार बनाएको छ।’
फिल्म महोत्सवमा ४७ देशका फिल्म, सर्ट फिल्म, डकुमेन्ट्री, र विभिन्न विधाका चलचित्रहरू प्रदर्शन गरिएको थियो। विभिन्न विधामा उत्कृष्ट फिल्महरूलाई सम्मान गरिएको यस प्रतियोगितामा ‘‘रित्तो गाउँ’ उत्कृष्ट राष्ट्रिय सर्ट फिल्मको विजेता घोषित भएको हो।
गत वर्ष निर्माण भएको ‘‘रित्तो गाउँ’ विभिन्न फेस्टिभल तथा च्यारिटी कार्यक्रममा प्रदर्शन भइरहेको छ । यसअघि पनि यसले केहि अवार्ड जितिसकेको छ । नेपाली समाजमा युवा पलायनका कारण उत्पन्न समस्याहरूको कथा बोल्ने रित्तो गाउँको कथाका लागि त्रिभुवन विश्वविद्यालयका प्राध्यापक उद्धव सिग्देलको नेतृत्वमा अनुसन्धान गरिएको थियो । ‘रित्तो गाउँ’ हेर्नेहरुले अनाठो प्रस्तुतिकरण भनेका छन् । फिल्ममा डकुमेन्ट्रीको वास्तविकता र सर्ट फिल्मको कथात्मक शक्ति एकैठाउँ समेटिएको छ। यस्तो नयाँ शैलीले दर्शकलाई गहिरो प्रभाव पार्न सक्ने भएकाले नयाँ प्रयोग गरिएको निर्देशक ज्ञवालीले बताए ।
‘रित्तो गाउँ’मा आनन्द शर्मा वाग्ले, कुनाल कायल, प्रेम भुर्तेल र नारायण कँडेल निर्माता हुन्। चार्डर एकाउन्टेन्ट पेशामा आवद्ध उनीहरुको टिमले यस फिल्म तयार पार्न लगभग १ बर्ष समय खर्चिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २७ गते, २०८३ - २२:१३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...
श्रावण २७ गते, २०८३ - २२:०९
काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...
श्रावण २७ गते, २०८३ - २२:००
काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...
श्रावण २७ गते, २०८३ - २१:४२
ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...
श्रावण २७ गते, २०८३ - २१:३२
पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...
श्रावण २७ गते, २०८३ - २१:२९
काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...
श्रावण २७ गते, २०८३ - २१:२६
काठमाडौँ । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...
श्रावण २७ गते, २०८३ - २१:२१
काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...
श्रावण २७ गते, २०८३ - २१:१८
काठमाडौँ । गैरआवासीय नेपाली संघको ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन आगामी अगस्ट १५ देखि १७ सम्म चीनको ग्वाङ्झाउमा आयोजना हुने भएको छ। ‘आरोहण २०२६–...
श्रावण २७ गते, २०८३ - २१:०१
विराटनगर । केन्द्रमा फेरिएको सत्ता समीकरणको असर कोशी प्रदेश सरकारमा पनि देखिएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ राजनीतिक सहकार्य बने...



प्रतिकृया लेख्नुहोस्: