Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

काँक्रोको बिउ बेचेर फलेवासका किसानले गरे ६ करोड आम्दानी

खबरडबली संवाददाता

पर्वत । फलेवास नगरपालिका- ११ पाङ्राङका कृषकले काँक्रोको बिउ बिक्री गरेर ६ करोड रुपैयाँ आम्दानी गरेका छन्। २५ वर्षदेखि काँक्राको बिउ उत्पादन गर्दै आएका यहाँका कृषकले योपटक ६ करोड ३० लाख रुपैयाँ आम्दानी गरेका हुन्। 

स्थानीय कृषक सूर्यबहादुर कुँवरको नेतृत्वमा २०५७ मा नारायणस्थान बिउ उत्पादन समूह गठन गरेर व्यावसायिक रूपमा बिउ उत्पादनमा लागेका कृषकले यो वर्ष ६३ क्विन्टल काँक्रोको बिउ उत्पादन गरेका छन्।  

प्रतिकिलो १० हजारका दरले बिक्री गर्दा उक्त रकम भित्र्याएको कृषक बाबुराम भुसालले जानकारी दिए। उनका अनुसार गत वर्ष ७० क्विन्टल बिउ उत्पादन भएकामा यो वर्ष ६३ क्विन्टल मात्र भएको हो। गत वर्ष सात करोड आम्दानी भएको थियो। उनका अनुसार कृषकले भक्तपुरे लोकल जातको काँक्रोको बिउ उत्पादन गर्दै आएका छन्। 

समूह गठन भएको शुरुको वर्ष चार किलो काँक्राको बिउ र ६५ किलो ४० दिने मूलाको बिउ उत्पादन भएको कृषक भुसालले जानकारी दिए। सुरुआतमा ८०० का दरले बिक्री गरेका कृषकले अहिले १० हजार रुपैयाँमा बिक्री गर्दै आएका उनले बताए।

केही वर्ष मूला, उन्नत जातको गोलभेँडा, चम्सुरलगायत बिउ उत्पादन हुँदै आएको थियो। मनग्य आम्दानी हुन थालेपछि केही वर्षदेखि काँक्रोको बिउ मात्र उत्पादन गर्न थालेको भुसालले बताए। उनका अनुसार यहाँका ७२ परिवारले व्यावसायिक रूपमा काँक्रोखेती गर्दै आएका छन्। 

प्रत्येक वर्ष हरेक कृषकले न्यूनतम च लाखदेखि १८ लाख रुपैयाँसम्म बिउ बिक्री गरेर आम्दानी गर्दै आएका अर्का कृषक टुकप्रसाद पौडेलले जानकारी दिए। यो वर्ष आफूले एक क्विन्टल काँक्राको बिउ बिक्री गरी १२ लाख आम्दानी गरेको उनको दाबी छ।

कृषकले फागुनको पहिलो साता रोपेको काँक्रा जेठ महिनामा तयार भई थन्क्याउने काम गर्छन् भने उत्पादित बिउ असारसम्ममा बिक्री गर्दैै आएका छन्। यहाँ उत्पादित अधिकांश बिउ काठमाडौंको कालीमाटी बजारका व्यापारीले खरिद गर्दैै आएका जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ।

केन्द्रका प्रमुख पर्शुराम अधिकारीले जिल्लाको फलेबास नगरपालिका–११ पाङ्राङ र जलजला गाउँपालिका- ७ धाइरिङमा व्यावसायिकरूपमा काँक्राको बिउ उत्पादन हुँदै आएको जानकारी दिए। उनले उत्पादित बिउ कृषि अनुसन्धान केन्द्र र नार्कमार्फत विभिन्न क्षेत्रमा सिफारिस गर्ने गरिएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चैत २५ गतेदेखि कोशी पर्यटन महोत्सव आयोजना हुँदै

सुनसरी । कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन ह...

सिँचाइ सुविधा विस्तारले व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ मा सिँचाइ सुविधा विस्तार हुन थालेपछि व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित भएका छन् । पछिल्लो तीन वर्षमा वडा ...

देउवा अब नेपाल फर्किएलान् ?

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग निकट मानिने नेता प्रकाशशरण महतलाई देउवा कहिले फर्किने हुन् भन्नेबार...

निर्वाचन हारबारे नेकपाको समीक्षा- पश्चिमा प्रभाव र आन्तरिक कमजोरी दुवै जिम्मेवार

एमालेसँगको सम्भावित एकताबारे पनि छलफल

बादलको अभिव्यक्तिले गर्माएको एमाले

काठमाडौं । एमाले उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले फागुन २१ को निर्वाचनपछि गठित प्रतिनिधिसभाको पहिलो बैठकमा बिहीबार दिएको अभिव्यक...

यसरी चलाएका थिए भट्टले ‘बिचौलिया साम्राज्य’

सिंगापुर र थाइल्यान्डमा घर, स्वदेशमा सयौँ रोपनी जग्गादेखि आधा दर्जन कम्पनीमा लगानी

‘कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित छ’

कर्णाली। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका सचिव सञ्जिवकुमार कर्णले कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित भएको बताउन...

एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए

गण्डकी । दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । गत मार्च महिनामा ४८ हजार ५१३ जना विदेशी पर्यटकले उ...

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

झापा । पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको ट...

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै प्रमुख १० वटा मुख्य सुधारका क्रियाकलापको कार्ययोजना तयार गरी प्रधानमन्त्री तथा मन्त्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending