काठमाडौं । कोटिहोमका नाममा पोखराका सडक र चौताराका रुखबिरुवा मुठारेर जम्मा गरिएका काठदाउरा पोखरा महानगरपालिकाले जफत गरेको छ । पोखरा लेकसाइडस्थित नेपाल ट्रस्टको जग्गामा जम्मा गरेर राखिएको अवस्थामा नगर प्रहरीले बुधबार काठदाउरा जफत गरेको हो।
मानव सेवा फाउन्डेसनले पोखरामा ३ महिनाभन्दा बढी कोटिहोम चलाउने भन्दै पोखराका सडक तथा चौताराका रुख मुठारेको थियो । ऐतिहासिक एवं महत्वपूर्ण चौतारा तथा सडकका रुख ठुटो बनाएपछि महानगरको पनि चर्को आलोचना भइरहेको छ । रुख मुठराउन महानगरले नै मौन स्वीकृति दिएको भन्दै सरोकारवालाले आलोचना गर्दै आएका थिए ।
तर, महानगरले भने कोटिहोम आयोजकले आफूहरुसँग अनमुति नलिएकोले कारबाही गर्ने बताउँदै आएको थियो । मंगलबार मिडियासँग कुरा गर्दै महानगर मेयर आचार्यले अनुमतिबेगर पोखरामा कोटिहोम चल्न नदिने बताएका थिए ।
‘कोटिहोम पोखरामा हुँदैन । किनभने त्यति लामो समयसम्म पोखराजस्तो पर्यटकीय क्षेत्रमा धुनी बालेर..अघिल्लोचोटि पनि वातावरण प्रदूषण भएर प्लेन नै उड्न नसक्ने अवस्था भा’थ्यो’, मेयर आचार्यले भनेका थिए, ‘त्यसकारणले गर्दाखेरि त्यो हाम्रो अनुमति पनि लिएको छैन, स्थानीय प्रशासनबाट पनि, महानगरबाट पनि कहींबाट पनि उहाँले अनुमति लिनुभा’को छैन ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २९ गते, २०८२ - २२:२५
मोरङ । ३८औँ संस्करणको विराट गोल्ड कप फुटबल–२०८२ प्रतियोगिताअन्तर्गत आज राति भएको खेलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।...
चैत्र २९ गते, २०८२ - २२:०१
काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् अहिले नीतिले भन्दा पनि सुनले बढी चम्किएको देखिन्छ। आज सार्वजनिक गरिएको सम्पत्ति विवरण हेर्दा लाग्छ—यो...
चैत्र २९ गते, २०८२ - २१:४६
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस संरक्षण अभियान’ सञ्चालन गरेको छ । स्थानीय बास...
चैत्र २९ गते, २०८२ - २१:४४
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उक्त विवरण अनुसार मन्त्री खनालसँग विभिन्न कम्पनीमा लगानीदेखि सुनसम्म रहेको ...
चैत्र २९ गते, २०८२ - १९:४९
झापा। झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका ...
चैत्र २९ गते, २०८२ - १९:४५
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को खातामा १ करोड ४६ लाख रुपैयाँ रहेको पाइएको छ । आज सार्वजनिक भएको प्रधानमन्त्री बालेनको सम्पत्ति विवरण...
चैत्र २९ गते, २०८२ - १९:४२
काठमाडौं। नेपालमा अधिकांश दैनिक उपभोग्य वस्तुका लागि आयातमै निर्भर हुनुपर्ने अवस्था त सुनेकै छौँ, तर सुकुटी अर्थात् सुक्खा तरकारीको अवस्था पनि त्यस्तै...
चैत्र २९ गते, २०८२ - १९:३९
काठमाडौं । चीनले भारतीय भूभागभित्र पर्ने स्थानहरूको नाम परिवर्तन गर्ने प्रयास गरेको भन्दै भारतले कडा आपत्ति जनाएको छ। भारतीय विदेश मन्त्रालयले सामाजिक...
चैत्र २९ गते, २०८२ - १९:३४
सर्लाही । भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा लगाइएको प्रतिबन्धको निर्णयविरुद्ध सर्लाहीमा राजनीतिक दलहरूले एकजुट भएर विरोध जनाएका छन्। जिल्लामा ...
चैत्र २९ गते, २०८२ - १९:३१
हेटौँडा। मकवानपुर जिल्लामा अवैध रूपमा घरेलु मदिरा उत्पादन भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा मदिरा र कच्चा पदार्थ बरामद गरेको छ।...


प्रतिकृया लेख्नुहोस्: