Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

प्रधानमन्त्री मोदी सङ्गममा पवित्र स्नानका लागि प्रयागराजमा

खबरडबली संवाददाता

नयाँदिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार जारी महाकुम्भ २०२५ मा त्रिवेणी सङ्गममा पवित्र स्नान गर्न उत्तर प्रदेशको प्रयागराज पुगेको छन।

प्रधानमन्त्रीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग यमुना नदीमा डुङ्गा यात्रा गरे। प्रधानमन्त्रीले सङ्गममा पवित्र स्नान गर्नुका साथै माता गङ्गाको पूजा गर्नेछन ।

पौष पूर्णिमा ९सन् २०२५ जनवरी १३० देखि सुरु भएको महाकुम्भ २०२५ विश्वको सबैभन्दा ठूलो आध्यात्मिक र सांस्कृतिक समागम हो । महाकुम्भले विश्वभरका भक्तजनहरूलाई आकर्षित गर्दछ । महाकुम्भ फेब्रुअरी २६ को महाशिवरात्रिसम्म जारी रहनेछ ।

भारतको आध्यात्मिक र सांस्कृतिक सम्पदाको प्रवद्र्धन र संरक्षण गर्ने आफ्नो प्रतिबद्धता अनुरूप प्रधानमन्त्री मोदीले तीर्थस्थलहरूमा पूर्वाधार र सुविधाहरू बढाउन निरन्तर सक्रिय कदम चालेको छन ।

यसअघि सन् २०२४ डिसेम्बर १३ मा प्रयागराज भ्रमणका क्रममा प्रधानमन्त्रीले आम जनताका लागि सम्पर्क, सुविधा र सेवाहरू सुधार गर्ने रु ५५ अर्ब मूल्यका १६७ विकास परियोजनाको उद्घाटन गरेको थिए ।

यसैबीच स्थानीय समयानुसार बुधबार बिहान ८ बजेसम्म गङ्गा, यमुना र रहस्यमयी सरस्वतीको सङ्गममा ३७ लाख ४८ हजारभन्दा बढी भक्तजनले पवित्र स्नान गरेका छन् । यसले विशाल धार्मिक समागमको गहिरो आध्यात्मिक उत्साह बढाएको छ ।

यसमा दिव्य आशीर्वाद प्राप्त गर्न बिहानै आइपुगेका १० लाखभन्दा बढी कल्पवासी र २७ लाख ४८ हजार तीर्थयात्री समावेश छन् ।

उत्तर प्रदेश सरकारको तथ्याङ्कअनुसार महाकुम्भ सुरु भएदेखि फेब्रुअरी ४ सम्म स्नान गर्नेहरूको कुल सङ्ख्या ३८ करोड २० लाख नाघेको छ । यसले यस कार्यक्रमको अतुलनीय आध्यात्मिक र सांस्कृतिक महत्त्वलाई दर्शाउँछ ।

यसअघि मङ्गलबार भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुकले महाकुम्भ–२०२५ का लागि प्रयागराजको भ्रमणका क्रममा विभिन्न महत्त्वपूर्ण आध्यात्मिक गतिविधिमा भाग लिएको थिए ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँगै दुई नेताले लेटे हनुमान मन्दिरमा पूजा गरे र डिजिटल महाकुम्भ अनुभव केन्द्रको भ्रमण गरे।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धादिङ बस दुर्घटना: छानबिन गर्न सहसचिवको नेतृत्वमा ५ सदस्यीय कार्यदल गठन

काठमाडौं । धादिङमा भएको बस दुर्घटनाको छानबिन गर्न गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ। गृह मन्त्रालयका प्रवक्ता (सह...

पुटिनले तेस्रो विश्वयुद्ध सुरु गरिसक्नुभयो : जेलेन्स्की

किएभ। रुसले युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेको चार वर्ष पुग्नै लाग्दा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तेस...

प्रधानमन्त्री पद खेलौना होइन, ख्यालख्यालमा घोषणा गरेर हुँदैन : ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले केही व्यक्तिले आफूलाई ख्यालख्यालैमा प्रधानमन्त्री घोषणा गरेको टिप्पणी गरेका छन्...

टिकटकर तुलसाविरुद्ध ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा, भ्रामक सूचना नफैलाई अनुसन्धानमा आउन प्रहरीको अनुरोध

काठमाडौं । ठगी, आपराधिक विश्वासघात तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा तानिएकी तुलसा अधिकारीलाई भ्रामक सूचना नफैलाउन प्रहरीले अनुरोध गरेको छ। ...

प्रत्येक बुथमा ३० जना भोलेन्टियर खटाउन ओलीको निर्देशन

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न निर्वाचनलाई लक्षित गर्दै प्रत्येक मतदान बुथमा कम्तीमा ३० जना स्वयंसेव...

हुम्लामा एक किशोरी मृत फेला

हुम्ला। हुम्लाको सिमकोट गाउँपालिका-७, डाडाँफायाँमा एक जना किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेको छन्। आइतबार राति ११ बजे १७ वर्षीया निशा सुनार झु...

बालेनको अभिव्यक्तिप्रति नेपाल निर्माण व्यवसायी महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन शाहले निर्माण व्यवसायीहरूप्रति लक्षित गर्दै दिएक...

दुर्घटनाग्रस्त बसभित्र च्यापिएका घाइतेको पाँच घण्टापछि जीवितै उद्धार

धादिङ। दुर्घटनाग्रस्त ग२ख १४२१ नम्बरको बसभित्र च्यापिएका कृष्णराज मानन्धरलाई पाँच घण्टापछि जीवितै उद्धार गरिएको छ । गएराति धादिङको बेनीघाट रोराङ गाउँप...

निवर्तमान एमालेकी सांसद सम्झना थपलिया रास्वपा प्रवेश

काठमाडौं। नेकपा एमालेकी निवर्तमान सांसद सम्झना थपलियाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेकी छिन्। सोमबार सिरहाको गोलबजारमा आयोजित क...

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ८५ जनालाई आयोगले सोध्यो स्पष्टीकरण, ५४ वटाको जवाफ

काठमाडौँ । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ८५ उजुरी प्राप्त भई सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएकामा ५४ व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE