Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

प्रेस सेन्टर गुल्मीको अध्यक्षमा पोखरेल

खबरडबली संवाददाता

गुल्मी । प्रेस सेन्टर, नेपाल जिल्ला समिति गुल्मीको अध्यक्षमा हुमाकान्त पोखरेल निर्वाचित भएका छन् । आइतबार र सोमबार गुल्मी जिल्ला सदरमुकाम तम्घासमा सम्पन्न सेन्टरको जिल्ला भेलाले पोखरेलको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमितिको गठन गरेको हो ।

समितिको उपाध्यक्षमा बासुदेब पोखरे र खुमानन्द फुल्देल, सचिवमा अमृता विश्वकर्मा, सहसचिवमा प्रीयंंका पन्थी र पुष्कर वली एवं कोषाध्यक्षमा मन्दिरा विश्वकर्मा लगायत अन्य सदस्यहरू निर्विरोध निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक कृष्ण पाण्डेले जानकारी दिए । अध्यक्ष पोखरेल यसअघि सचिव रहेका थिए ।

अधिवेशनले महेश बोहोराको संयोजकत्वमा तीन सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । जसको सदस्यमा पुष्कर खड्का र माधव ज्ञवाली रहेका छन् । कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि समेत रहेका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य वीर बहादुर कार्कीले जनपक्षीय पत्रकारिता गर्न आग्रह गरे । त्यसैगरी नवनिर्वाचित अध्यक्ष पोखरेलले संगठनलाई चुस्त दुरूस्त बनाउदैँ नागरिकका आवाज बुलन्द गर्न आफुहरू झनै सक्रिय हुने बताए ।

जनपक्षीय पत्रकारितामा कुनै दबावमा नपर्ने उनले प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव प्रेम सुनार, माओवादी केन्द्रका लुम्बिनी प्रदेश सचिवालय सदस्य बुद्धि जिसी, प्रदेश सदस्य भुपाल पोखरेल, देविराम अर्याल, गीता थापा, जिल्ला संयोजक तेजेन्द्र सलामी, सचिव अशोक थापा, प्रेस सेन्टर केन्द्रीय सदस्य भरत पाण्डे, माओवादी केन्द्र जिल्ला सदस्य भरत चन्द, रेसुङ्गा नगरकार्यपालिका सदस्य सीता विश्वकर्मा लगायतको आतिथ्यता रहेको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चर्च ब्वाइज काठमाडौँ विराट गोल्ड कपको सेमिफाइनलमा

मोरङ । ३८औँ संस्करणको विराट गोल्ड कप फुटबल–२०८२ प्रतियोगिताअन्तर्गत आज राति भएको खेलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।...

सुनले झपक्कै मन्त्रिपरिषद् : सरकार चल्ला कि सुनकै तौलमा ढल्ला ?

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् अहिले नीतिले भन्दा पनि सुनले बढी चम्किएको देखिन्छ। आज सार्वजनिक गरिएको सम्पत्ति विवरण हेर्दा लाग्छ—यो...

लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै जन्तेढुङ्गा

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस संरक्षण अभियान’ सञ्चालन गरेको छ । स्थानीय बास...

परराष्ट्रमन्त्री खनालको सम्पत्तिः २२ तोला सुन

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उक्त विवरण अनुसार मन्त्री खनालसँग विभिन्न कम्पनीमा लगानीदेखि सुनसम्म रहेको ...

तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

झापा। झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका ...

बालेनको खातामा १ करोड ४६ लाख, सम्पत्तिको स्रोत– ‘फेसबुक, युट्युब र टिकटक’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को खातामा १ करोड ४६ लाख रुपैयाँ रहेको पाइएको छ । आज सार्वजनिक भएको प्रधानमन्त्री बालेनको सम्पत्ति विवरण...

सुक्खा तरकारीका लागि पनि आयातकै भर

काठमाडौं। नेपालमा अधिकांश दैनिक उपभोग्य वस्तुका लागि आयातमै निर्भर हुनुपर्ने अवस्था त सुनेकै छौँ, तर सुकुटी अर्थात् सुक्खा तरकारीको अवस्था पनि त्यस्तै...

चीनद्वारा भारतीय भूभागको नाम परिवर्तन प्रयासप्रति भारतको कडा आपत्ति

काठमाडौं । चीनले भारतीय भूभागभित्र पर्ने स्थानहरूको नाम परिवर्तन गर्ने प्रयास गरेको भन्दै भारतले कडा आपत्ति जनाएको छ। भारतीय विदेश मन्त्रालयले सामाजिक...

भारतीय नम्बरप्लेटका सवारी प्रतिबन्धप्रति सर्लाहीमा सर्वदलीय विरोध, आन्दोलनको चेतावनी

सर्लाही । भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा लगाइएको प्रतिबन्धको निर्णयविरुद्ध सर्लाहीमा राजनीतिक दलहरूले एकजुट भएर विरोध जनाएका छन्। जिल्लामा ...

मकवानपुरमा ठूलो परिमाणमा मदिरा र कच्चा पदार्थ बरामद

हेटौँडा। मकवानपुर जिल्लामा अवैध रूपमा घरेलु मदिरा उत्पादन भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा मदिरा र कच्चा पदार्थ बरामद गरेको छ।...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending