Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

हेटौँडामा दैनिक तीन करोड लिटर बढी खानेपानी उत्पादन

खबरडबली संवाददाता

मनहरी । हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले दैनिक तीन करोड ७० लाख लिटर खानेपानी उत्पादन गरिरहेको छ । बोर्डले उपमहानगर क्षेत्रमा बसोबास गर्ने करिब एक लाख ६५ हजार नगरवासीलाई २८ हजार एक सय १२ धारामार्फत दैनिक नौ घण्टासम्म पानी वितरण गर्दै आइरहेको हो ।

बोर्डका अध्यक्ष प्रताप विष्टले हेटौँडाको मुख्य बजार क्षेत्रमा भने २४ सै घण्टा पानी आपूर्ति गर्न बोर्ड सफल भएको जानकारी दिए। उनका अनुसार हालसम्म १६ वटा खानेपानी उपभोक्ता समिति बोर्डमा हस्तान्तरण भइसकेका छन् । नगर क्षेत्रभित्रको वडा नं ११, १२ र १३ मा भने स्थानीय उपभोक्ता समितिबाट खानेपानी वितरण हुँदै आइरहेको उनले बताए। 

हेटौँडा उपमहानगरले नगरवासीलाई शुद्ध पानी उपलब्ध गराउने उद्देश्यले विसं २०७९ भदौदेखि न्यूनतम १० हजार लिटर पानी महसुल निःशुल्क गर्दै आएको छ । सोही कारणले १० हजार लिटरमात्र खानेपानी खपत गर्ने उपभोक्ता थप लाभान्वित भएका छन् । बोर्डले आफ्नै स्रोतबाट नगर क्षेत्रभित्र विभिन्न स्थानमा १५ वटा डिप ट्युबवेल निर्माण सम्पन्न गरेको जनाएको छ ।

मकवानपुरगढी गाउँपालिकामा तीन, भीमफेदी गाउँपालिकामा दुई र हेटौँडा–९ मा एक थान समवेल निर्माण निजी स्रोतमार्फत सम्पन्न भएको खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष विष्टले जानकारी दिए। उनका अनुसार विभिन्न १२ स्थानमा पम्प तथा पालेघर निर्माण सम्पन्न भएको छ ।

अध्यक्ष विष्टले बोर्डले करिब चार सय किलोमिटर प्रमुख तथा शाखा पाइपलाइन विस्तार सम्पन्न गरेको छ । सङ्घीय सरकारको खानेपानी तथा ढल व्यवस्थापन आयोजना, हेटौँडा उपमहानगरपालिका र बोर्डको सहलगानीमा करिब रु १५ करोडमा ‘ओभरहेड’ पानीट्याङ्की एक, भूमिगत पानीट्याङ्की तीन, ‘डिपबोरिङ’ चार, प्रमुख तथा शाखा पाइपलाइन विस्तार र विद्युतीकरणको कार्य सम्पन्न गरिएको अध्यक्ष विष्टले बताए। 

सङ्घीय सरकारको करिब रु आठ करोडको लगानीमा हेटौँडा–१९ बस्तीपुरमा डिपबोरिङ, ओभरहेड पानीट्याङ्की, कार्यालय भवन तथा पालेघर निर्माण, प्रमुख तथा शाखा पाइपलाइन विस्तार र विद्युतीकरणसम्बन्धी अधुरा रहेका योजना सम्पन्न गर्न बोर्डबाट रु तीन करोड लगानी गरी निर्माण सम्पन्नपश्चात् सेवा सञ्चालन भइरहेको छ ।  

बागमती प्रदेश सरकारसँगको सहलगानीमा हेटौँडा–१९ बस्तीपुरमा समवेल निर्माण, हेटौँडा–१६ मा डिपट्युबवेल, त्रिशूलेमा पाँच लाख लिटर क्षमताको भूमिगत पानीट्याङ्की र करिब २० किमी प्रमुख तथा शाखा पाइपलाइन विस्तार सम्पन्न गरिएको बोर्डले जनाएको छ । हालसम्म बोर्डमा हेटौँडा–३, ६, ७, १४, १५, १६, १७, १८ र १९ मा सञ्चालित १६ वटा खानेपानी उपभोक्ता समितिबाट खानेपानीको पूर्वाधारसहित नौ हजार पाँच सय धारा हस्तान्तरण भएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ग्यास सङ्कटले भारतका रेस्टुरेन्ट जोखिममा

मुम्बई। मध्यपूर्वमा जारी युद्धका कारण इन्धन आपूर्तिमा अवरोध आएपछि भारत सरकारले प्राकृतिक ग्यास र खाना पकाउने ग्यासको वितरण कडा बनाएको छ । सरकारी आदेशप...

निर्वाचनको परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गरिने

काठमाडौँ। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी...

पार्टीको लाइन विपरीत दायाँबायाँ कुरा नगर्न रास्वपाका नेताहरुलाई राजु पाण्डेको आग्रह

काठमाडौं । काठमाडौं–३ बाट नवनिर्वाचित सांसद राजुनाथ पाण्डे ले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नै आगामी प्रधानम...

भोलि भारत जादै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भोलि (बुधबार) भारत जाने तयारीमा छन्। उनी नयाँदिल्लीमा हुने ‘एनएक्सटी २०२६’ ग्लोबल समिटमा गेस्ट अफ अनरको ...

गृहमन्त्री अर्याल र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङल बीच शिष्टाचार भेट

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेको छन्। गृह मन्त्रालयमा मंगलबार भएको भेटमा...

ग्यास अभाव र मूल्यवृद्धि: संकटको समयमा उपभोक्ता ठग्ने विक्रेतालाई कारवाही गर्न माग

काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने वा सरकारले तोकेको मूल्यभन्दा बढी बिक्री गर्ने जोकोहीलाई...

रूपन्देहीमा ६ लाख रुपियाँभन्दा बढी मूल्यका अवैध सामान बरामद

सिद्धार्थनगर। रूपन्देहीका विभिन्न स्थानबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका ६ लाख रुपियाँभन्दा बढी मूल्यका सामान प्रहरीले बरामद गरेको छ । जिल्ला ...

पार्टीलाई विजयी गराउन नसकेको भन्दै रास्वपा रुकुम पश्चिमका सभापति शाहीले दिए राजीनामा

रुकुम पश्चिम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुम पश्चिमका सभापति मानबहादुर शाहीले पदबाट राजीनामा दिएको छन् । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा...

अर्थमन्त्री रामेश्वर खनालले कूटनीतिक राहदानी फिर्ता गरे

काठमाडौं। नेपालका अर्थमन्त्री रामेश्वर खनालले पदको हैसियतमा प्राप्त कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गर्ने प्रक्रिया सुरु गरेका छन्। मंगलबार...

बाँकेमा ४७ उम्मेदवारको जमानत जफत

नेपालगन्ज। प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका ५६ उम्मेदवारमध्ये ४७ जनाको जमानत जफत भएको छ । प्रतिनि...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE