मनहरी । हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले दैनिक तीन करोड ७० लाख लिटर खानेपानी उत्पादन गरिरहेको छ । बोर्डले उपमहानगर क्षेत्रमा बसोबास गर्ने करिब एक लाख ६५ हजार नगरवासीलाई २८ हजार एक सय १२ धारामार्फत दैनिक नौ घण्टासम्म पानी वितरण गर्दै आइरहेको हो ।
बोर्डका अध्यक्ष प्रताप विष्टले हेटौँडाको मुख्य बजार क्षेत्रमा भने २४ सै घण्टा पानी आपूर्ति गर्न बोर्ड सफल भएको जानकारी दिए। उनका अनुसार हालसम्म १६ वटा खानेपानी उपभोक्ता समिति बोर्डमा हस्तान्तरण भइसकेका छन् । नगर क्षेत्रभित्रको वडा नं ११, १२ र १३ मा भने स्थानीय उपभोक्ता समितिबाट खानेपानी वितरण हुँदै आइरहेको उनले बताए।
हेटौँडा उपमहानगरले नगरवासीलाई शुद्ध पानी उपलब्ध गराउने उद्देश्यले विसं २०७९ भदौदेखि न्यूनतम १० हजार लिटर पानी महसुल निःशुल्क गर्दै आएको छ । सोही कारणले १० हजार लिटरमात्र खानेपानी खपत गर्ने उपभोक्ता थप लाभान्वित भएका छन् । बोर्डले आफ्नै स्रोतबाट नगर क्षेत्रभित्र विभिन्न स्थानमा १५ वटा डिप ट्युबवेल निर्माण सम्पन्न गरेको जनाएको छ ।
मकवानपुरगढी गाउँपालिकामा तीन, भीमफेदी गाउँपालिकामा दुई र हेटौँडा–९ मा एक थान समवेल निर्माण निजी स्रोतमार्फत सम्पन्न भएको खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष विष्टले जानकारी दिए। उनका अनुसार विभिन्न १२ स्थानमा पम्प तथा पालेघर निर्माण सम्पन्न भएको छ ।
अध्यक्ष विष्टले बोर्डले करिब चार सय किलोमिटर प्रमुख तथा शाखा पाइपलाइन विस्तार सम्पन्न गरेको छ । सङ्घीय सरकारको खानेपानी तथा ढल व्यवस्थापन आयोजना, हेटौँडा उपमहानगरपालिका र बोर्डको सहलगानीमा करिब रु १५ करोडमा ‘ओभरहेड’ पानीट्याङ्की एक, भूमिगत पानीट्याङ्की तीन, ‘डिपबोरिङ’ चार, प्रमुख तथा शाखा पाइपलाइन विस्तार र विद्युतीकरणको कार्य सम्पन्न गरिएको अध्यक्ष विष्टले बताए।
सङ्घीय सरकारको करिब रु आठ करोडको लगानीमा हेटौँडा–१९ बस्तीपुरमा डिपबोरिङ, ओभरहेड पानीट्याङ्की, कार्यालय भवन तथा पालेघर निर्माण, प्रमुख तथा शाखा पाइपलाइन विस्तार र विद्युतीकरणसम्बन्धी अधुरा रहेका योजना सम्पन्न गर्न बोर्डबाट रु तीन करोड लगानी गरी निर्माण सम्पन्नपश्चात् सेवा सञ्चालन भइरहेको छ ।
बागमती प्रदेश सरकारसँगको सहलगानीमा हेटौँडा–१९ बस्तीपुरमा समवेल निर्माण, हेटौँडा–१६ मा डिपट्युबवेल, त्रिशूलेमा पाँच लाख लिटर क्षमताको भूमिगत पानीट्याङ्की र करिब २० किमी प्रमुख तथा शाखा पाइपलाइन विस्तार सम्पन्न गरिएको बोर्डले जनाएको छ । हालसम्म बोर्डमा हेटौँडा–३, ६, ७, १४, १५, १६, १७, १८ र १९ मा सञ्चालित १६ वटा खानेपानी उपभोक्ता समितिबाट खानेपानीको पूर्वाधारसहित नौ हजार पाँच सय धारा हस्तान्तरण भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १६:५४
काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...
पौष २ गते, २०८२ - १६:४२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्। संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...
पौष २ गते, २०८२ - १६:२७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...
पौष २ गते, २०८२ - १६:०६
झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ । ...
पौष २ गते, २०८२ - १५:४४
काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...
पौष २ गते, २०८२ - १५:३५
ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...
पौष २ गते, २०८२ - १५:२०
जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...
पौष २ गते, २०८२ - १५:१३
कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...
पौष २ गते, २०८२ - १४:५९
काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...
पौष २ गते, २०८२ - १४:५१
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...




प्रतिकृया लेख्नुहोस्: