Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

विकासलाई राजनीतिभन्दा माथि राखेर हेर्न आवश्यकः अध्यक्ष ढकाल

खबरडबली संवाददाता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकासलाई राजनीति र धर्मभन्दा माथि राखेर हेर्न आवश्यक रहेको बताएको छन ।

बिहीबार काठमाडौंमा सुरु भएको सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ को ३० औं संस्करणको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएको हो ।

उनले विकासलाई राजनीति र धर्मभन्दा माथी राखेर हेर्न नेपालका सम्पूर्ण राजनीति दल तथा सर्वसाधारणमा आग्रह गरे । उनले नेपालमा केही गर्छु भनेर काम गर्न खोज्दा विभिन्न नाममा विरोध हुनु दुःखद् भएको बताए । उनले पाथीभरा केबलकार प्रकरणमा भइरहेका विरोधहरु विकासका लागिभन्दा पनि पपुलिजमका लागि गर्न खोजिएको बताए ।

अध्यक्ष ढकालले अहिले सामाजिक सञ्जाललाई दुरुपयोग गरेर आम नागरिकलाई मेनुपुलेट गरेर सूचना फैलाउने काम भएको जिकिर गरे।  उनले बेरोजगार भएर वैदेशिक रोजगारबाट नेपालमा नै अवसर खोजेर काम गर्ने र लाखौं नेपालीहरु वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई कम गर्ने हिसावले नेपालमा ३५ वर्षदेखि सक्रिय भएर काम गरिरहेको जानकारी दिए।

पछिल्लो समय पाथीभरा केवलकारको विषयलाई लिएर सामाजिक सञ्जालमा चन्द्रप्रसाद ढकाल नेपालको दलाल वा नेपालमा राख्न नहुने मान्छेको रुपमा प्रचार गरिनु खेदजनक रहेको बताए। उनले नेपाल रोजगारी दिने, अवसर खोज्ने, वैदेशिक रोजगारीमा जान रोक्ने विषयलाई प्राथमिकता दिन नसके भविष्यमा पछुताउन पर्ने अवस्था आउने उल्लेख गरे ।

अध्यक्ष ढकालले नेपालले सूचना प्रविधि क्षेत्रको विकासका राज्यले नेपालको सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबिच सहकार्य आवश्यक रहेको बताए। उनले सरकार र निजी क्षेत्रको सहकार्यले मात्र आइटी हबको लक्ष्य हासिल गर्न सकिने जानकारी दिए ।

आइटी क्षेत्र विश्वव्यापी बजार भएको, खबौं रुपियाँ बराबरको सेवा निर्यात गर्नसक्ने र लाखौं मानिसलाई रोजगारी दिनसक्ने क्षेत्र भएको उल्लेख गर्नुहुँदै अध्यक्ष ढकालले यस क्षेत्रको थप विकासका लागि आवश्यक नीतिगत र संरचनागत सुधारको लागि काम गर्न काम गर्न सरकारसँग आग्रह गरे।

नेपाल सरकारले नेपाली सूचना प्रविधि (आइटी)क्षेत्रको विकासका लागि पछिल्ला कानुनहरुमा गरेको संशोधनले यो क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान दिने बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा ५० प्रतिशत मतदान

नेपालगन्ज। प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि बाँके जिल्लामा शान्तिपूर्ण मतदान भइरहेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जले दिएको जानक...

दिउँसो ३ बजेसम्म देशभर ७६ लाख मत खस्यो

काठमाडौं । बिहीबार दिउँसो ३ बजेसम्म देशभर करिब ७६ लाख मत खसेको छ। देशभरका १६५ निर्वाचन क्षेत्रमा उक्त संख्यामा मत खसेको निर्वाचन आयोगले जनाएको छ। ब...

झापा ५ मा दिउँसो साढे ३ बजेसम्म ५५ प्रतिशत मत खस्यो

काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा दिउँसो साढे ३ बजेसम्म ५५ प्रतिशत मतदान भएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहानदेखि नै मतदाताको उ...

मकवानपुरमा ४० प्रतिशत मतदान

मकवानपुर। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुर जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको छ । बिहीबार बिहान ७ बजेदेखि स...

उपत्यकामा ४७ प्रतिशत मत खस्यो, देशभर ३३ प्रतिशत

काठमाडौँ। निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दिउँसो २ बजेसम्म देशभर ३३ प्रतिशत मत खसेको छ ।  आयोगका अनुसार उपत्यकामा दिउँसो ...

दोलखाको मालु मतदानस्थलमा कर्मचारीबाट मतपत्रको ठेली खोसेर लगेपछि...

दोलखा । दोलखाको तामाकोशी गाउँपालिका मालु मतदानस्थलबाट ५५ वटा मतपत्र हराएपछि मतदान स्थगित भएको छ । केही व्यक्तिले कर्मचारीबाट मतपत्रको ठेली खोसेर लगेका...

हुम्लाको कालाशिल्तामा एक घण्टादेखि स्थगित मतदान पुन: सुरु

हुम्ला। एक घण्टादेखि स्थगित भएको सिमकोट गाउँपालिका–१ को कालाशिल्ता मतदान केन्द्रको मतदान कार्य सुरु भएको छ। मतदान स्थलमा बसेको सर्वदलीय बैठकमा सहमति भ...

दोलखाको वेदिङमा अहिलेसम्म एक जना पनि मतदाता मतदानमा सहभागी भएनन्

काभ्रेपलाञ्चोक । दोलखाको गौरीशंकर गाउँपालिका–९ वेदिङका कुनै पनि मतदाता हालसम्म मतदान प्रक्रियामा सहभागी भएका छैनन्। वेदिङ आधारभूत विद्यालय रोल्वालि...

दिउँसो २ बजेसम्म देशभर ६२ लाखभन्दा बढी मत खस्यो

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत बिहीबार दिउँसो २ बजेसम्म देशभर ६२ लाखभन्दा बढी मत खसेको छ। निर्वाचन आयोगका अनुसार देशभरका १६५ निर्वाचन क...

झापा उडेका बालेन शाह आधा बाटोबाटै किन काठमाडौं फर्किए ? यस्तो छ कारण

काठमाडौं । काठमाडौंमा मतदान गरेर आफ्नो निर्वाचन क्षेत्र झापा–५ जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आध...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE