Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८१ शुक्रबार | 28th March, 2025 Fri
Investment bank

गाजालाई प्यालेस्टिनी जनतामुक्त बनाउने ट्रम्पको प्रस्तावप्रति माओवादीको आपत्ति

खबरडबली संवाददाता

काठमाडौं । गाजाबाट प्यालेस्टाइनी जनतालाइ अन्यत्र सार्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा प्रति नेकपा माओवादीले असहमति प्रकट गरेको छ ।

नेकपा माओवादीका नेता तथा पुर्व परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले ट्रम्पको सो घोषणा अन्तराष्ट्रिय मान्यता बिपरित भएको पनि बताएका छन् ।

‘प्यालेस्टाइन अन्तर्गतको गाजा क्षेत्रलाई अमेरिकाले कब्जामा लिने र त्यहाँ रहेका प्यालेस्टिनी जनतालाई विश्वको अन्य स्थानमा बसोबासको लागि पठाउने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा प्रति  हाम्रो पार्टी ने क पा ९माओवादी केन्द्र० कडा आपत्ति प्रकट गर्दै घोर भर्त्सना गर्दछ,’ उनले भनेका छन, ‘यो नाङ्गो साम्राज्यवादी तथा बिस्तारबादी नीति संयुक्त राष्ट्र संघको घोषणा पत्र , सबै मुलुकहरूको सार्वभौमिक समानताको नीति , स रा सं को मान्यता, मर्म एवं भावना र प्यालेस्टाइन मामिलामा स रा सं ले पारित गरेका प्रस्तावहरूको विरुद्धमा छ ।’

उनले अगाडी भने, ‘अन्तराष्ट्रिय कानुन र मानव सभ्यताको धज्जी उडाउने ट्रम्पको यो कथित प्रस्तावको विश्वका सबै मुलुकहरू र जनताले सम्पूर्ण एकता एवं दृढताका साथ अस्वीकार गर्नु आजको आवश्यकता हो । त्यस क्षेत्रमा कायम रहेको अहिलेको युद्ध विरामलाई निरन्तरता दिई अन्ततः संयुक्त राष्ट्रसंघ द्वारा पारित दुई सार्बभौम राज्यको  नीतिलाई व्यवहारमा लागू गरेर सार्बभौमसत्तासम्पन्न प्यालेस्टाइनको स्थापनाद्वारा मात्र त्यहाँ विद्यमान समस्या तथा द्वन्द्वको समाधान हुन सक्दछ।’

सरकारले तत्काल स्वतन्त्र एवं असंलग्न परराष्ट्र नीति अनुरुप यस विषयमा आफ्नो दृष्टिकोण ,नीति र धारणा सार्वजनिक गर्न पनि उनले माग गरेका छन् ।
 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संविधानसभाबाट बनेको संविधानको विकल्प छैन : उपप्रधानमन्त्री सिंह

बनेपा । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले संविधानसभाबाट बनेको अहिलेको संविधानको विकल्प नभएको बताएको छन । बनेपा नगरपालिकाको ४४औं  स्थाप...

राजवादी आन्दोलनको कमाण्डर दुर्गा प्रसाई, राप्रपा महामन्त्रीको नेतृत्व जनपरिचालन समिति

काठमाडौं। राजावादी आन्दोलनको कमाण्डर अन्ततः दुर्गा प्रसाई भएका छन् नवराज सुबेदीको नेतृत्वमा बनेको संयुक्त जनआन्दोलन समितिले व्यवसायी दुर्गा प्रसाईं...

वडासचिव र सेवाग्राहीविरुद्ध दोहोरो जन्मदर्ता बनाएको आरोपमा भ्रष्टाचार मुद्दा

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका वडा नं. २७ का तत्कालीन वडा सचिव प्रभात लामिछानेसहित दुई जनाविरुद्ध सेवाग्राहीसँग दुई लाख ५० हजार रुपियाँ घुस लि...

कुलमानको विषयलाई लिएर संसद अवरोध गर्नु गलतः महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई हटाउँदा संसद अवरोध गर्नु गलत भए...

सूचना टाँसेर स्थगित भयो संसद् बैठक

काठमाडौं। प्रतिनिधिसभा बैठक भोली बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ  । आज बिहान ११ः०० बजेका लागि तय गरिएको बैठक अझै सुचारू हुन नसके पछि सहमतिका ...

शुक्रबार हुने प्रदर्शनमा सुरक्षाको कमी हुन नदिन मानव अधिकार आयोगको निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबार हुने प्रदर्शनमा कुनै सुरक्षाको कमी हुन नदिन उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र प्रहरी प्रमुखला...

कुलमान प्रकरण : प्रधानमन्त्री ओलीको अडानका कारण संसद् बैठक प्रभावित

काठमाडौँ । कुलमान प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको अडानका कारण संसद् बैठक प्रभावित बनेको छ  । प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद् चल्न नदिने वि...

सुख्खा पहिरोपछि विद्युत सेवा अवरुद्ध

रुकुमपश्चिम । रुकुमपश्चिममा निर्माणाधीन नुवाकोटडाँडा–बैरागीठाँटी सडक विस्तारको क्रममा सुख्खा पहिरो खसेपछि विद्युत सेवा अवरुद्ध भएको छ ।  बुधबार बेल...

विदेशी सवारी साधनमा २५ प्रतिशत थप कर लगाउने ट्रम्पको घोषणा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अटो आयात र पार्टपूर्जामा चर्को कर लगाउने घोषणा गरेको छन । अमेरिकाका व्यापारिक साझेदारहरूले ट्रम्पको पछि...

धनुषामा बर्सेनि बढ्दै चैते धानको उत्पादन

ढल्केबर । धनुषामा चैते धानको उत्पादन क्षेत्र बर्सेनि बढ्दै गएको छ । चैते धान उत्पादनप्रति किसानको रुचि बढेपछि जिल्लामा चैते धानको उत्पादन क्षेत्रफल बढ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy