काठमाडौं । गाजाबाट प्यालेस्टाइनी जनतालाइ अन्यत्र सार्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा प्रति नेकपा माओवादीले असहमति प्रकट गरेको छ ।
नेकपा माओवादीका नेता तथा पुर्व परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले ट्रम्पको सो घोषणा अन्तराष्ट्रिय मान्यता बिपरित भएको पनि बताएका छन् ।
‘प्यालेस्टाइन अन्तर्गतको गाजा क्षेत्रलाई अमेरिकाले कब्जामा लिने र त्यहाँ रहेका प्यालेस्टिनी जनतालाई विश्वको अन्य स्थानमा बसोबासको लागि पठाउने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा प्रति हाम्रो पार्टी ने क पा ९माओवादी केन्द्र० कडा आपत्ति प्रकट गर्दै घोर भर्त्सना गर्दछ,’ उनले भनेका छन, ‘यो नाङ्गो साम्राज्यवादी तथा बिस्तारबादी नीति संयुक्त राष्ट्र संघको घोषणा पत्र , सबै मुलुकहरूको सार्वभौमिक समानताको नीति , स रा सं को मान्यता, मर्म एवं भावना र प्यालेस्टाइन मामिलामा स रा सं ले पारित गरेका प्रस्तावहरूको विरुद्धमा छ ।’
उनले अगाडी भने, ‘अन्तराष्ट्रिय कानुन र मानव सभ्यताको धज्जी उडाउने ट्रम्पको यो कथित प्रस्तावको विश्वका सबै मुलुकहरू र जनताले सम्पूर्ण एकता एवं दृढताका साथ अस्वीकार गर्नु आजको आवश्यकता हो । त्यस क्षेत्रमा कायम रहेको अहिलेको युद्ध विरामलाई निरन्तरता दिई अन्ततः संयुक्त राष्ट्रसंघ द्वारा पारित दुई सार्बभौम राज्यको नीतिलाई व्यवहारमा लागू गरेर सार्बभौमसत्तासम्पन्न प्यालेस्टाइनको स्थापनाद्वारा मात्र त्यहाँ विद्यमान समस्या तथा द्वन्द्वको समाधान हुन सक्दछ।’
सरकारले तत्काल स्वतन्त्र एवं असंलग्न परराष्ट्र नीति अनुरुप यस विषयमा आफ्नो दृष्टिकोण ,नीति र धारणा सार्वजनिक गर्न पनि उनले माग गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २६ गते, २०८२ - १२:०६
तनहुँ। प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँका दुवै निर्वाचन क्षेत्रमा गरी पूर्वमन्त्रीसहित २३ जना उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन कानुनअनुसार क...
फाल्गुन २६ गते, २०८२ - ११:३३
खजुरा। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि लुम्बिनी प्रदेशसभा सदस्य रहेका विभिन्न दलका चारजना प्रदेशसभा सदस्यले राजीनामा दिएर चु...
फाल्गुन २६ गते, २०८२ - ११:१५
तनहुँ । तनहुँका दुवै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ मात्र नभई समानुपातिक निर्वाचन प्रणालीतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (र...
फाल्गुन २६ गते, २०८२ - ११:०६
लमजुङ। एउटा मात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा फागुन २१ गतेको प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका १२ जनामध्ये नौ जना उम्मेदवारको जमानत (धरौट...
फाल्गुन २६ गते, २०८२ - १०:५२
नेपालगन्ज। प्रतिनिधिसभा सदस्यको निर्वाचन हुनु अघि बाँके जिल्लाका आठवटै पालिकामा मतदाता शिक्षा प्रदान गरिएपनि बदर मतको सङ्ख्या धेरै देखिएको छ । जिल्...
फाल्गुन २६ गते, २०८२ - १०:३९
बाजुरा। बाजुरामा समानुपातिकको मतगणना सम्पन्न भएको छ । जसमा नेपाली कांग्रेसको १६ हजार ७४६, नेकपा एमाको १५ हजार ८९७, रास्वपाको छ हजार ८२० नेपाली कम्युन...
फाल्गुन २६ गते, २०८२ - १०:२७
तानसेन। पाल्पामा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो बनेको छ । रास्वपाले पाल्पाको दुई निर्वाचन क्षेत्रबाट ५० हजार ४५२ मत ल्याएको...
फाल्गुन २६ गते, २०८२ - १०:१०
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रक...
फाल्गुन २५ गते, २०८२ - १७:४४
काठमाडौँ । अन्तर्राष्ट्रिय वायु प्रदूषण मापन संस्था ‘आईक्यू एयर’का अनुसार काठमाडौँ विश्वकै सबैभन्दा बढी वायु प्रदूषण हुने सहरको सूचीमा पहिलो स्थानमा प...
फाल्गुन २५ गते, २०८२ - १७:२३
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ तीन लाख मत पार गर्दै आवश्यक थ्रेसहोल्ड पार गरेको छ। २१ फ...



प्रतिकृया लेख्नुहोस्: