Khabar Dabali २७ जेष्ठ २०८३ बुधबार | 10th June, 2026 Wed
Investment bank

१० लाख कविको कविता सङ्ग्रह ‘ग्रन्थ’ निस्कदै, सय देशबाट संकलन गरिने

खबरडबली संवाददाता

काठमाडौं । मातृभूमि प्रति हुटहुटी जागेका साहित्यकार कवीन्द्र सिटौलाले १० लाख कविहरुको कविता संकलन गरेर विश्वकै विशाल कविता ग्रन्थ ‘ग्रन्थ’ प्रकाशित गर्ने भएका छन् ।

विगत ३३ वर्षदेखि अमेरिकामा रहेर कर्म गरिरहेका सिटौलाले नेपालबाट सात लाख तथा अन्य सय देशबाट तीनदेखि चार लाख कविता संकलन गरेर अहिलेसम्मकै ठूलो कविताग्रन्थ ‘ग्रन्थ’ प्रकाशित गर्ने भएका हुन् । उनले राजधानीमा सञ्चारकर्मी र साहित्कारहरुलाई भेला गरी आफ्नो पञ्चवर्षीय योजना सुनाएका हुन् ।

उनले कविता संकलन गर्ने क्रम धमाधम बढिरहेकोसमेत बताएका छन् । विश्वभर हत्या, हिंसा, बलात्कार, लुटपाट लगायतका अमर्यादित क्रियाकलाप बढेको भन्दै शान्तिका लागि प्रेम नै आवश्यक रहेको सन्देश छर्न पनि यो कविताग्रन्थ जरुरी भएको बताए ।

‘मेरो देश प्रेमको देश’ भन्ने सन्देशसहित उनले यो कविताग्रन्थका लागि विश्वयात्रा गर्न लागेको बताए । उनले संसारभरका १० लाख जनाबाट प्रति लेखक एकमात्र कविता लिएर १० लाख कविता आफ्नै हातले लेखेको सङ्कलन गरिने बताए ।

उनले भने, ‘ दश लाख कविताको शीर्षक एकै हुनेछ— प्रेम के हो ? प्रेम कहाँ हुन्छ, कसरी हुन्छ ? कविहरूले प्रेम के हो ?भन्ने शीर्षकमा चार लहर र प्रेम कहाँ हुन्छ , कसरी हुन्छ ? भन्ने शीर्षकमा चार लहर कविता लेख्नेछन् ।’

उनले सबै कविला एकै किसिमको र एउटै आकारको नेपाली कागजमा सम्बन्धित कविको आफ्नै हस्ताक्षरमा लेखाइनेसमेत बताए ।

उनले भने,  ‘लेखक परिचयसहित कविता लेख्न मिल्ने गरी कविता फाराम तयार गरिएको छ, जहाँ कविहरूले उनीहरूको देब्रे हातको साहिँली औंलाको प्रेमछाप लगाउन सक्ने कोठा राखिएको छ । देब्रे हातको साहिँली औँलाको नसाको प्रत्यक्ष सम्बन्ध मुटुसँग रहेको र यो औंला प्रेमको केन्द्र हृदय अर्थात् मुटु क्षेत्रसँग गाँसिएकाले प्रेम छाप समेतको अनुरोध गरिएको हो । संसारका विभिन्न देशमा जन्मेका कविको हस्ताक्षर र उनीहरूको औंलाको  ‘प्रेम छाप’ हेर्नका लागि भविष्यका कैयन् पुस्ताले नेपालको भ्रमण गर्नेछन् र संसारकै एक विशाल कविताग्रन्थ हेर्न नेपाल भ्रमण गर्ने पर्यटक र विशेष गरी ग्रन्थमा समेटिएका कविका परिवारजन, शाखासन्तान, तिनका साथी सम्बन्धित सबैमा नेपालप्रतिको अभिरुचि जागृत हुनेछ भन्ने मैले परिकल्पना गरेको छु ।’

उनले यो कविताग्रन्थ दुई भाषा — नेपाली र अङ्ग्रेजीमा हुने बताए । सिटौलाले भने, ‘अङ्ग्रेजी भाषामा हुनुको अभिप्राय संसारलाई प्रेमको अभिव्यक्तिमा एकै स्थलमा समेट्नु हो । अनि बढीभन्दा बढी क्षेत्रका व्यक्तिलाई प्रेमबारे उनीहरुको अभिव्यक्ति प्रस्तुत गर्ने अवसर दिनु हो । यसबाटै नेपाललाई प्रेमको भूमिका रूपमा चिन्ने विश्वसमुदायको सङ्ख्यामा वृृद्धि हुनेछ भन्ने हो ।’

उनले नेपालबाट वर्तमान र पूर्व राष्ट्र«पतिहरू, वर्तमान र पूर्व प्रधानमन्त्रीहरू, मन्त्रीहरू, विभिन्न राजनीतिककर्मीहरू, वयोवृद्ध, समकालीन र युवा पुस्ताका साहित्यकारहरू, प्राध्यापकहरू, शिक्षकहरू विद्यार्थीहरू, धार्मिक तथा आध्यात्मिक गुरुहरू, रिम्पोचेहरू, माताहरू, आनीहरू, आध्यात्मिक सद्गुरुहरू, अम्बे, सन्त, महन्त, साधकहरू, खेलाडीहरू, संस्कृतिकर्मीहरू, नेपाली सेना र प्रहरीहरू, कर्मचारीहरू, चलचित्रकर्मीहरू, कलाकारहरू, जेल जीवनमा रहेका व्यक्तिहरू सबैलाई समेट्ने बताए । 

त्यस्तै नेपाल बाहिरबाट संयुक्तराष्ट्र« संघका वर्तमान र पूर्व महासचिवहरू, प्रतिनिधिहरू, संयुक्त राज्य अमेरिकाका वर्तमान र पूर्व राष्ट्र«पतिहरू, बेलायत, क्यानाडा, अमेरिका, दक्षिण अमेरिका, क्याराबियन क्षेत्र, अफ्रिका, अष्ट्रेलिया, एसिया, युरोप गरी ६ महादेश र यिनका बीच बीचका विभिन्न क्षेत्र र देशका लेखक, कवि कलाकारहरू यथाशक्य सबै वा प्रनितिधित्व हुने गरी १०० भन्दा बढी मुलुकका राष्ट्रप्रमुख , सरकार प्रमुख, र पूर्व राष्ट्र«प्रमुख र सरकार प्रमुखहरू सबै रहने बताए । 

कविताहरू नेपाली भाषामा कम्तीमा ६ लाखदेखि ७ लाखको सङ्ख्यामा हुनेछन् भने अङ्ग्रेजीमा ३ देखि ४ लाख हुनेछन् ।

उनले भने, ‘यो अभियान नेपाल र नेपालीलाई पुस्तौँपुस्तासम्म चिनाउने एक गौरवमय आयोजनाका रूपमा संस्थागत गर्दै विकास गरिनेछ । सम्भव भएसम्म ७० प्रतिशत जति लेखक कहाँ आफैँ पुगेर कविता लेखाउनेछु वा सङ्कलन गर्नेछु । यसो गर्दा मैले हरेक व्यक्तिसित नेपालबारेका केही तथ्य बताउन र नेपाल भ्रमण प्रति उनीहरूलाई आकर्षित गर्न सफल हुनेछु भन्ने आशा गरेको छु ।’

साहित्यकार सिटौलाले यसरी तयार भएको ग्रन्थ विश्वका सबैजसो ठूला पुस्तकालयमा राखिने बताए । 

पत्रकार सम्मेलनमा उनले आफूलाई परिकल्पनाकार एवं मुख्य अभियन्ता भनेका छन् भने यसका योजना निर्देशक अमेरिकामा रहेका शिव लामिछाने र सल्लाहकार अमेरिकामा रहेका लोकगायक प्रेमराजा महत रहेको बताए । 

त्यस्तै नेपालमा रहेका ऋषभदेव घिमिरे सम्पर्क सचिव र लक्ष्मण भट्टराई प्राविधिक संयोजक रहेकोसमेत बताए । 

सिटौलाले ३३ वर्ष आफू अमेरिकामा रहे पनि अब भने नेपालमै फर्केर नेपाललाई विश्वभर चिनाउने काम गर्नेसमेत प्रतिबद्धता व्यक्त गरेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बोल्ने समय नपाएको भन्दै श्रम संस्कृति पार्टीद्वारा संसद्को वेल घेराउ

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधिसभामा बोल्ने समय नपाएको भन्दै संसद्को वेल घेराउ गरेका छन्। सभामुख डोलप्रसाद अर्यालले आफ्नो दललाई...

बोल्न नपाएको भन्दै श्रम संस्कृति पार्टीको आपत्ति

काठमाडौं । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले बोल्न नपाएको भन्दै सभामुखको कार्यशैलीप्रति प्रश्न उठाएका छन्। उनीहरूले आफ्नो दललाई बो...

प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म संसद् चल्न सक्दैन: एमाले

काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभामा देखिएको अवरोधको मुख्य कारण प्रधानमन्त्रीको अभिव्यक्ति भएको बताएका छन्...

राष्ट्रियताका सवालमा नेपालीहरू अहिलेसम्म कहिल्यै विभाजित भएका थिएनन्: नेकपा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेश हमालले नेपालको सीमा, राष्ट्रियता र सार्वभौमिकताजस्ता संवेदनशील विषयमा संसद विभाजित भएर छलफल गर्नुपर...

केयरगिभरको अंग्रेजी भाषा परीक्षा भोलिदेखि सञ्चालन हुने

काठमाडौं । विवादका कारण स्थगित गरिएको केयरगिभरको अंग्रेजी भाषा परीक्षा भोलि (बिहीबार)देखि पुन: सञ्चालन हुने भएको छ। परीक्षा सञ्चालन गर्ने संस्था सीआईए...

सांसद आङ्देम्बेको अभिव्यक्तिप्रति रास्वपाको आपत्ति, रेकर्डबाट हटाउन माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अभिव्यक्तिप्रति प्रतिनिधिसभामा आपत्ति जनाएको छ...

प्रधानमन्त्री संसदमा आउनुस् वा नआउनुस्, अब हामीलाई सरोकार भएन: कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभामा प्रधानमन्त्रीको उपस्थितिलाई लिएर अब आफूहरूको विशेष चासो नरहेको जनाएको छ। कांग्रेस संसदीय दलका नेता भीष्मरा...

रवीलाई कांग्रेसको प्रश्न: दिल्लीमा हुँदा सीमाको ‘स’ र कालापानीको ‘क’ उच्चारण नगरी किन फर्किनुभयो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको भ...

प्रधानमन्त्रीको विवादित अभिव्यक्ति दशगजा अतिक्रमणसँग सम्बन्धित भएको परराष्ट्रमन्त्रीको स्पष्टीकरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिबारे संसदमा स्पष्टीकरण दिएका छन्। उनले प्रधानमन्त्रीको भनाइ न...

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेस: कहिले छापामार शैलीमा आएर फेरि केही बोल्नुहोला

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको हालैको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको ज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending