Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

१० लाख कविको कविता सङ्ग्रह ‘ग्रन्थ’ निस्कदै, सय देशबाट संकलन गरिने

खबरडबली संवाददाता

काठमाडौं । मातृभूमि प्रति हुटहुटी जागेका साहित्यकार कवीन्द्र सिटौलाले १० लाख कविहरुको कविता संकलन गरेर विश्वकै विशाल कविता ग्रन्थ ‘ग्रन्थ’ प्रकाशित गर्ने भएका छन् ।

विगत ३३ वर्षदेखि अमेरिकामा रहेर कर्म गरिरहेका सिटौलाले नेपालबाट सात लाख तथा अन्य सय देशबाट तीनदेखि चार लाख कविता संकलन गरेर अहिलेसम्मकै ठूलो कविताग्रन्थ ‘ग्रन्थ’ प्रकाशित गर्ने भएका हुन् । उनले राजधानीमा सञ्चारकर्मी र साहित्कारहरुलाई भेला गरी आफ्नो पञ्चवर्षीय योजना सुनाएका हुन् ।

उनले कविता संकलन गर्ने क्रम धमाधम बढिरहेकोसमेत बताएका छन् । विश्वभर हत्या, हिंसा, बलात्कार, लुटपाट लगायतका अमर्यादित क्रियाकलाप बढेको भन्दै शान्तिका लागि प्रेम नै आवश्यक रहेको सन्देश छर्न पनि यो कविताग्रन्थ जरुरी भएको बताए ।

‘मेरो देश प्रेमको देश’ भन्ने सन्देशसहित उनले यो कविताग्रन्थका लागि विश्वयात्रा गर्न लागेको बताए । उनले संसारभरका १० लाख जनाबाट प्रति लेखक एकमात्र कविता लिएर १० लाख कविता आफ्नै हातले लेखेको सङ्कलन गरिने बताए ।

उनले भने, ‘ दश लाख कविताको शीर्षक एकै हुनेछ— प्रेम के हो ? प्रेम कहाँ हुन्छ, कसरी हुन्छ ? कविहरूले प्रेम के हो ?भन्ने शीर्षकमा चार लहर र प्रेम कहाँ हुन्छ , कसरी हुन्छ ? भन्ने शीर्षकमा चार लहर कविता लेख्नेछन् ।’

उनले सबै कविला एकै किसिमको र एउटै आकारको नेपाली कागजमा सम्बन्धित कविको आफ्नै हस्ताक्षरमा लेखाइनेसमेत बताए ।

उनले भने,  ‘लेखक परिचयसहित कविता लेख्न मिल्ने गरी कविता फाराम तयार गरिएको छ, जहाँ कविहरूले उनीहरूको देब्रे हातको साहिँली औंलाको प्रेमछाप लगाउन सक्ने कोठा राखिएको छ । देब्रे हातको साहिँली औँलाको नसाको प्रत्यक्ष सम्बन्ध मुटुसँग रहेको र यो औंला प्रेमको केन्द्र हृदय अर्थात् मुटु क्षेत्रसँग गाँसिएकाले प्रेम छाप समेतको अनुरोध गरिएको हो । संसारका विभिन्न देशमा जन्मेका कविको हस्ताक्षर र उनीहरूको औंलाको  ‘प्रेम छाप’ हेर्नका लागि भविष्यका कैयन् पुस्ताले नेपालको भ्रमण गर्नेछन् र संसारकै एक विशाल कविताग्रन्थ हेर्न नेपाल भ्रमण गर्ने पर्यटक र विशेष गरी ग्रन्थमा समेटिएका कविका परिवारजन, शाखासन्तान, तिनका साथी सम्बन्धित सबैमा नेपालप्रतिको अभिरुचि जागृत हुनेछ भन्ने मैले परिकल्पना गरेको छु ।’

उनले यो कविताग्रन्थ दुई भाषा — नेपाली र अङ्ग्रेजीमा हुने बताए । सिटौलाले भने, ‘अङ्ग्रेजी भाषामा हुनुको अभिप्राय संसारलाई प्रेमको अभिव्यक्तिमा एकै स्थलमा समेट्नु हो । अनि बढीभन्दा बढी क्षेत्रका व्यक्तिलाई प्रेमबारे उनीहरुको अभिव्यक्ति प्रस्तुत गर्ने अवसर दिनु हो । यसबाटै नेपाललाई प्रेमको भूमिका रूपमा चिन्ने विश्वसमुदायको सङ्ख्यामा वृृद्धि हुनेछ भन्ने हो ।’

उनले नेपालबाट वर्तमान र पूर्व राष्ट्र«पतिहरू, वर्तमान र पूर्व प्रधानमन्त्रीहरू, मन्त्रीहरू, विभिन्न राजनीतिककर्मीहरू, वयोवृद्ध, समकालीन र युवा पुस्ताका साहित्यकारहरू, प्राध्यापकहरू, शिक्षकहरू विद्यार्थीहरू, धार्मिक तथा आध्यात्मिक गुरुहरू, रिम्पोचेहरू, माताहरू, आनीहरू, आध्यात्मिक सद्गुरुहरू, अम्बे, सन्त, महन्त, साधकहरू, खेलाडीहरू, संस्कृतिकर्मीहरू, नेपाली सेना र प्रहरीहरू, कर्मचारीहरू, चलचित्रकर्मीहरू, कलाकारहरू, जेल जीवनमा रहेका व्यक्तिहरू सबैलाई समेट्ने बताए । 

त्यस्तै नेपाल बाहिरबाट संयुक्तराष्ट्र« संघका वर्तमान र पूर्व महासचिवहरू, प्रतिनिधिहरू, संयुक्त राज्य अमेरिकाका वर्तमान र पूर्व राष्ट्र«पतिहरू, बेलायत, क्यानाडा, अमेरिका, दक्षिण अमेरिका, क्याराबियन क्षेत्र, अफ्रिका, अष्ट्रेलिया, एसिया, युरोप गरी ६ महादेश र यिनका बीच बीचका विभिन्न क्षेत्र र देशका लेखक, कवि कलाकारहरू यथाशक्य सबै वा प्रनितिधित्व हुने गरी १०० भन्दा बढी मुलुकका राष्ट्रप्रमुख , सरकार प्रमुख, र पूर्व राष्ट्र«प्रमुख र सरकार प्रमुखहरू सबै रहने बताए । 

कविताहरू नेपाली भाषामा कम्तीमा ६ लाखदेखि ७ लाखको सङ्ख्यामा हुनेछन् भने अङ्ग्रेजीमा ३ देखि ४ लाख हुनेछन् ।

उनले भने, ‘यो अभियान नेपाल र नेपालीलाई पुस्तौँपुस्तासम्म चिनाउने एक गौरवमय आयोजनाका रूपमा संस्थागत गर्दै विकास गरिनेछ । सम्भव भएसम्म ७० प्रतिशत जति लेखक कहाँ आफैँ पुगेर कविता लेखाउनेछु वा सङ्कलन गर्नेछु । यसो गर्दा मैले हरेक व्यक्तिसित नेपालबारेका केही तथ्य बताउन र नेपाल भ्रमण प्रति उनीहरूलाई आकर्षित गर्न सफल हुनेछु भन्ने आशा गरेको छु ।’

साहित्यकार सिटौलाले यसरी तयार भएको ग्रन्थ विश्वका सबैजसो ठूला पुस्तकालयमा राखिने बताए । 

पत्रकार सम्मेलनमा उनले आफूलाई परिकल्पनाकार एवं मुख्य अभियन्ता भनेका छन् भने यसका योजना निर्देशक अमेरिकामा रहेका शिव लामिछाने र सल्लाहकार अमेरिकामा रहेका लोकगायक प्रेमराजा महत रहेको बताए । 

त्यस्तै नेपालमा रहेका ऋषभदेव घिमिरे सम्पर्क सचिव र लक्ष्मण भट्टराई प्राविधिक संयोजक रहेकोसमेत बताए । 

सिटौलाले ३३ वर्ष आफू अमेरिकामा रहे पनि अब भने नेपालमै फर्केर नेपाललाई विश्वभर चिनाउने काम गर्नेसमेत प्रतिबद्धता व्यक्त गरेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending