काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कोरिया सरकारले नेपालमा इपिएस (EPS) कार्यक्रम सन्चालन गरी नेपाली युवाहरुलाई रोजगारीको अवसर प्रदान गरेकोमा धन्यवाद दिएका छन्।
बुधवार मन्त्रालयमा कोरिया सरकारको श्रम तथा रोजगार मन्त्रालय र मानव संसाधन विभागको प्रतिनिधि मण्डलसँग भएको छलफलमा मन्त्री भण्डारीले इपिएस कार्यक्रममार्फत अवसर पाएका युवाहरुले कोरियाको विकासमा समेत योगदान पुर्याएको बताएका छन्।
उनका अनुसार कोरिया नेपाली युवाहरुको लागि आकर्षक रोजगारी गन्तव्यको रुपमा स्थापित भइसकेको छ। उनले उदाहरण दिँदै भने, “पाँच हजार युवाहरुकालागि खुलाइएको अवसरमा एक लाखभन्दा बढीले आवेदन दिन', कोरिया जान युवाहरु कति इच्छुक छन् भन्ने स्पष्ट प्रमाण हो।”
मन्त्री भण्डारीले नेपाली युवाहरुलाई केवल रोजगारीका लागि मात्र नभई कोरियामा काम गर्ने संस्कार, उच्च प्रविधिको ज्ञान र सीप हासिल गर्न पठाउनुपर्ने बताए। उनले विदेशमा काम गरेर केही पुँजीसहित फर्किएपछि मुलुकको विकासमा योगदान दिने विश्वास व्यक्त गरे।
“सीपबिनाको रोजगारी सम्भव हुँदैन,” मन्त्री भण्डारीले भने, “त्यसैले कोरियाको प्रविधि नेपालमा हस्तान्तरण गर्दै दक्ष जनशक्ति उत्पादन गर्ने हाम्रो प्राथमिकता हो।” उनले विस्तारै निजी तालिम प्रदायक संस्थाहरुलाई मापदण्ड र गुणस्तर निर्धारण गरेर तालिम सञ्चालन गर्ने आधार तयार गर्ने पनि जानकारी दिए।
उनले कोरियाको हुन्डाई मोटर कम्पनीले नेपालमा अटोमोबाइल एसेम्बल गर्ने तयारी भइरहेकाले गुणस्तरीय तालिम र दक्ष जनशक्ति उत्पादन अनिवार्य रहेको बताए।
कोरियन सरकारले हाल पनि विभिन्न माध्यमबाट नेपालमा दक्ष जनशक्ति निर्माणमा सहयोग गर्दै आएको छ। मन्त्री भण्डारीले कोरियाबाट आएको उच्च प्राविधिक टोलीले दुवै देशको हित हुने गरी ठोस निष्कर्षसहित अघि बढ्ने विश्वास व्यक्त गरे।
नेपाल सरकार र कोरिया सरकारबीच अटोमोबाइल, वेल्डिङ, पलम्बर र इलेक्ट्रिकल गरी चार क्षेत्रमा उच्च गुणस्तरका तालिम सञ्चालन गर्ने सम्झौता भएको छ। यस कार्यक्रममार्फत दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले कोरियाले नेपाललाई सहयोग उपलब्ध गराएको मन्त्रालयले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: