सुलीकोट । चालु आर्थिक वर्षको साउन महिनादेखि पुस मसान्तसम्म मनास्लु क्षेत्रमा झण्डै १० हजार पर्यटकले भ्रमण गरेका छन् । मनास्लु संरक्षण क्षेत्र आयोजनाका अनुसार साउनदेखि पुस मसान्तसम्म सम्म ६ महिनाको अवधिमा १० हजार ६ सय ९ जनाले मनास्लु क्षेत्र भ्रमण गरेका हुन् ।
सन् २०२३ को ६ महिनाको अवधिमा नौ हजार १७७ जना विदेशी पुगेको सो क्षेत्रमा सन् २०२४ मा दश हजार ६ सय ९ जना बिदेशी पर्यटकले भ्रमण गरेको मनास्लु संरक्षण क्षेत्र आयोजनाले जनाएको छ। अहिले सम्मकै मनासलु क्षेत्र भ्रमण गर्ने हालसम्मकै ठुलो पर्यटकको संख्या भएको मनास्लु संरक्षण क्षेत्र आयोजनाका प्रमुख सन्तोष सेरचनले जानकारी दिए।
उनका अनुसार दक्षिण एशियाली राष्ट्रका भन्दा युरोप तथा अमेरिकी मुलकका विदेशी पर्यटकहरुको संख्या बढी रहेको उनले बताए। सन् २०२४ मा सबै भन्दा धेरै फ्रान्सबाट सबै भन्दा धेरै एक हजार तीन सय ३५ जना, जर्मनीबाट एक हजार १८१ जना, अमेरिकाबाट ७९६ जनाले मनासलु क्षेत्र भ्रमण गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
त्यस्तैगरी सार्क सदस्य राष्ट्रहरु मध्येबाट छिमेकी मुलक भारतबाट सबैभन्दा धेरै १५९ जना छ भने अन्य मुलकको नेदरल्याण्ड, बेलायत, स्पेन, चीन, अष्ट्रेलिया लगायतका मुलकहरुबाट विदेशी पर्यटक मनासलु पदयात्रा गरेको बताइएको छ ।
मनासलु क्षेत्र प्रबेशको लागि सार्क राष्ट्रका पर्यटकले प्रति व्यक्ति एक हजार र अन्य राष्ट्रका पर्यटकले तीन हजार रुपियाँ बुझाउने पर्ने छ । पर्यटकले काठमाडौंको भृकुटी मण्डप र पोखराको ड्यामसाईट को काउन्टरमा प्रवेश दस्तुर नबुझाएमा पर्यटकले सो क्षेत्र प्रबेश गर्न एमक्यापको जगत र सामागाउँस्थित चेकपोष्टमा डबल दस्तुर तिर्नुपर्ने एमक्याप कार्यालय गोरखाले जनाएको छ ।
निशेधित क्षेत्र मानिएकाले पनि मनासलु संरक्षण क्षेत्र भ्रमणको लागि पर्यटकले अध्यागमन विभागबाट पनि अनुमति लिनु पर्ने प्राबधान छ । अहिले विभागले चुम र नुब्री भ्याली भ्रमणको लागि एक हप्ताको अनुमति लिई सिजनमा पर्यटकको लागि प्रति व्यक्ति ५० डलर बुझाउनु पर्ने छ भने बेसिजनमा २५ डलर मात्र बुझाउने पर्ने एमक्यापका प्रमुख सेरचनको भनाइ छ ।
यस मनास्लु क्षेत्रलाई पर्यटकिय केन्द्रको रुपमा विकास गर्न चुमनुब्री गाउँपालिकाले बृहत्तर गुरुयोजना बनाएर अघि बढ्न लागिएको चुमनुब्री गाउँपालिकाले जनाएको छ । अहिले बेनिघाट, आरुघाट र लार्के सडकले ट्रयाक नयाँ मार्ग खोल्ने क्रममा पर्यटकहरु हिड्ने पैदल मार्ग मासिएकाले नयाँ पदमार्ग निर्माण लगाएत पर्यटन विकासको लागि बृहत गुरुयोजना बनाएर अघि बढ्ने तयारी भइरहेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए।
अहिले चुमनुब्री गाउँपालिकामा मानिस जनाबरको बीच पारिबारिक सम्बन्ध कायम गरी अहिंसाको सन्देश फैलाउन गाउँपालिका सफल भएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष लामाले बताए । उनका अनुसार पर्यटकिय पदमार्गमा पर्यटक चेक पोष्ट तथा सुचना केन्द व्यवस्थापन, लोकेशन बोर्ड मर्मत तथा जडान, पदमार्गमा सरसफाई अभियान, तरकारी बिउ बिजन वितरण र पदमार्गमा साईनबोड जडान गर्ने कार्य धमाधम भईरहेकाले पनि आगमी दिनहरुमा पर्यटकको संख्या दोब्बर बढ्ने चुमनुब्री गाउँपालिकाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १७:०२
काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...
मंसिर ३० गते, २०८२ - १६:५५
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...
मंसिर ३० गते, २०८२ - १६:३३
काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...
मंसिर ३० गते, २०८२ - १६:१६
मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५६
काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५१
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...
मंसिर ३० गते, २०८२ - १५:४२
काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...
मंसिर ३० गते, २०८२ - १५:३३
काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...
मंसिर ३० गते, २०८२ - १५:१४
काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...
मंसिर ३० गते, २०८२ - १५:०८
काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...




प्रतिकृया लेख्नुहोस्: