Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

दश हजार पर्यटकले गरे मनास्लु क्षेत्र भ्रमण

खबरडबली संवाददाता

सुलीकोट । चालु आर्थिक वर्षको साउन महिनादेखि पुस मसान्तसम्म मनास्लु क्षेत्रमा झण्डै १० हजार पर्यटकले भ्रमण गरेका छन् । मनास्लु संरक्षण क्षेत्र आयोजनाका अनुसार साउनदेखि पुस मसान्तसम्म सम्म ६ महिनाको अवधिमा १० हजार ६ सय ९ जनाले मनास्लु क्षेत्र भ्रमण गरेका हुन् ।

सन् २०२३ को ६ महिनाको अवधिमा नौ हजार १७७ जना विदेशी पुगेको सो क्षेत्रमा सन् २०२४ मा दश हजार ६ सय ९ जना बिदेशी पर्यटकले भ्रमण गरेको मनास्लु संरक्षण क्षेत्र आयोजनाले जनाएको छ। अहिले सम्मकै मनासलु क्षेत्र भ्रमण गर्ने हालसम्मकै ठुलो पर्यटकको संख्या भएको मनास्लु संरक्षण क्षेत्र आयोजनाका प्रमुख सन्तोष सेरचनले जानकारी दिए। 

उनका अनुसार दक्षिण एशियाली राष्ट्रका भन्दा युरोप तथा अमेरिकी मुलकका विदेशी पर्यटकहरुको संख्या बढी रहेको उनले बताए। सन् २०२४ मा सबै भन्दा धेरै फ्रान्सबाट सबै भन्दा धेरै एक हजार तीन सय ३५ जना, जर्मनीबाट एक हजार १८१ जना, अमेरिकाबाट ७९६ जनाले मनासलु क्षेत्र भ्रमण गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । 

त्यस्तैगरी सार्क सदस्य राष्ट्रहरु मध्येबाट छिमेकी मुलक भारतबाट सबैभन्दा धेरै १५९ जना छ भने अन्य मुलकको नेदरल्याण्ड, बेलायत, स्पेन, चीन, अष्ट्रेलिया लगायतका मुलकहरुबाट विदेशी पर्यटक मनासलु पदयात्रा गरेको बताइएको छ । 

मनासलु क्षेत्र प्रबेशको लागि सार्क राष्ट्रका पर्यटकले प्रति व्यक्ति एक हजार र अन्य राष्ट्रका पर्यटकले तीन हजार रुपियाँ बुझाउने पर्ने छ । पर्यटकले काठमाडौंको भृकुटी मण्डप र पोखराको ड्यामसाईट को काउन्टरमा प्रवेश दस्तुर नबुझाएमा पर्यटकले सो क्षेत्र प्रबेश गर्न एमक्यापको जगत र सामागाउँस्थित चेकपोष्टमा डबल दस्तुर तिर्नुपर्ने एमक्याप कार्यालय गोरखाले जनाएको छ । 

निशेधित क्षेत्र मानिएकाले पनि मनासलु संरक्षण क्षेत्र भ्रमणको लागि पर्यटकले अध्यागमन विभागबाट पनि अनुमति लिनु पर्ने प्राबधान छ । अहिले विभागले चुम र नुब्री भ्याली भ्रमणको लागि एक हप्ताको अनुमति लिई सिजनमा पर्यटकको लागि प्रति व्यक्ति ५० डलर बुझाउनु पर्ने छ भने बेसिजनमा २५ डलर मात्र बुझाउने पर्ने एमक्यापका प्रमुख सेरचनको भनाइ छ । 

यस मनास्लु क्षेत्रलाई पर्यटकिय केन्द्रको रुपमा विकास गर्न चुमनुब्री गाउँपालिकाले बृहत्तर गुरुयोजना बनाएर अघि बढ्न लागिएको चुमनुब्री गाउँपालिकाले जनाएको छ । अहिले बेनिघाट, आरुघाट र लार्के सडकले ट्रयाक नयाँ मार्ग खोल्ने क्रममा पर्यटकहरु हिड्ने पैदल मार्ग मासिएकाले नयाँ पदमार्ग निर्माण लगाएत पर्यटन विकासको लागि बृहत गुरुयोजना बनाएर अघि बढ्ने तयारी भइरहेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए।

अहिले चुमनुब्री गाउँपालिकामा मानिस जनाबरको बीच पारिबारिक सम्बन्ध कायम गरी अहिंसाको सन्देश फैलाउन गाउँपालिका सफल भएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष लामाले बताए । उनका अनुसार पर्यटकिय पदमार्गमा पर्यटक चेक पोष्ट तथा सुचना केन्द व्यवस्थापन, लोकेशन बोर्ड मर्मत तथा जडान, पदमार्गमा सरसफाई अभियान, तरकारी बिउ बिजन वितरण र पदमार्गमा साईनबोड जडान गर्ने कार्य धमाधम भईरहेकाले पनि आगमी दिनहरुमा पर्यटकको संख्या दोब्बर बढ्ने चुमनुब्री गाउँपालिकाले जनाएको छ ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँमा पूर्वमन्त्री भगवति न्यौपानेसहित २३ उम्मेदवारको जमानत जफत

तनहुँ। प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँका दुवै निर्वाचन क्षेत्रमा गरी पूर्वमन्त्रीसहित २३ जना उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन कानुनअनुसार क...

लुम्बिनी प्रदेशसभाबाट राजीनामा दिएर चुनाव लडेका चारजना मध्ये तीन पराजित

खजुरा। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि लुम्बिनी प्रदेशसभा सदस्य रहेका विभिन्न दलका चारजना प्रदेशसभा सदस्यले राजीनामा दिएर चु...

तनहुँका दुवै निर्वाचन क्षेत्रमा समानुपातिकतर्फ रास्वपा प्रथम

तनहुँ । तनहुँका दुवै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ मात्र नभई समानुपातिक निर्वाचन प्रणालीतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (र...

लमजुङमा नेकपासहित नौ उम्मेदवारको जमानत जफत

लमजुङ। एउटा मात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा फागुन २१ गतेको प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका १२ जनामध्ये नौ जना उम्मेदवारको जमानत (धरौट...

मतदाता शिक्षा कमजोर, बाँकेमा १३ हजार ४४२ मत बदर

नेपालगन्ज। प्रतिनिधिसभा सदस्यको निर्वाचन हुनु अघि बाँके जिल्लाका आठवटै पालिकामा मतदाता शिक्षा प्रदान गरिएपनि बदर मतको सङ्ख्या धेरै देखिएको छ । जिल्...

बाजुरामा समानुपातिक मतगणना सकियो

बाजुरा। बाजुरामा समानुपातिकको मतगणना सम्पन्न भएको छ । जसमा नेपाली कांग्रेसको  १६ हजार ७४६, नेकपा एमाको १५ हजार ८९७, रास्वपाको छ हजार ८२० नेपाली कम्युन...

पाल्पामा समानुपातिकतर्फ रास्वपा पहिलो

तानसेन। पाल्पामा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो बनेको छ । रास्वपाले पाल्पाको दुई निर्वाचन क्षेत्रबाट ५० हजार ४५२ मत ल्याएको...

आज दिनभर साधारणतया बादल लाग्ने

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रक...

विश्वकै सबैभन्दा प्रदूषित सहरको पहिलो स्थानमा काठमाडौँ

काठमाडौँ । अन्तर्राष्ट्रिय वायु प्रदूषण मापन संस्था ‘आईक्यू एयर’का अनुसार काठमाडौँ विश्वकै सबैभन्दा बढी वायु प्रदूषण हुने सहरको सूचीमा पहिलो स्थानमा प...

समानुपातिकतर्फ राप्रपाले पार गर्‍यो ३ प्रतिशतको थ्रेसहोल्ड

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ तीन लाख मत पार गर्दै आवश्यक थ्रेसहोल्ड पार गरेको छ। २१ फ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE