Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

रुकुमको आठबिसकोट नगरपालिकामा तोडफोडः अत्यावश्यक बाहेकका सेवा बन्द

खबरडबली संवाददाता

रुकुमपश्चिम । रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा तोडफोड भएको छ । सोमबार नगरपालिकाको आर्थिक प्रशासन शाखामा तोडफोड हुनका साथै कर्मचारीहरुलाई अभद्र व्यवहार र गालिगलौज भएको भन्दै सेवा प्रवाह समेत बन्द भएको छ । 

आठबिसकोट नगरपालिकामा कार्यरत कर्मचारीहरुले एक संयुक्त विज्ञप्ती जारी गरेर घटनाबारे जानकारी गराएका छन् । उनीहरुले आर्थिक प्रशासन शाखामा केहि जनप्रतिनिधि, निर्माण व्यवसायी र उपभोक्ता समितिका प्रतिनिधिहरु प्रवेश गरेर अभद्र व्यवहार तथा गाली गलौज गर्नका साथै शाखामा रहेका सामाग्रीहरु तोडफोड गरेको जनाएका छन् । विज्ञप्तीमा तोडफोेडको कार्यले शाखाका महत्वपूण अभिलेख, श्रेष्ता तथा कागजातमा क्षति पुगेको उल्लेख गरिएको छ । 

यस विषयमा आठबिसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश गौतमले नगरपालिकाभित्रका विभिन्न सडक मर्मतका योजनाहरुको भुक्तानीको विषयमा असन्तुष्ट विभिन्न व्यक्तिहरुले नगरपालिकाको आर्थिक प्रशासन शाखा तोडफोड गरेको जानकारी दिए। अनुगमन समितिले योजनाको विषयमा तयार पारेको प्रतिवेदनमा उल्लेखित टिप्पणीको विषयलाई लिएर भुक्तानीको प्रक्रियामा रहेको कामलाई प्रभाव पार्ने, दवाव दिने गरी गलत कार्य भएको उनले उल्लेख गरे। तोडफोडबाट शाखाको टेबल, दराजका साथै केहि कागजातमा समेत क्षति पुगेको छ । 

जानकारी अनुसार नगरपालिकाका उप प्रमुख धनकुमारी शाहीको संयोजकत्वमा रहेको अनुगमन समितिले विभिन्न सडक मर्मत सम्भारको काम पुर्ण रुपले नभएकोले ४० प्रतिशत रकम मात्र भुक्रानी गर्न मनाशिव हुने टिप्पणी गरेको थियो । त्यसपछि योजना मर्मतको काममा संलग्न केहि जनप्रतिनिधि, निर्माण व्यवसायी र उपभोक्ता समितिका व्यक्तिहरु रुष्ट बनेका थिए । उनीहरुले नै आज लेखा शाखामा तोडफोड गरेको बताइन्छ । 

नगरपालिकाको सेवा प्रवाहमा केहि समस्या भएमा वार्ता, गुनासो, कानूनी प्रक्रिया मार्फत समाधान गर्नुको साटो कार्यालय नै तोडफोड गर्नु अराजक हर्कत भएकोले संलग्न व्यक्ति उपर कारबाहिको माग गरिएको छ । कर्मचारीले बिज्ञप्ती प्रकाशन गरेर कार्यालयमा काम गर्ने सुरक्षित वातावरणको माग गरेका छन् । उनीहरुले सुरक्षित रुपमा काम गर्ने वातावरण नभएकोले नगरपालिका मातहतका सम्पूर्ण शाखा, फाँट, ईकाई, वडा कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पुर्ण सेवा स्थगत भएको समेत जनाएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौँ। यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार दशमलव सात प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता...

श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको नाम टुंग्यायो

काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक तर्फ ४ सांसद पाउने गरी मत प्राप्त गरेपछि श्रम संस्कृति पार्टीले समानुपातिक सांसदका ला...

एमालेले समानुपातिक सांसदको लागि १६ जनाको नाम सिफारिस गर्यो, को- को परे ?

काठमाडौं । नेकपा एमालेले समानुपातिकतर्फ प्रतिनिधित्वका लागि चयन हुने १६ जना सांसदको नाम टुंगो लगाएको छ। शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवा...

नेपालका शान्ति सैनिक सुरक्षित – लेबनानमा हवाई आक्रमण भए पनि मानवीय क्षति छैन

काठमाडौँ । नेपाली सेनाले लेबनानमा तैनाथ नेपाली शान्ति सैनिक सुरक्षित रहेको पुष्टि गरेको छ। लेबनानस्थित नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टरमा हवा...

गुन्डुमा एमाले सचिवालय बैठक सुरु, बाबुको शोकमा रहेको अवस्थामै सहभागी भए ओली

काठमाडौँ ।  नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । भक्तपुरस्थित गुन्डुमा सचिवालय बैठक सुरु भएको हो । अध्यक्ष केपी शर्मा ओली बाबुको शोकम...

ललितपुर महानगरपालिकाको प्रशासनिक कामका लागि तीन वटा भवन तयार

ललितपुर। ललितपुर महानगरपालिकाको लखनखेलस्थित नव निर्मित प्रशासकिय भवन (ब्लक सि)को शनिवार उद्घाटन गरिएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्...

इथानोल मिश्रित पेट्रोल: ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ। सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति कार्यान्वयनमा ल्याएको छ । मन्त्रिपरिषद्ले जारी गरेको ‘पेट्रोलमा इथानोल मिश...

मध्यपूर्वको अस्थिरताप्रति सरकार सजग, विदेशमा रहेका नेपालीको सुरक्षालाई उच्च प्राथमिकता: परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिमी एशिया (मध्यपूर्व) लगायत विश्वका विभिन्न क्षेत्रमा देखिएको अस्थिरता र द्वन्द्वप्रति सरकार गम्भीर र...

लागु औषध ट्रामाडोल र स्पास्पेन सहित चौधरी पक्राउ

इनरुवा। सुनसरीको गढी गाउँपालिका २ औरावनीबाट लागु औषध ट्रामाडोल र स्पास्पेन सहित एकजना पक्राउ परेका छन् ।  जिल्लाको गढी गाउँपालिका वडा नम्बर २ औरावन...

तीन महिनापछि पोखरा–जोमसोम हवाई उडान सुरु

मुस्ताङ। प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा–जोमसोम हवाई सेवा पुन: सुरु भएको छ। मङ्सिर १५ गतेदेखि हुस्सु, हिमपातसहित जाडोयाममा यात्रुको चाप समेत न्यू...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: