Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

बालिका बन्धक बनाई श्रमशोषण गर्ने एमाले सांसद शर्मालाई उन्मुक्ति

जिल्ला र उच्च सरकारी वकिलले गरे मुद्दा नचलाउने निर्णय, महान्यायाधिवक्ता कार्यालयबाट सदरको तयारी

खबरडबली संवाददाता

काठमाडौं । १४ वर्षीया बालिकालाई घरेलु मजदुरका रूपमा ६ वर्षसम्म बन्धक बनाई शारीरिक यातना दिएकी एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्माले सत्ताको ‘निगाह’मा उन्मुक्ति पाएकी छिन् । सरकारी वकिल कार्यालय काठमाडौंले बाल श्रमशोषणमा उनीविरुद्ध मुद्दा नचलाउने निर्णय लिएको छ । र, उच्च सरकारी वकिल कार्यालय पाटनले पनि यसलाई वैधता दिएको छ । अब महान्यायाधिवक्ता कार्यालयबाट त्यसलाई सदर गर्ने सरकारको तयारी छ ।

सांसद शर्माविरुद्धको मुद्दा नचलाउने आफ्नो निर्णय सरकारी वकिल कार्यालय काठमाडौंले उच्च सरकारी वकिल कार्यालय पाटन पठाएको थियो । उच्चले पनि जिल्लाकै निर्णय सदर गर्दै महान्यायाधिवक्ता कार्यालय पठाइसकेको छ । अब मुद्दा चल्ने–नचल्ने विषयमा अन्तिम निर्णय महान्यायाधिवक्ताले लिनेछन् । 

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता रामहरि काफ्लेले शर्माविरुद्ध मुद्दा नचल्ने निर्णय भएको पुष्टि गरे । ‘रेखा शर्माविरुद्धको मुद्दा नचल्ने निर्णय भएको हो । उक्त निर्णय उच्च सरकारी वकिल कार्यालयबाट पनि निर्णय भएर महान्यायाधिवक्ता कार्यालयमा पेस भएको सुनेको छु,’ उनले भने । 

जिल्ला सरकारी वकिल कार्यालय स्रोतका अनुसार महान्यायाधिवक्ता कार्यालयको निर्देशनपछि जिल्ला सरकारी वकिल कार्यालयले शर्माविरुद्ध मुद्दा नचल्ने निर्णय लिएको हो । शर्मा दाङ तुल्सीपुर उपमहानगरपालिका– ५ की स्थानीय हुन् । उनको धुम्बाराहीमा निजी निवास छ । सोही निवासमा कक्षा ७ मा अध्ययनरत १४ वर्षीया बालिकालाई ६ वर्षदेखि बन्धक बनाई राखेकी थिइन् । बालिकाको काठमाडौं महानगरपालिकाले उद्धार गरेको थियो । 

महानगरपालिकाले घटना सार्वजनिक गरेपछि गत भदौमा संसद्मा हंगामा मच्चिएको थियो । महानगरका मेयर बालेन्द्र शाह ‘बालेन’ले सामाजिक सञ्जालमार्फत शर्मालाई कारबाही गर्नसमेत भनेका थिए । दबाबपछि उनीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमा मुद्दा दर्ता भएको थियो । तर, मुद्दा अदालतसम्म पुग्न सकेको थिएन । सरकारी वकिल कार्यालय सोही मुद्दा नचलाउने निर्णयमा पुगेको हो । 

६ वर्षदेखि यसरी गरिएको थियो शोषण

महानगरपालिकाले गत भदौमा बालबालिकाको क्षेत्रमा काम गर्न केही विद्यार्थी इन्टर्नमा मागेको थियो । सोही क्रममा ३१ विद्यार्थी छनोट भए । उनीहरू विद्यार्थीको अवस्था बुझ्न महानगरभित्रका विद्यालयमा पुगे ।

यही क्रममा उनीहरू धुम्बाराही माध्यमिक विद्यालय पुगे । त्यहाँ उनीहरूले अभिभावकसँग नबस्ने सम्पर्कमा आएका पाँच विद्यार्थीलाई बाल अधिकार, संरक्षण र वकालतका सम्बन्धमा अनलाइन फर्म भर्न लगाएका थिए ।

सोही क्रममा कक्षा ७ मा अध्ययनरत १४ वर्षीया बालिकाले आफू ६ वर्षदेखि घर जान नपाएको र शारीरिक यातना भोग्नुपरेको फाराममा उल्लेख गरेकी थिइन् । महानगरले थप खोज्दा एमाले प्रदेश सांसद रेखा शर्माले धुम्बाराहीस्थित निजी निवासमा ती बालिकालाई बन्धक बनाएर श्रमशोषण गर्दै आएकी थिइन् ।

त्यसलगत्तै महानगरको टोली शर्माको घर पुगेर बालिकाको उद्धार गरेको थियो । महानगरको टोलीसँग बालिकाले ‘भनेको नमान्दा शर्माले लाठी, पाइप, हातले शरीरमा कुटपिट गर्ने गरेको’ बताएकी थिइन् । घरमा उनले पोछा लगाउने, पानी भर्ने, भाँडा माझ्ने, घर सफा गर्ने, खाना बनाउने र बगैँचा सफा गर्नेलगायतका काम गर्नुपर्ने बताएकी थिइन् ।

बालिकाको उद्धार गरेपछि महानगरले प्रहरीमा जाहेरी दिएको थियो । तर, सत्ताको आडमा लामो समय प्रहरीले नै मुद्दा अगाडि बढाएन । सदनसम्मै हंगामा मच्चिएपछि प्रहरीले शर्माविरुद्धको अनुसन्धानको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पठाएको थियो । तर, मुद्दा अदालतसम्म पुग्न सकेको थिएन । सरकारी वकिल कार्यालयले अहिले  मुद्दा नचलाउने निर्णय नै गरेको हो । 
यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चैत २५ गतेदेखि कोशी पर्यटन महोत्सव आयोजना हुँदै

सुनसरी । कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन ह...

सिँचाइ सुविधा विस्तारले व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ मा सिँचाइ सुविधा विस्तार हुन थालेपछि व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित भएका छन् । पछिल्लो तीन वर्षमा वडा ...

देउवा अब नेपाल फर्किएलान् ?

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग निकट मानिने नेता प्रकाशशरण महतलाई देउवा कहिले फर्किने हुन् भन्नेबार...

निर्वाचन हारबारे नेकपाको समीक्षा- पश्चिमा प्रभाव र आन्तरिक कमजोरी दुवै जिम्मेवार

एमालेसँगको सम्भावित एकताबारे पनि छलफल

बादलको अभिव्यक्तिले गर्माएको एमाले

काठमाडौं । एमाले उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले फागुन २१ को निर्वाचनपछि गठित प्रतिनिधिसभाको पहिलो बैठकमा बिहीबार दिएको अभिव्यक...

यसरी चलाएका थिए भट्टले ‘बिचौलिया साम्राज्य’

सिंगापुर र थाइल्यान्डमा घर, स्वदेशमा सयौँ रोपनी जग्गादेखि आधा दर्जन कम्पनीमा लगानी

‘कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित छ’

कर्णाली। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका सचिव सञ्जिवकुमार कर्णले कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित भएको बताउन...

एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए

गण्डकी । दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । गत मार्च महिनामा ४८ हजार ५१३ जना विदेशी पर्यटकले उ...

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

झापा । पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको ट...

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै प्रमुख १० वटा मुख्य सुधारका क्रियाकलापको कार्ययोजना तयार गरी प्रधानमन्त्री तथा मन्त्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending