Khabar Dabali २० बैशाख २०८३ आईतवार | 3rd May, 2026 Sun

अष्ट्रेलियाको सात सहरमा नेपथ्य

खबरडबली संवाददाता

काठमाडौं । नेपथ्यले अष्ट्रेलियाको श्रृंखलावद्ध साँगीतिक यात्रा गर्ने भएको छ। वर्ष २०२५ को यो पहिलो विदेश भ्रमणमा एक महिना लगाएर ब्याण्डले सातवटा अष्ट्रेलियाली सहरहरुमा आफूलाई प्रस्तुत गर्नेछ।

आगामी मार्च महिनाको ३ तारिख संघीय राजधानी क्यानबेराबाट सुरु हुने नेपथ्य यात्रा त्यसै महिनाको २९ तारिख सिड्नीमा पुगेर सम्पन्न हुनेछ। त्यसबीच ब्याण्डले पर्थ, ब्रिसबेन, होबार्ट, एडिलेड र मेलबर्नको मञ्चमा आफुलाई उभ्याउने छ।

नेपालीपनमा रमाउने संसारभरिका श्रोता दर्शकहरुलाई लोकरकका माध्यमबाट जोड्दै आएको अग्रणी ब्याण्ड नेपथ्यको यो सातौँ अष्ट्रेलिया यात्रा श्रृंखला हो।

‘नेपथ्यले स्थापनादेखि नै देश विदेशमा प्रस्तुती दिँदै आएको भएता पनि ब्याण्डलाई विशिष्ट कलेवरमा पहिलोपटक उभ्याउने काम अष्ट्रेलियाले गरेको थियो,’ मुख्य गायक एवं अगुवा अमृत गुरुङ सम्झन्छन्, ‘त्यहाँका श्रोता दर्शकबाट पाइने न्यानो मायाले हरेक यात्रामा अविष्मरणीय छाप छोड्दै आएको छ।’

अष्ट्रेलियाको यात्रामा यसपटक छ जना ब्याण्डका सदस्य र आठ जना प्राविधिक एवम् व्यवस्थापन गरेर १४ सदस्यीय समूह प्रस्थान गर्नेछ।

यो वर्षको पहिलो नेपथ्य कन्सर्ट राजधानी क्यानबेराको ‘नेशनल कन्भेन्सन सेन्टरस्थित रोयल थिएटर’ मा आयोजना हुनेछ। त्यसको छ दिनपछि अर्थात् मार्च महिनाको ९ तारिख पर्थको ‘मेट्रो सिटी’मा नेपाली लोकरकको चीरपरिचित स्वर गुञ्जिनेछ। यो सहर वेस्टर्न अष्ट्रेलिया राज्यको राजधानी हो।

मुलुककै पश्चिमी किनारामा यसरी प्रस्तुत हुनासाथ ब्याण्ड फेरि पूर्वी किनाराको ब्रिस्बेन पुग्नेछ। क्विन्स्ल्याण्ड राज्यको यो राजधानीस्थित ‘दी टिभोली’ हलमा मार्चको १४ तारिख प्रस्तुती रहने छ।

त्यसको लगत्तै टोली दक्षिणवर्ती टापु तास्मानियाको यात्रामा हिँड्ने छ। राजधानी होबार्टस्थित ‘ओडिअन थिएटर’  मा मार्च १८ तारिख नेपथ्यका गीतहरु सुनाइने छन्। यो हलमा यसअघि पनि ब्याण्डले कार्यक्रम गरिसकेको छ।

पाँचौं प्रस्तुति भने साउथ अष्ट्रेलिया राज्यको राजधानी एडिलेडमा आयोजना हुने छ।  मार्च २१ तरिखका दिन त्यहाँस्थित ‘हिण्ड्ले स्ट्रीट म्यूजिक हल’ मा ब्याण्डले प्रस्तुती दिनेछ।

त्यसलगत्तैको कन्सर्टका लागि ब्याण्ड भिक्टोरिया राज्यको राजधानी मेलबर्न पुग्नेछ। मार्च २४ तारिखका दिन त्यहाँस्थित ‘फेस्टिभल हल’ मा नेपथ्यले आफूलाई उभ्याउनेछ।

त्यसपछिको नेपथ्य यात्रा भने पृथ्वीको दक्षिणी गोलाद्र्धमै ब्याण्डका सबैभन्दा धेरै प्रशंसकहरुले भरिएको सहर सिड्नीको हुनेछ।

अष्ट्रेलियाकै पहिलो राज्य न्यूसाउथ वेल्सको राजधानी एवं आर्थिक केन्द्र सिड्नीमा नेपथ्य कन्सर्ट ‘होडर्न पभिलियन’मा आयोजना हुनेछ। थुप्रै विश्वविख्यात कलाकारहरुले आफूलाई प्रस्तुत गरिसकेको मुर पार्क स्थित यो हलमा नेपथ्य दोस्रोपटक उभिन लागेको हो।

यसरी सिड्नीमा ब्यापक दर्शकको घेरा अनुभव गरिसकेपछि ब्याण्ड स्वदेश फिर्तिको तयारीमा लाग्ने छ।

‘श्रोता(दर्शकहरुको अपार माया पाउँदै आएको अष्ट्रेलियामा प्रस्तुतिका निम्ति सँधैजस्तै यसपाला पनि हामीले विशेष तवरबाट गीतहरु छनौट गरेका छौं,’ मुख्य गायक एवं अगुवा अमृत थप्छन्, ‘त्यहाँका दर्शकहरुलाई पहिलेको भन्दा फरक सेटलिस्ट सहित गीत सुनाउने तयारी पनि चल्दैछ।’

मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउने छन्।

नेपथ्यको व्यवस्थापन सम्हाल्ने हिसाबले ब्याण्डसँग नेपालय आवद्ध भएको यो २५ औं वर्ष पनि हो। यसबीच ब्याण्डले हालसम्म १७ वटा मुलुकको ४६ वटा सहरमा ८८ पटक आफुलाई उभ्याइसकेको छ।

‘नेपालीभाषीको उल्लेख्य उपस्थितीसँगै अष्ट्रेलियामा नेपाली कलाको बजार विकास भइसकेको छ,’ नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘त्यसलाई अझ विस्तारित एवं दिगो बनाउँदै लैजान हामीले नेपथ्यलाई सदैव जिम्मेवारीपूर्वक उपस्थित गराउँदै आएकोमा यसपाला पनि त्यसले निरन्तरता पाउने छ ।’

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ: अर्थमन्त्री वाग्ले

काठमाडौँ।अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपालको वर्तमान आर्थिक अवस्था १० वर्षअघिको भारतको अवस्थासँग मिल्दोजुल्दो रहेको उल्लेख गरेको छन् । बाह्रखर...

धोबी खोला करिडोरका पक्की घर भत्काउन थालियो

काठमाडौँ। काठमाडौँ महानगरपालिका–१० धोबी खोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी बनाइएका पक्की भवनहरू भत्काउन सुरु गरिएको छ । आजदेखि यहाँ रहेका ...

प्रधानमन्त्री बालेनलाई ज्ञवालीको प्रश्न : बागमतीमा बगेको आँशुले नेपाल हाँसिरहेको देखिन्छ कि रोइरहेको ?

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवाली ले बागमती नदी किनारमा सुकुमवासी बस्ती हटाउने क्रममा देखिएको मानवीय पीडामाथि प्रश्न उठाउँदै सरकारको विकास ...

इजरायलका लागि जासुसी गरेको आरोपमा इरानद्वारा दुई जनालाई मृत्युदण्ड

तेहरान। इरानले इजरायलका लागि जासुसी गरेको आरोपमा शनिबार दुई जनालाई  मृत्युदण्ड दिएको इरानी अदालतले जनाएको छ । यघौब करिम्पोर र नासेर बेक्रजादेहलाई गुप्...

राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार तीनवटा नयाँ अध्यादेश जारी गरेका छन्। नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नेपालको संव...

मापदण्ड मिचेको निष्कर्षपछि रोकिएको विष्णुमतीको घर पुन: भत्काउन सुरु

काठमाडौं । नदी किनारका अनधिकृत संरचना हटाउने क्रममा नयाँ बसपार्क नजिकै विष्णुमती नदी किनारमा पुगेपछि रोकिएको डोजरले पुन: काम अघि बढाएको छ। उक्त क्ष...

सुकुम्बासी समस्या समाधानमा लोकतान्त्रिक शैली अपनाउन कांग्रेसको आग्रह

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता  भीष्मराज आङ्देम्बेले सुकुम्बासी बस्ती हटाउन सरकारले लोकतान्त्रिक शैली अपनाउनु पर्ने...

सल्यानमा भवनको जग खन्ने क्रममा ८६ वटा बम फेला

सुर्खेत । सल्यानमा भवन निर्माणका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा बम तथा विस्फोटक पदार्थ फेला परेको छ। शारदा नगरपालिका–३ स्थित जिल्ला प्रहरी कार्...

रोल्पा जिप दुर्घटना: छानबिन समितिको अवधि सकियो, प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध

काठमाडौँ । रोल्पाको थवाङमा भएको जिप दुर्घटनाको सत्यतथ्य छानबिन गर्न गठित समितिको समयावधि आज सकिएको छ । २०८३ वैशाख १७ गते रोल्पाको थवाङ गाउँपालिका–१ मा...

नेकपाको एकता महाधिवेशनको कार्यतालिका सार्वजनिक

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending