Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

जलवायु परिवर्तनको बढी असर महिलालाई

खबरडबली संवाददाता

काठमाडौं। सरोकारवालाहरुले जलवायु परिवर्तनले पारेको प्रभावको मुख्य असर महिलामा परेको भन्दै उनीहरुलाई जलवायुको असरबाट बच्न क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन् ।

एसिया र प्रशान्त क्षेत्रका लागि क्षेत्रीय सामुदायिक वन तालिम केन्द्रले सोमबार राजधानीमा आयोजना गरेको ‘लैङ्गिक समानता र वन तथा जलवायु परिवर्तनमा नेतृत्वको प्रवर्द्धन’ अन्तर्राष्ट्रिय गोष्ठीको उद्घाटन सत्रमा सरोकारवाालहरुले जलवायुजन्य सङ्कटको चपेटामा महिलाहरु परिरहेको बताएका हुन् ।

पूर्वमन्त्री तथा जलवायु लैङ्गिक अभियन्ता डा बिमला पौड्याल राईले जलवायु परिवर्तनको मुख्य असर कृषि, ऊर्जा, खानेपानीलगायत क्षेत्रमा पर्दै गइरहेको उल्लेख गरिन । उनले असर न्यूनीकरण तथा अनुकूलनका लागि मुख्यगरी महिलाहरुको क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए।

“जलवायुले पारेको प्रभावका क्षेत्रहरु कृषि तथा खानेपानीमा धेरै महिला प्रत्यक्ष रुपमा जोडिएका छन्”, उनले भने, “यी क्षेत्रमा जलवायुले पारेको प्रत्यक्ष असर महिलालाई पनि परेको हुन्छ, पानीको मुहान सुक्दा टाढा–टाढासम्म महिलाहरु पानी लिन जानुपर्ने हुन्छ ।”

राईले जलवायुजन्य सङ्कटले ल्याएका प्राकृतिक विपद्ले विद्यालयका भौतिक संरचनाहरुलाई क्षति पुर्‍याउँदा शैक्षिक क्षेत्रमा समेत असर गरिरहेको बताएको छिन । सरकारका आगामी नीति तथा कार्यक्रमहरु जलवायु लैङ्गिक उत्तरदायी हुनुपर्नेमा उनको भनाइ छ । जलवायु परिवर्तनका असरका कारण अपाङ्गता भएका व्यक्तिहरुलाई पनि असर परिरहेको भन्दै जलवायु अनुकूलनमा उनीहरुको क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने धारणा राखे ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गत रेड कार्यान्वयन केन्द्रका प्रमुख नवराज पुडासैनीले वन तथा जलवायुको क्षेत्रमा महिलाहरुको नेतृत्वदायी भूमिका बढाउन सकेमा लैङ्गिक जलवायु न्याय सुनिश्चित गर्न सम्भव हुने भनाइ राखे।

नेपालका लागि स्वीडेनका महावाणिज्य राजदूत मौसमी श्रेष्ठले जलवायु लैङ्गिक न्यायका लागि नेतृत्वदायी भूमिका महिलाको सहभागिता जरुरी रहेको बताएको छन ।

जलवायुविद् डा। सिर्जना बरालले प्राकृतिक स्रोत व्यवस्थापनको नेतृत्वदायी भूमिकामा महिलाको सहभागिता अनिवार्य हुनुपर्ने बताएको छन । जलवायु परिवर्तनसम्बन्धी लैङ्गिक तथा सामाजिक समावेशीकरण रणनीति तथा कार्ययोजना ९२०७७–२०८७० ले पनि व्यक्ति, परिवार वा समुदायको अनुकूलन क्षमता स्रोतमाथिको पहुँच, जीविकोपार्जनको रणनीति तथा निर्णय प्रक्रियामा रहने सहभागिताले निर्धारण गरेको प्रस्ट पारेको छ ।

कार्ययोजनाअनुसार नेपालमा जलवायु परिवर्तनको असर र प्रभाव विशेषगरी महिला, दलित, आदिवासी जनजाति, अल्पसङ्ख्यक र सीमान्तकृत समुदाय तथा भौगोलिक विकटताका क्षेत्रमा बढी परेको छ । “महिला तथा सीमान्तकृत समुदायहरूको जीविकोपार्जन तुलनात्मक रूपमा प्राकृतिक स्रोतमा बढी निर्भर रहेको र यी स्रोतहरू जलवायु परिवर्तनका असरप्रति अति संवेदनशील रहेका कारण स्रोतहरूको उपलब्धता र गुणस्तरमा आएको क्रमिक ह्रास एवं क्षतिका कारणले ती समुदायको जीविकोपार्जनमा प्रत्यक्ष असर पारेको छ”, कार्ययोजनामा उल्लेख छ, “साथै जीविकोपार्जनका वैकल्पिक अवसरहरूको अभावका कारण उनीहरू परिवर्तित प्रतिकूल परिस्थितिको सामना गर्न असमर्थ हुने गरेका छन् ।”

कमजोर आर्थिक, सामाजिक अवस्था, समाजमा स्थापित परम्परागत लैङ्गिक भूमिका, सेवामूलक घरायसी कार्यको जिम्मेवारी, स्रोत तथा सेवामा असमान पहुँच, फरक एवं विशिष्ट शारीरिक र स्वास्थ्यसम्बन्धी आवश्यकता, जीविकोपार्जनका अवसरको सीमितता, निर्णय प्रक्रियामा सहभागिताको कमीलगायत विभेदपूर्ण सामाजिक, सांस्कृतिक मान्यता तथा नीतिगत व्यवस्थाहरू नै लैङ्गिक असमानताका प्रमुख कारक तत्व रहेको उल्लेख छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...

लगानीका लागि सकारात्मक वातावरण बनाउन आवश्यक : उद्योगमन्त्री सिन्हा

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...

सरकार जेनजीबीचको १० बुँदे सम्झौताविरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेसी तोकियो

काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...

गृह मन्त्रालयले दियो जेनजी घाइतेको वर्गीकरणलाई तीव्रता

काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...

समयमा संकट समाधान भएन भने विष्फोटको अवस्था आउँछ : श्रममन्त्री भण्डारी

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...

महासचिवमा हारेका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...

रास्वपामा प्रतिनिधिसभा समानुपातिक उम्मेदवारीका लागि ३२५ आवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...

डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजना: पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न

म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...

स्थानीय तहलाई काम गर्न कसैले रोक्न सक्दैनन् : महानगर प्रमुख महर्जन

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...

एमाले महाधिवेशन: यी तीन पदाधिकारीले ल्याए सर्वाधिक मत

काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending