Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

जलवायु परिवर्तनको बढी असर महिलालाई

खबरडबली संवाददाता

काठमाडौं। सरोकारवालाहरुले जलवायु परिवर्तनले पारेको प्रभावको मुख्य असर महिलामा परेको भन्दै उनीहरुलाई जलवायुको असरबाट बच्न क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन् ।

एसिया र प्रशान्त क्षेत्रका लागि क्षेत्रीय सामुदायिक वन तालिम केन्द्रले सोमबार राजधानीमा आयोजना गरेको ‘लैङ्गिक समानता र वन तथा जलवायु परिवर्तनमा नेतृत्वको प्रवर्द्धन’ अन्तर्राष्ट्रिय गोष्ठीको उद्घाटन सत्रमा सरोकारवाालहरुले जलवायुजन्य सङ्कटको चपेटामा महिलाहरु परिरहेको बताएका हुन् ।

पूर्वमन्त्री तथा जलवायु लैङ्गिक अभियन्ता डा बिमला पौड्याल राईले जलवायु परिवर्तनको मुख्य असर कृषि, ऊर्जा, खानेपानीलगायत क्षेत्रमा पर्दै गइरहेको उल्लेख गरिन । उनले असर न्यूनीकरण तथा अनुकूलनका लागि मुख्यगरी महिलाहरुको क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए।

“जलवायुले पारेको प्रभावका क्षेत्रहरु कृषि तथा खानेपानीमा धेरै महिला प्रत्यक्ष रुपमा जोडिएका छन्”, उनले भने, “यी क्षेत्रमा जलवायुले पारेको प्रत्यक्ष असर महिलालाई पनि परेको हुन्छ, पानीको मुहान सुक्दा टाढा–टाढासम्म महिलाहरु पानी लिन जानुपर्ने हुन्छ ।”

राईले जलवायुजन्य सङ्कटले ल्याएका प्राकृतिक विपद्ले विद्यालयका भौतिक संरचनाहरुलाई क्षति पुर्‍याउँदा शैक्षिक क्षेत्रमा समेत असर गरिरहेको बताएको छिन । सरकारका आगामी नीति तथा कार्यक्रमहरु जलवायु लैङ्गिक उत्तरदायी हुनुपर्नेमा उनको भनाइ छ । जलवायु परिवर्तनका असरका कारण अपाङ्गता भएका व्यक्तिहरुलाई पनि असर परिरहेको भन्दै जलवायु अनुकूलनमा उनीहरुको क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने धारणा राखे ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गत रेड कार्यान्वयन केन्द्रका प्रमुख नवराज पुडासैनीले वन तथा जलवायुको क्षेत्रमा महिलाहरुको नेतृत्वदायी भूमिका बढाउन सकेमा लैङ्गिक जलवायु न्याय सुनिश्चित गर्न सम्भव हुने भनाइ राखे।

नेपालका लागि स्वीडेनका महावाणिज्य राजदूत मौसमी श्रेष्ठले जलवायु लैङ्गिक न्यायका लागि नेतृत्वदायी भूमिका महिलाको सहभागिता जरुरी रहेको बताएको छन ।

जलवायुविद् डा। सिर्जना बरालले प्राकृतिक स्रोत व्यवस्थापनको नेतृत्वदायी भूमिकामा महिलाको सहभागिता अनिवार्य हुनुपर्ने बताएको छन । जलवायु परिवर्तनसम्बन्धी लैङ्गिक तथा सामाजिक समावेशीकरण रणनीति तथा कार्ययोजना ९२०७७–२०८७० ले पनि व्यक्ति, परिवार वा समुदायको अनुकूलन क्षमता स्रोतमाथिको पहुँच, जीविकोपार्जनको रणनीति तथा निर्णय प्रक्रियामा रहने सहभागिताले निर्धारण गरेको प्रस्ट पारेको छ ।

कार्ययोजनाअनुसार नेपालमा जलवायु परिवर्तनको असर र प्रभाव विशेषगरी महिला, दलित, आदिवासी जनजाति, अल्पसङ्ख्यक र सीमान्तकृत समुदाय तथा भौगोलिक विकटताका क्षेत्रमा बढी परेको छ । “महिला तथा सीमान्तकृत समुदायहरूको जीविकोपार्जन तुलनात्मक रूपमा प्राकृतिक स्रोतमा बढी निर्भर रहेको र यी स्रोतहरू जलवायु परिवर्तनका असरप्रति अति संवेदनशील रहेका कारण स्रोतहरूको उपलब्धता र गुणस्तरमा आएको क्रमिक ह्रास एवं क्षतिका कारणले ती समुदायको जीविकोपार्जनमा प्रत्यक्ष असर पारेको छ”, कार्ययोजनामा उल्लेख छ, “साथै जीविकोपार्जनका वैकल्पिक अवसरहरूको अभावका कारण उनीहरू परिवर्तित प्रतिकूल परिस्थितिको सामना गर्न असमर्थ हुने गरेका छन् ।”

कमजोर आर्थिक, सामाजिक अवस्था, समाजमा स्थापित परम्परागत लैङ्गिक भूमिका, सेवामूलक घरायसी कार्यको जिम्मेवारी, स्रोत तथा सेवामा असमान पहुँच, फरक एवं विशिष्ट शारीरिक र स्वास्थ्यसम्बन्धी आवश्यकता, जीविकोपार्जनका अवसरको सीमितता, निर्णय प्रक्रियामा सहभागिताको कमीलगायत विभेदपूर्ण सामाजिक, सांस्कृतिक मान्यता तथा नीतिगत व्यवस्थाहरू नै लैङ्गिक असमानताका प्रमुख कारक तत्व रहेको उल्लेख छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाढीको समस्या दीर्घकालिन रुपमा समाधान हुने आशा

बाँके। बाँकेको राप्ती नदी किनारका बस्तीका नागरिकहरुले नयाँ सरकारले बाढी तथा कटानको समस्या दीर्घकालिनरुपमा समाधान गर्नेमा आशावादी देखिएका छन् ।   रा...

शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन

काठमाडौँ। प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन यही वैशाख ४ गते हुँदैछ । ‘मिनी संसद्’ का रूपमा रहेका समितिका सभापतिको निर्वाचनका ला...

इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति, नेपाली कामदार जान पाउने

काठमाडौं । सरकारले इजरायलसहित चार देशमा पुन: श्रम स्वीकृति खुला गरेको छ। इजरायल–अमेरिका तथा इरानबीचको तनावका कारण स्थगित गरिएको पुन: श्रम स्वीकृति पुन...

गुडिरहेको बसमा आगलागी, ४० यात्रुको सकुशल उद्धार

स्याङ्जा। स्याङ्जाको वालिङबाट बागलुङको पञ्चकोटतर्फ गएको यात्रुवाहक बसमा पोखरामा गुडिरहेकै अवस्थामा अचानक आगलागी भएको छ । नयाँ वर्ष २०८३ मनाउन वालिङ नग...

दीपक खड्कालाई थुनामै राख्न सर्वोच्च अदालतको आदेश

काठमाडौं । सर्वोच्च अदालत ले नेपाली कांग्रेसका नेता दीपक खड्का लाई हाल थुनामै राख्न आदेश दिएको छ। खड्काकी श्रीमती विनिता थापा ले दायर गरेको बन्दीप्...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी, यी हुन् मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहेको छ। बैठकमा समसामयिक राजनीतिक विषयदेखि पार्टीको आन्तरिक व्यवस्थापनसम्मका वि...

पूर्ण निष्ठाका साथ राष्ट्रनिर्माणमा आ-आफ्नो जिम्मेवारी पूरा गरौँ : प्रधानमन्त्ती शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा पूर्णनिष्ठाका साथ राष्ट्र निर्माणमा आ-आफ्नो जिम्मेवारी पूरा गरौँ भन्ने शुभकामना व्यक...

मलामी गएका प्रकाश महाकाली नदीमा डुबेर बेपत्ता

कञ्चनपुर। मलामी गएका एक युवक महाकाली नदीमा डुबेर बेपत्ता भएको छन् । मङ्गलबार दिउँसो छिमेकीको मलामी गएका बेला शुक्लाफाँटा नगरपालिका–७ का ४५ वर्षीय प...

आगामी दशकमा ३० हजार मेगावाट विद्युत् जडित क्षमता पुर्‍याउने सरकारको लक्ष्य

काठमाडौं । सरकारले आगामी दशकभित्र देशको विद्युत् जडित क्षमता ३० हजार मेगावाट पुर्‍याउने महत्वाकांक्षी लक्ष्य तय गरेको छ। ६ राजनीतिक दलका चुनावी प्रतिब...

नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने सरकारको प्रतिबद्धता

काठमाडौं । सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। प्रतिनिधिसभामा प्रतिनिधित्व गर्...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending