Khabar Dabali २३ असार २०८३ मंगलवार | 7th July, 2026 Tue
Investment bank

ईपीएस भाषा परीक्षाको नयाँ आवेदन यो वर्ष किन ढिलो खुल्दैछ ? कोटा घट्ने आशंका

खबरडबली संवाददाता

काठमाडौं । गत वर्ष परार सालभन्दा झन्डै आधा मात्रै नेपाली कामदारहरू लगेको दक्षिण कोरियाले यो वर्ष नेपालमा नयाँ भाषा परीक्षाको आवेदन खुलाउने मिति अझैसम्म तय नगरेको अधिकारीहरूले बताएका छन्।

परीक्षाको मिति तय नहुँदा भाषा परीक्षाको तयारीमा रहेका युवाहरूले ग्वार्कोस्थित ईपीएस कोरिया शाखामा बारम्बार सम्पर्क गर्दै आएका छन्। दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्रका लागि अघिल्लो वर्ष पुसमा भाषा परीक्षाको आवेदन खुलाएको थियो।

कुल एक लाख ६३ हजार जनाले आवेदन दिएकामा १७,०३० जना भाषा परीक्षामा उत्तीर्ण भएका थिए। तीमध्ये ३,१२६ जनाको सीप परीक्षाको नतिजा आउन बाँकी रहेको ईपीएस कोरिया शाखाका सूचना अधिकारी कमलराज श्रेष्ठले जानकारी दिए।

एउटै क्षेत्रमा आवेदन दिनेहरूको सङ्ख्या धेरै हुँदा दक्षिण कोरियाको मानव संसाधन विभागलाई कोरियाली भाषा परीक्षा सक्न एक वर्ष लागेको थियो। फलतः गत वर्ष  'रूट इन्डस्ट्री' बाहेकका अन्य क्षेत्रमा दक्षिण कोरियाले नेपालमा भाषा परीक्षा सञ्चालन गरेन।

कहिले खुल्छ भाषा परीक्षाको आवेदन

यो वर्ष दक्षिण कोरियाले नेपालबाट सेवामूलक र वन विज्ञानसहित 'होटल तथा रेस्टुराँ' र पानीजहाज निर्माणका क्षेत्रमा पनि भाषा परीक्षा सञ्चालन गर्ने अपेक्षा गरिएको छ। तर सन् २०२५ का लागि ईपीएस भाषा परीक्षाको आवेदन खुल्न अझै केही महिना लाग्न सक्ने अधिकारीहरू बताउँछन्।

भाषा परीक्षा पास भएर पनि दक्षिण कोरिया जाने पर्खाइमा रहेका नेपालीहरूको सङ्ख्या ३०,००० भन्दा धेरै भएपछि यो वर्ष दक्षिण कोरियाले भाषा परीक्षामा केही ढिलाइ गर्ने देखिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको वैदेशिक रोजगार महाशाखाका बसन्तबहादुर बोहरा बताउँछन्।

"हाम्रोमा यो वर्षका लागि ईपीएस भाषा परीक्षाको आवेदन खुल्न अझै दुई-तीन महिना लाग्न सक्ने कोरियाली पक्षले अनौपचारिक कुराहरूमा जानकारी गराएको छ," बोहराले भने।

"त्यसअघि दुई देशबचीको द्विपक्षीय श्रम सम्झौता नवीकरण पनि गर्नुपर्ने छ।" दक्षिण कोरियाले नेपाललाई भाषा परीक्षाको कार्यतालिका नदिएको ईपीएस कोरिया शाखाका निर्देशक राजकुमार राई बताउँछन्।

"अहिलेसम्म परीक्षाको कार्यतालिकाबारे कुनै जानकारी नआउँदा अन्योलको अवस्था देखिएको छ," उनले भने।

नेपालको प्रस्ताव

नेपाल र दक्षिण कोरियाबीच हरेक दुई वर्षमा नवीकरण गर्नुपर्ने श्रम सम्झौता गत नोभेम्बरमा सकिएको छ। श्रम सम्झौता नवीकरणका क्रममा दक्षिण कोरियामा 'ई-सेभन' भिसा अन्तर्गत दक्ष कामदार पनि ईपीएसकै प्रक्रियाबाट पठाउने विषय समेट्न नेपालले प्रस्ताव गरेको बोहराले जानकारी दिए।

"ईपीएसबाट अहिले अर्धदक्ष कामदारहरू गइरहेका छन्। दक्ष कामदार पठाउने प्रक्रिया पनि यही सम्झौतामा समेट्नेबारे छलफल भइरहेको छ," बोहराले भने।

ईपीएस कोरिया शाखाका अनुसार दक्षिण कोरिया जानका लागि भाषा परीक्षा उत्तीर्ण गरेर 'रोस्टर' भनिने प्रतीक्षाको सूचीमा रहेका नेपाली युवाहरूको सङ्ख्या ३०,००० भन्दा धेरै छ।

श्रम मन्त्रालयले नेपालले कामदारको आवश्यकताका आधारमा मात्रै परीक्षा सञ्चालन गर्न सुझाव दिएको छ। "उहाँहरूले तत्काल लिने कामदारको सङ्ख्याभन्दा बढीमा २० प्रतिशत मात्रै रोस्टरमा रहने गरी माग गर्न हामीले भनेका छौँ," बोहरा भन्छन्।

यसअघि दक्षिण कोरियाले ईपीएस भाषा परीक्षामा कामदारहरूको माग सङ्ख्याभन्दा दुईतिहाइ बढी मात्रै आवेदन लिन नेपाललाई आग्रह गरेको थियो। त्यसलाई कसरी सम्बोधन गर्ने भन्नेबारे नेपाली पक्ष अझैसम्म कुनै निर्णयमा नपुगेको श्रम मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

यो वर्ष कोटा घट्ने आशङ्का

कोरियाको मानव संसाधन विभागको वेबसाइटमा उल्लेख भए अनुसार नेपालसहित केही देशमा ईपीएस भाषा परीक्षाको आवेदन मिति तय हुन बाँकी छ।

ईपीएस प्रणालीबाट गत वर्ष १६ वटा राष्ट्रबाट एक लाख ६५,००० कामदार लैजाने घोषणा गरेको दक्षिण कोरियाले यो वर्ष कामदारको माग सङ्ख्या घटाएको कोरियाली श्रम तथा रोजगार मन्त्रालयलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

'द कोरिया टाइम्स'का अनुसार सन् २०२५ मा दक्षिण कोरियाले ईपीएसमा विश्वभरिबाट एक लाख ३०,००० कामदार मात्रै लैजाने तयारी गरेको छ।

त्यसको असर नेपालमा पनि पर्ने आकलन अधिकारीहरूको छ। उनीहरूका अनुसार सन् २०२५ मा नेपालबाट दक्षिण कोरिया लैजाने कामदारहरूको सङ्ख्या उल्लेख्य मात्रामा घट्न सक्छ। यसै वर्षबाट ईपीएस प्रणालीमार्फत् कामदार लगिने देशहरूको सूचीमा ताजिकिस्तान पनि थपिँदै छ।

यसअघि सन् २०२५ मा कोरियाबाट २०,००० भन्दा धेरै नेपाली कामदारहरूको माग हुने आकलन गरिएकोमा अब त्यो सङ्ख्या कम हुन सक्ने उनीहरू बताउँछन्।

दक्षिण कोरियाले ईपीएस प्रणालीबाट बाङ्ग्लादेश, श्रीलङ्का, पाकिस्तान, क्याम्बोडिया, म्यान्मारसहित विभिन्न देशहरूबाट कामदार लैजाने गरेको छ। तीमध्ये पछिल्ला वर्षहरूमा सबैभन्दा धेरै कामदार नेपालबाट पर्ने गरेका छन्।

सन् २०२३ मा नेपालबाट ईपीएस प्रणालीअन्तर्गत १९,६९८ कामदार रोजगारीका लागि छनोट भएका थिए। त्यसअघि सन् २०२२ मा १४,००० जना गएको ईपीएस कोरिया शाखाका अधिकारीहरू बताउँछन्। दक्षिण कोरियामा ईपीएसबाट गएका नेपाली कामदारको सङ्ख्या ६०,००० जति रहेको अधिकारीहरू बताउँछन्। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending