धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफूसँग काम गर्न असहज लाग्नेले मन्त्री पदबाट राजीनामा दिँदा हुन्छ भनी अभिव्यक्ति दिएको छन । कञ्चनपुरको महेन्द्रनगरमा सोमबार आयोजित आर्थिक मामिला मन्त्रालय र नीति तथा योजना आयोगको आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले सो अभिव्यक्ति दिएको हो । मुख्यमन्त्री शाहले स्पष्ट रूपमा भने, “मसँग असहज मान्ने मन्त्रीले राजीनामा दिएर जाँदा हुन्छ र कर्मचारीले पनि सरुवा लिएर जान सुझाव छ ।”
विभिन्न किसिमका तर्क दिएर बजेट कार्यान्वयन ढिला गराउने र अल्झाउने काम कसैले नगर्दिनुहोला भन्दै उहाँले कुनै मन्त्री र राज्यमन्त्रीलाई काम गर्न असहज छ भने राजीनामा दिए हुन्छ, कर्मचारीलाई असहजता महसुस भएको छ भने सरुवा लिएर गए हुन्छ तर सुशासन र जनतालाई सेवासुविधा दिने कुरामा कोही कसैसँग सम्झौता नहुने बताए।
मुख्यमन्त्री शाहले बजेट निर्माण गर्दा केही न केही मापदण्ड बनाएर अघि बढ्नु पर्छ, त्यसो गर्न सके जनताका काम सहज रूपमा हुने बताए । उनले जनतालाई सेवासुविधा दिने क्रममा कुनै समस्या आए आफूले समाधान गर्ने र त्यसका लाग जेल जानु परे जान पनि तयार रहेको बताए ।
मुख्यमन्त्री शाहले बजेटमा बजेटलाई जनतामुखी र उत्पादनमुखी बनाउन सकिन्छ त्यसका लागि स्पष्ट खाका लिएर आउन निर्देशन दिए। सही ढङ्गले काम गरे अहिलेकै कर्मचारीले धेरै हुने बताउँदै उनले कर्मचारी अभावका कारण कार्यसम्पादन कम भएको भन्ने कुरा गलत रहेको बताए।
उनले सो अवसरमा चालु वर्षका आयोजना पनि के कसरी अगाडि बढ्दै छन्, तालिकासहित मुख्यमन्त्री कार्यालयलाई जानकारी गराउन पनि निर्देशन दिए। गत वर्ष साढे ३६ अर्बको बजेट साढे २९ अर्बमा ल्याउने हिम्मत पनि आफैँले गरेको दाबी पनि उहाँले गर्नुभयो । सो कार्यक्रममा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, प्रदेश सरकारका मन्त्री, राज्यमन्त्री, प्रदेश सभा सदस्य, प्रमुख सचिव, सबै मन्त्रालयका सचिवको सहभागिता रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २ गते, २०८३ - १८:१३
काठमाडौँ। १ असारदेखि भदौ मसान्तसम्म कुनै पनि निकायले विनाअनुमति सडक खन्न नपाउने भएका छन्। वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन लगायतका प्रयोजनका ला...
आषाढ़ २ गते, २०८३ - १७:२४
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली तथा बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएको छिन्।...
आषाढ़ २ गते, २०८३ - १७:०५
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( नेपाली कम्युनिष्ट पार्टीका) का मुख्य सचेतक युवराज दुलालले बजेटमा सांसदहरूले सिफारिस गरेका योजनाहरू स्पष्ट रूपमा न...
आषाढ़ २ गते, २०८३ - १६:४०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा भाइरल भइरहेको आफ्नो एउटा भिडियोबारे स्पष्टीकरण दि...
आषाढ़ २ गते, २०८३ - १६:३३
सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनका वडाध्यक्ष प्रकाशप्रसाद गुप्तालाई प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि सर्लाही जिल्ला अदालतको फैसला ...
आषाढ़ २ गते, २०८३ - १६:२६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन गरिएको छ। अब महाधिवेशन भरतपुरस्थित चितवन उद...
आषाढ़ २ गते, २०८३ - १६:०४
काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि छलफल जारी छ। आजको बैठकमा सांसदहरूले सम्बन्धित मन्त्रालयको...
आषाढ़ २ गते, २०८३ - १५:४८
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा ६ जना मन्त्री उपस्थित भएपछि बैठक सुचारु भएको छ। बजेटमाथि मन्त्रालयगत छलफलका क्रममा मन्त्रीहरूको अनिवार्य उपस्थिति...
आषाढ़ २ गते, २०८३ - १५:३८
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज परिसूचक आज सामान्य गिरावटसहित बन्द भएको छ। साताको कारोबार हुने तेस्रो दिन नेप्से ६.३१ अंकले घटेर २७०५.४५ विन्दुमा पुगे...
आषाढ़ २ गते, २०८३ - १४:५६
काठमाडौँ । अमेरिका–इरान शान्ति सम्झौतापछि स्ट्रेट अफ हर्मुज मार्फत ढुवानी पुन: सुरु गर्न मद्दत गर्न सेना पठनउने विषयमा जापानले अझै निर्णय गरी नसकेको ब...



प्रतिकृया लेख्नुहोस्: