काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफूले रुसबाट धेरै दुष्प्रचार बेहोरेको र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प पनि त्यसबाट प्रभावित भएको बताए।
ट्रम्पले जेलेन्स्कीको लोकप्रियताको रेटिङ् ४ प्रतिशतमा झरेको भनेपछि उनले सो टिप्पणी गरेका हुन्। अहिले युक्रेनी जनतामध्ये ५८ प्रतिशतले आफ्नो नेतृत्वलाई रुचाएको उनले बताए।
उनी सन् २०१९ मा पाँच वर्षका निम्ति युक्रेनका राष्ट्रपति निर्वाचित भएका हुन्। युक्रेन युद्धपश्चात् अमेरिका र रुसबीच साउदी अरेबियाको रियादमा मङ्गलवार भएको पहिलो प्रत्यक्ष वार्तापछि बोल्दै राष्ट्रपति ट्रम्पले युक्रेन शान्ति सम्झौता हासिल हुने बारे आफू थप विश्वस्त भएको बताएका छन्।
उनले युक्रेनले युद्ध समाप्त पार्न यसअघि नै सम्झौता गर्न सक्थ्यो पनि भनेका थिए। आफ्नो देशलाई उक्त वार्तामा नडाकिएकोमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आश्चर्य प्रकट गरेकोप्रति ट्रम्पले त्यस्तो टिप्पणी गरेका हुन्।
किएभले आफू सामेल नभई गरिएका कुनै शान्ति सम्झौतालाई मान्यता नदिने भनेको छ। यसबीच मस्कोमा बोल्दै रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले युक्रेन सङ्कट समाधानका निम्ति मूल कारणहरूको सम्बोधन गर्नुको विकल्प नभएको बताएका छन्।
उनले यो विषय फेब्रुअरी १२ मा राष्ट्रपति ट्रम्पसँगको टेलिफोन कुराकानीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उठाएको उल्लेख गरे।
रियादमा भएको द्विपक्षीय वार्तामा सहभागी लाभ्रोभले त्यहाँ पनि आफूहरूले यो विषय उच्च महत्त्वका साथ उठाएको बताए।
उनले रुसविरुद्धका सुरक्षा खतरा हटाउन जरुरी भएको र त्यसको सिर्जना युक्रेनलाई नेटो गठबन्धनमा तान्ने प्रयासले गरेको बताए।
युक्रेन हाल नेटो गठबन्धनमा छैन तर सन् २००८ मा उक्त गठबन्धनले युक्रेनलाई पनि भविष्यमा सदस्यता दिइने सहमति गरेको थियो।
युक्रेनको नेटो सदस्यता आफूलाई सुरक्षा खतरा हुने रुसले बताउने गरेको छ भने नेटोले चाहिँ सदस्यता लिने वा नलिने भन्ने विषय कुनै पनि देशको सार्वभौम निर्णयको मामिला भन्ने गरेको छ। बीबीसी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - ०९:२५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सचिवालयले चुनावी सहकार्यका विषयमा रास्वपासँग कुनै छलफल नभएको प्रष्टीकरण दिएको छ। प...
पौष १० गते, २०८२ - ०९:०९
काठमाडौँ । चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ। काठमाडौँ उपत्यकामा चन्द्रागिरि सम्भवतः पहिलो ‘बालश्र...
पौष १० गते, २०८२ - ०९:०२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ११ किलो तौलको माला लगाएर बधाइ तथा शुभकामना व्यक्त गरिएको छ। काठमाडौं–संखुवासभा सम्पर्क मञ्चका ने...
पौष १० गते, २०८२ - ०८:३१
कुपण्डोललाई भेटघाटको केन्द्र बनाएर यी दलका नेतासँग पनि गरे बेग्लाबेग्लै छलफल
पौष १० गते, २०८२ - ०८:११
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् । बीस वर्षअघि बिलाउनीको झाडीले भरिएको भि...
पौष १० गते, २०८२ - ०८:००
काठमाडौं । सरकारले तोकेको प्रतिनिधिसभा निर्वाचन आउन साढे दुई महिना मात्र बाँकी रहे पनि प्रमुख दुई दल कांग्रेस र एमालेले संसद् पुनःस्थापनालाई मुख्य प्र...
पौष १० गते, २०८२ - ०७:५७
काठमाडौं । अन्तरिम सरकार गठन भएको सय दिन नाघिसक्दासमेत सम्पत्ति विवरण सार्वजनिक भएको छैन । सबै मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसकेको दाबी गरे पनि सरक...
पौष १० गते, २०८२ - ०७:४६
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ५१ औँ दीक्षान्त समारोह आज हुँदैछ। विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रम...
पौष १० गते, २०८२ - ०७:३५
वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको पाँच महिनाको ...
पौष १० गते, २०८२ - ०७:१९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने निर्णय ग...




प्रतिकृया लेख्नुहोस्: