Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप- म्यानमारसँग भिड्दै नेपाल

खबरडबली संवाददाता

काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा आज नेपालले म्यानमारसँग खेल्दैछ। खेल नेपाली समय अनुसार साँझ ६ बजे दशरथ रंगशालामा हुनेछ।  

आ–आफ्ना दुई खेलमा विजयी हुँदै यी दुई टोली फाइनलमा पुगिसेका छन्। आजको खेल फाइनल नभएपनि फाइनल भिडन्त जस्तै हुने अपेक्षा गरिएको छ। 

नेपालले कीर्गिस्तान र लेबनानलाई समान एक गोलले हराउँदै उपाधि नजिक पुगेको हो भने म्यानमारले कीर्गिस्तानलाई ५–० र लेबनानलाई ३–१ गोलले हराएको छ। 

एएफसी महिला एसियन कप र फिफा विश्वकप लक्षित प्रतियोगिताको उपाधि भिडन्त भने फागुन १४ हुनेछ।

ओलम्पिक छनोटअन्तर्गत घरेलु मैदानमै भियतनामसँग खेलेको नेपाली टोली गत वर्ष साउदी अरेबियामा भएको वाफ वुमन्स च्याम्पियनसिपको उपविजेता बनेको थियो। नेपालले पहिलो पटक घरेलु मैदानमै तीन राष्ट्रलाई आमन्त्रण गरेर खेलिरहेको छ। 

हालसम्म अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जित्न नसकेको नेपाल यस पटक त्यो खडेरी तोड्ने लक्ष्यमा हुनेछ। नेपाल १२ पटक अन्तर्राष्ट्रय प्रतियोगिताको फाइनलमा पुगे पनि उपाधि हात पार्न सकेको छैन।

म्यानमार अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप खेल्नेमध्ये सबैभन्दा उच्च वरीयताको टोली र उपाधिको प्रबल दाबेदार हो। म्यानमार हाल फिफा महिला विश्व वरीयतामा ५५औं स्थानमा छ। 

म्यानमारले पाँच पटक एएफसी महिला एसियन कप खेलिसकेको छ । म्यानमारले सन् २०२२ मा भारतमा भएको एएफसी महिला एसियन कपको पछिल्लो संस्करणमा प्रतिस्पर्धा गरेको थियो। 

म्यानमारले अहिलेसम्म नेपालसँग हार बेहोरेको छैन।  नेपालले म्यानमारसँग अहिलेसम्म ३ खेल खेलेको छ। जसमा म्यानमारले २ खेल जित्दा १ खेल बराबरीमा सकिएको छ।

सन् २०१९ मा भारतमा भएको हिरो कपको लिग चरणमा नेपाल म्यानमारसँग ३–० तथा फाइनलमा ३–१ ले पराजित भएको थियो। त्यसअघि सन् २०१८ मा भएको ओलम्पिक एसिया छनोटको पहिलो चरणमा नेपालले म्यानमारसँग १–१ को बराबरी खेलेको थियो। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसद्‌ ब्युँताउने रिट निवेदनमा देउवाको समर्थन छ ?

काठमाडौं । नेपाली कांग्रेसका केही पूर्व सांसदहरूले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेपछि उक्त दलकै वर...

बयानमा नआउने ओलीको अडान, प्रहरी परिचालन गर्ने आयोगको तयारी

काठमाडौं । २३ र २४ भदौका घटना जाँचबुझ गर्न गठित आयोगले नीतिगत निर्णय गर्ने र निर्देशन दिने तहका अधिकारीहरूको बयान लिन थालेको छ । तर तत्कालीन प्रधानमन्...

एमाले महासचिवमा ६ जना आकांक्षी, कसले मार्ला बाजी ?

काठमाडौं । शनिबारदेखि सुरु हुने नेकपा (एमाले) को एघारौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा तय भइरहेका बेला महासच...

विश्व उड्डयन बजार पुनः सशक्त बन्दै

जेनेभा । अन्तर्राष्ट्रिय हवाई यातायात सङ्गठनका अनुसार विश्वभरका विमान कम्पनीहरूले विभिन्न आर्थिक तथा राजनीतिक चुनौतीका बाबजुद सन् २०२६ मा करिब पाँच अर...

निर्वाचन आउन ८५ दिन बाँकी: आयोगले केही मतदानस्थलको पुनरावलोकन गर्दै

काठमाडौँ । निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरावलोकन गर्ने भएको छ । आयोगले एक सूचनामार्फत सहज रुपमा मतदान गर्ने प्रयो...

पूर्व–पश्चिम राजमार्ग विस्तार गर्न ६ हजार रुख काटिने

महोत्तरी । पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७ रुख कटान गरिने भएको छ ।  पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत कमला–ढल्...

यस्तो रहने छ आजको मौसम

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव  छैन ।  आज दिउँसो कोशी  र गण्डकी प्रदेशका पहाडी ...

एनपीएलः एलिमिनेटरमा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

काठमाडौँ । त्रिभुवन  अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटरमा आज अपराह्न ४ः०० बजे काठमाडौँ गोर्खाज र लुम्...

बागलुङमा धान उत्पादनमा बढ्यो

बागलुङ । यसवर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा वर्षा हुँदा उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा यसवर्ष ८४ दश...

र्‍यापर स्यामुयलद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार

काठमाडौँ । चर्चित ब्रिटिस र्‍यापर क्लार्क स्यामुयलले आफूले चलाएको कारको ठक्करबाट एक नेपाली युवकको ज्यान गएको स्वीकार गरेका छन् । बेलायतको महानगरीय ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending