Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

जनतासँग माओवादी अभियान- आज मोरङमा के कार्यक्रम तय भएका छन् ?

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रले हिजोदेखि सुरु गरेको हुलाकी मार्ग एवं पूर्वपश्चिम लोकमार्गमा आधारित जनतासँग माओवादी तराई मधेस जागरण अभियान अन्तर्गत आज मोरङमा १० स्थानमा कार्यक्रम तय भएको छ । 

अध्यक्ष पुष्पकमल दाहालसहितको पदाधिकारीको टोली बिहान ९ बजे मोरङको कानेपोखरी चोकमा आइपुग्ने भएको छ । त्यहाँ चिया खाएर साढे ९ बजे पार्टी प्रवेश गर्न लागेका कांग्रेस नेता जयराज लिम्बुको घरमा भेटघाट कार्यक्रम रहेको छ । 

त्यसपछि कानेपोखरी रमाइलो बजारमा खबरदारी सभा तय भएको छ । त्यहाँको कार्यक्रम सकेर अभियान टोली मोरङ सुनवर्षीको कदमगाछीमा रहेको सुधीर मण्डलको घर साढे १२ बजेसम्ममा खाना खाने, सहिद परिवार जुब्बा सोरेनको घरमा भेटघाट गर्ने कार्यक्रम छ। 

दिउँसो १ बजेदेखि साढे २ बजेसम्म रतुवामाईको आमबारी चोकमा खबरदारी सभामा सहभागी हुनेछ । 

खबरदारी सभा सम्पन्न भएपछि अभियान टोली सुनवर्षी ८ मुस्लिम टोल मेहबुब आलमको घरमा चिया खाने र साँझ ५ बजेसम्ममा धनपालथानको कर्सिया बजारको खबरदारी सभामा सहभागी हुने कार्यक्रम छ ।

त्यसपछि ६ बजेसम्म सानातिना भेटघाट, साँझ ७ बजे धनपालथान–५ दादरबुैरियामा तय गरिएको बासस्थानमा पुग्ने कार्यक्रम छ । 

यस्तै १४ गते बिहान सोही स्थानमा मर्निङवाक गर्दै बिहान ८ बजे विराटनगर पुग्ने कार्यक्रम छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि-बालेनसँग कुलमानको वार्ता निष्कर्षविहिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकामा पछुतो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...

प्रतिनिधिसभा निर्वाचन ६६ दिन बाँकी- राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...

प्रतिनिधिसभा निर्वाचन- एक मतदातास्थल सहित १८ केन्द्र थप गरियो

चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन्  । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...

भारतीयलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...

चिसोमा बनिहारालाई हात मुख जोड्नै धौधौ

महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...

नयाँ शैलीमा मानव बेचबिखन- नक्कली विवाहदेखि ‘साइबर ट्राफिकिङ’सम्म

कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...

रवि-बालेन मिल्दा किन छुटे कुलमान ?

अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति

प्रतिनिधिसभा निर्वाचन- आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending