Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

सम्पत्ति भागबण्डाका विषयमा घरझगडा- कुटपिट गरी छोराको हत्या अभियोगमा दम्पती पक्राउ

खबरडबली संवाददाता

मकवानपुर । छोराको हत्या अभियोगमा यहाँको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित अदुवाबारीका ६४ वर्षीय मीनबहादुर ब्लोन र उहाँकी पत्नी ६३ वर्षीया देवीमायालाई  प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी निगरानीमा उपचार भइरहेको उनीहरुलाई हिजो जिल्ला प्रहरी कार्यालयमा ल्याइएको हो । प्रहरी हिरासतमा राखेर ब्लोन दम्पतीमाथि अनुसन्धान थालिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । 

उनीहरुमाथि आफ्नै ३१ वर्षीय छोरा भरतकुमार ब्लोनलाई कुटपिट गरी हत्या गरेको आरोप लागेको छ । पारिवारिक विवादमा कुटाकुट हुँदा तिनै जना घाइते भएका थिए । जसमध्ये भरतकुमारको अवस्था गम्भीर थियो । 

उनको उपचारका क्रममा गत शनिबार भरतपुर अस्पतालमा मृत्यु भएको थियो । ब्लोन दम्पतीलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । 

भक्तपुर प्रहरीको निगरानीमा उपचार गराएका उनीहरुलाई हिजो मकवानपुर ल्याइएको प्रहरी प्रवक्ता अर्यालले जानकारी दिए । 

“कुटपिटकै कारण मृत्यु भएको भन्ने आरोप छ”, प्रहरीप्रवक्ता अर्यालले भने, “पहिला हामी उहाँहरुको स्वाथ्यस्थिति हेर्छौं । त्यसपछि अनुसन्धान प्रक्रिया अघि बढ्छ ।”

छोरा र बाबुआमाबीच सम्पत्ति भागबण्डाका विषयमा प्रायः घरझगडा पर्दै आएको प्रहरीले जनाएको छ । झगडा भएको थाहा पाएपछि छिमेकीहरुले इलाका प्रहरी कार्यालय, सिस्नेरीलाई खबर गरेका थिए । 

प्रहरी पुग्दा भरतकुमार अचेत अवस्थामा थिए भने ब्लोन दम्पती घाइते अवस्थामा भेटिएपछि प्रहरीकै गाडीमा राखेर उनीहरुलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको थियो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि-बालेनसँग कुलमानको वार्ता निष्कर्षविहिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकामा पछुतो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...

प्रतिनिधिसभा निर्वाचन ६६ दिन बाँकी- राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...

प्रतिनिधिसभा निर्वाचन- एक मतदातास्थल सहित १८ केन्द्र थप गरियो

चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन्  । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...

भारतीयलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...

चिसोमा बनिहारालाई हात मुख जोड्नै धौधौ

महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...

नयाँ शैलीमा मानव बेचबिखन- नक्कली विवाहदेखि ‘साइबर ट्राफिकिङ’सम्म

कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...

रवि-बालेन मिल्दा किन छुटे कुलमान ?

अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति

प्रतिनिधिसभा निर्वाचन- आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending