Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

वडा कार्यालयबाटै मौरीपालन व्यवसायको नयाँ अभ्यास सुरु गरिँदै

खबरडबली संवाददाता

पाल्पा ।  घरका भित्ता, बार्दली, आँगनका डिल वा बारीका छेउछाउ, बगैँचा वरपर मौरीका घार राखिएका हुन्छन् । यसरी नै गाउँघरमा मौरीपालन गरिन्छ । घरका आँगन वरपर, बार्दली, पिँढी तथा भित्तामा पनि मौरीपालन गरेर किसानले राम्रै लाभ लिएका छन् । यी त आमनागरिकलाई देखेका, भोगेका र जानेका कुरा हुन् ।

कार्यालयमा मौरीपालन व्यवसाय थालनी भने कतै भएको सुनिँदैन । पाल्पाको एक सरकारी कार्यालयले मौरीपालन अभ्यास सुरु गरेको छ । बगनासकाली गाउँपालिकाको वडा नम्बर १ को कार्यालय चिर्तुङ्धारामा व्यावसायिक तवरबाट मौरीपालन थालनी गरिएको हो ।

वडा कार्यालयको परिसरमा लहरै मौरीका घार राखिएका छन् । कार्यालयमा पुग्ने सेवाग्राही तथा सर्वसाधारण एवं जोकोहीलाई पनि मौरीफार्ममा पुगेको अनुभूति हुन्छ । कार्यालय परिसरमा लहरै राखिएका मौरीका घारले सेवाग्राही तथा यहाँ पुग्ने जोसुकैले मौरीपालनसम्बन्धी केही न केही नयाँ ज्ञान आर्जन गरेका छन् ।

कार्यालयमा मौरीपालन देखेपछि नागरिकले मौरीपालनसम्बन्धी चासो दिएर जानकारी लिने गरेको कृषि प्राविधिक खिमराज कोइरालाले बताए । सानो लगानीमा घरमा दुई चार घार राखेर व्यवसाय अगाडि बढाउन सकिने, धेरै मेहनत गर्न नपर्ने हुँदा किसानलाई व्यवसायउन्मुख बनाउनका लागि वडा कार्यालयबाटै मौरीपालन व्यवसाय सञ्चालन गरिएको प्राविधिक कोइरालाले जानकारी दिए ।

वडा कार्यालयको काममा पालो पर्खेर बस्ने समय अहिले मौरीपालनबारे जानकारी लिन सेवाग्राही सक्रिय भएका छन् । कार्यालयमा नयाँ कुराको थालनी भएकाले पनि यस बारेमा धेरैको चासो बढेको छ । वडा कार्यालयको लगानीमा दशवटा आधुनिक घारमा मौरीपालन सुरु गरिएको वडाध्यक्ष शेरबहादुर चिदीले बताए ।  नयाँ अभ्यास भएकाले यसबाट किसानले केही सिकेर घरमा व्यवसाय गर्न उर्जा मिलोस् भनेर सुरु गरेको वडाध्यक्ष चिदीले बताए ।

सेवाग्राहीलाई वडा कार्यालयमा पनि मौरीपालन छ भन्ने अनुभूति गराउँदै घरघरमा मौरीपालनमा लाग्न प्रेरणा प्रदान गर्नका लागि कार्यालयमा व्यावसायिक ढङ्गबाट मौरीपालन गरिएको छ ।

कार्यालय क्षेत्रमा सेरेना मौरीपालन कार्यक्रमअन्तर्गत मौरीपालनलाई जोड दिँदै नयाँ कार्यको अभ्यास भएको छ । वडामा उत्कृष्ट किसानलाई मौरीपालनका लागि वडा कार्यालयबाट गोलासहितको घार वितरण गर्ने वडाको योजना छ ।

अहिले कार्यालयमा मौरीपालनको परीक्षणकाल भएकाले व्यवसाय राम्रो हुँदै गएमा थप गर्दै जाने वडाले जनाएको छ । यो कार्य सम्भवतः नेपालमै नयाँ कार्यको सुरुवात हो । वडा कार्यालयले आर्थिक वर्ष २०८१–०८२ को ९० हजार रुपैयाँ बजेटबाट काम सुरु गरेको छ । व्यवसाय गर्न चाहने हो भने सानो रकमले पनि सञ्चालन गर्न सकिन्छ भन्ने यस वडाले उदाहरण प्रस्तुत गरेको छ ।

सिद्धार्थ राजमार्गसँग जोडिएकाले पनि मौरीको अध्ययन अवलोकन भ्रमणका लागि देशका पूर्वदेखि पश्चिमसम्मका किसान बगनासकाली आउने गरेको कृषि शाखा प्रमुख किशोरकुमार खत्रीले बताए ।

पाल्पा जिल्लामै बगनासकाली गाउँपालिका मौरीपालनको सम्भावना बोकेको क्षेत्र हो । यहाँबाट अन्य जिल्लामा गोलासहितको मौरीघार पठाइन्छ । गाउँपालिकामा एक दर्जनभन्दा बढी किसान व्यावसायिक मौरीपालनमा आबद्ध छन् ।

यहाँका किसानले मह उत्पादनभन्दा गोला बिक्रीमा जोड दिएका छन् । गोलासहित आठ हजार पाँच सयमा मौरीघार बिक्री भइरहेको छ । एक दुई घारदेखि धेरैमा एक हजार तीन सय घारसम्म मौरीपालन गर्ने गरेको पाइन्छ ।

किसानले स–सानो लगानीमा थोरै–थोरै मौरीपालन गरेर मह उत्पादन तथा गोलासहित घार बिक्रीबाट आम्दानी लिने गरेका छन् । मध्यपहाडी क्षेत्रमा सेरेना जातको मौरीपालनको सम्भाव्यता भएको हुँदा पाल्पा जिल्लाको बगनासकाली गाउँपालिकाभित्र व्यावसायिक रूपमा मौरीपालन भइरहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आन्तरिक पर्यटकको रोजाइमा भोजपुर–बेहेर नागबेली सडक

भोजपुर । सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरिय...

आफैँले काटेको रुखले लागेर १ जनाको मृत्यु, २ जना घाइते

नुवाकोट । आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । आफैँले काटेको रुखले लागेर सोही स्थानका ३५ वर्षीय प्रेम त...

जीवनमा मूल्य र महत्त्वको फरक छुटाउन सक्नुपर्छः हर्क साम्पाङ

ललितपुर। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सदस्यता शुल्क एक सय रुपैयाँ भएको बताएका छन्।ललितपुरमा आयोजित पार्टीको भेलालाई सम...

तनहुँको गाछेपानीमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा...

बाँकेमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । ...

स्वास्थ्य क्षेत्रमा आमूल सुधारको प्रस्ताव

निजी अस्पतालको शुल्क नियन्त्रण गर्न स्तरीकरणको व्यवस्था

सम्पत्ति छानबिनका लागि तयार छु, सरकारले काम गरेको देखेन: वामदेव गाैतम

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पूर्वप्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गर्दै आफू त्यसक...

विभिन्न स्थानबाट लागू‌औषधसहित १७ जना पक्राउ

काठमाडौं । देशका विभिन्न स्थानबाट लागू‌औषधसहित प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ। नवलपरासी पश्‍चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔ...

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रुपन्देहीलाई

दाङ । यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि रुपन्देहीले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा पाल्प...

लुम्बिनीका विद्युतीय बसमा स्वार्थको छायाँ

प्रधानमन्त्रीको निर्देशनमा दुई दिन चले, फेरि विमानस्थलतिर मोडिए

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending