Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

लोकतन्त्र विरोधी कानुन संसदले बनाउँदैन : सभामुख घिमिरे

खबरडबली संवाददाता

माछापुच्छ्रे। सङ्घीय संसदका सभामुख देवराज घिमिरेले अभिव्यक्ति स्वतन्त्रता कुण्डित हुने गरी सङ्घीय संसदले कुनै कानुन नबनाउने बताएको छन। 

प्रेस क्लब गण्डकीले शनिबार पोखरामा आयोजना गरेको पुरस्कार अर्पण समारोहमा बोल्दै उहाँले हामी सबैले लडेर ल्याएको लोकतन्त्र विरोधी कानुन बनाउन सम्भव नभएको बताएको हो । “कानुनको अभावमा धेरै बेथिति बढेका छन्,” उनले भने, “बेथितिलाई नियन्त्रण गर्नका लागि कानुन बनाउने हो, जनताको मौलिक अधिकार खोस्ने गरी कानुन बनाउन सम्भव छैन ।” सामाजिक सञ्जालमा सही भन्दा पनि गलत कुराहरू बढी प्रचार भइरहेको उनको भनाइ छ । गलत कुराहरूको प्रचार रोक्नका लागि कानुन आवश्यक भएको उनको भनाइ छ । 

सामाजिक सञ्जलमा देखिएको विकृति, विसङ्गतिलाई नियन्त्रण र नियमन गर्न आवश्यक देखिएको छ,” उनले भने, “त्यसमा देखिएको विकृतिलाई नियन्त्रण गर्न कानुन बनाउँदा व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताको हनन हुँदैन ।” अहिलेको संसद पारदर्शी भएकाले सम्बन्धित सरोकार राख्नेहरूसँग पनि व्यापक रूपमा छलफल गरेर मात्र कानुन निर्माण गर्ने संसद कटिबद्ध रहेको उनको भनाइ छ । उनले पत्रकारिता क्षेत्रको काम समाचार लेख्ने र सम्प्रेण गर्ने मात्र नभएर हामीले प्राप्त गरेको उपलब्धीको रक्षा गर्ने जिम्मेवारी पनि  भएको उनले औँल्याए । उहाँले लोकतान्त्रिक प्रणालीमा प्रेस स्वतन्त्रतालाई अंकुश लगाउने गरी कानुन नबन्ने ठोकुवा गरे।  

कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश सभा संसदीय दलका नेता तथा पूर्वमन्त्री खगराज अधिकारीले लोकतन्त्र विरोधी गतिविधि बढीरहेकोले त्यसप्रति सचेत हुनुपर्ने बताए । “स्वतन्त्रताको नाममा छाडातन्त्र चलिरहेको छ,” उनले भने, “सामाजिक सञ्जाल देखिएको बेथितिलाई नियन्त्रण गर्नुुपर्दछ ।”

उनले पूर्वराज ज्ञनेन्द्र गण्न्तत्र विरोधी गतिविधिमा सक्रि भएको आरोप लगाए । कास्की क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद दामोदार पौडेल वैरागीले सार्वजिक सञ्जाल प्रयोग, तथा नियगमन गर्ने सम्बन्धमा बनेको विधेयक अभिव्यक्ति स्वतन्त्रता विरोधी नभएको जिकिर गरे। 

प्रेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरीको अध्यक्षमा भएको कार्यक्रममा पत्रकार कृष्णमणि बराललाई रुपियाँ ५० हजार, दोसल्ला र प्रमाणपत्रसहित प्रेस क्लब पत्रकारिता पुरस्कारबाट सभामुख देवराज घिमिरेले सम्मान गरेको थिए । पत्रकारिताको माध्यमबाट पर्या पर्यटन, वातावरण र गिद्ध संरक्षणमा योगदान पुर्‍याएको भन्दै पत्रकार बराललाई संस्थाले सम्मान गरेको हो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।  शुक्रबार घाइते पत्रकारलाई न...

केन्द्रीय कमिटीमा ओलीले भने : पार्टी भित्रका असन्तुष्टि मिडियामा गएर नपोख्नु

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्।  ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...

अमेरिकाले एकै दिन गर्याे ७५ नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...

बैठकको नेताको मोबाइल फोन बज्दा ओलीले आपत्ति

एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...

रवि लामिछालाई भरतपुरबाट गाडिमा रुपन्देही लगिँदै

चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गरौँ : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...

अमेरिकाले स्थगित गर्याे ‘ग्रीन कार्ड लटरी’

काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending