Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

होलीमय मिथिला

फाइल फोटो
खबरडबली संवाददाता

महोत्तरी । महोत्तरीसहितका मिथिला क्षेत्रमा फागु खेल्न फागुन पूर्णिमा कुर्नु पर्दैन । माघ शुक्ल पञ्चमीदेखि नै रङ अबिर खुल्छ तर परिवेश नै होलीमय चाहिँ १५ दिने मिथिला मध्यमा परिक्रमा आठौँ दिन महोत्तरीको कञ्चनवन पुगेपछि सुरु हुन्छ । 

त्यसयता दिनहुँ मिथिलामा होली समारोह हुन्छन् । दिनदिनै होली उत्सव । जता हे¥यो होलीको रौनक । होलीको रमाइलो जोडिएर नै फागुनलाई यहाँ गवैया (गायक) ले ‘मस्त महिना अरे फागुनका’ भन्ने गरेका पाका मैथिल बताउँछन् ।

“हिन्दू  मैथिल परम्परामा फागुन विवाहको बाक्लै लगन (लग्न) भएको महिना हुन्छ, रङअबिरमा रमाउन पाइने हुँदा धेरैजसो मैथिल फागुनकै बिहे रोज्छन्”, बर्दिबास–९ पशुपतिनगरका अगुवा सामाजिक ७० वर्षीय विसुनदेव महतो भन्छन्, “त्यसैले अधिकांश जोडी बाँधिनेहरू फागुन पर्खन्छन् ।”

मधेसमा होली फागुन पूर्णिमाको भोलिपल्ट भनिए पनि मिथिला क्षेत्रका अनेकानेक परम्पराले यो पनि कहिलेकाहीँ तीन दिनसम्म चल्छ । पूर्णिमाका दिन फागु खेल्ने पर्वते परम्पराले मिश्रित बस्तीमा आजै होलीको धूम सुरु हुँदैछ । महोत्तरीका बर्दिबास, गौशाला, औरही र भङ्गाहा नगरपालिकामा आज होली पर्वविशेषका कैयौँ मनोरञ्जनात्मक कार्यक्रमको तयारी छ । पर्वते र मधेसीमूलका बाहुल्य बस्तीमा आज होली धुमधाम साथ मनाउने तयारी छ ।

“होली लाग्यो, आज साथीहरूसँग मज्जाले खेल्ने र ‘मटकाफोर’ कार्यक्रममा सहभागी हुने योजना छ”, बर्दिबास–२ ॐशान्तिचोककी २० वर्षीया कृति महतो भन्छन्, “बुरा नमानो होली है ।”

पर्वते मूलका साथीसँगको रमाएपछि मधेसी बाहुल्य बस्तीमा भने पूर्णिमाको होली शुक्रबार धुमधामसँग हुनेछ ।  यसैगरी, मिथिला माध्यमिकी परिक्रमाको १६औं दिन बिहान जनकपुरधामको अन्तरगृह परिक्रमा घुमिने र सोको भोलिपल्ट परिक्रमा पथभित्र होली पर्व मनाउने परम्पराले पर्सि शनिबार पनि यहाँको होली छ । 

मध्यमा परिक्रमाको १५औं दिन आज यात्री अन्तिम बासका लागि जनकपुर जानेछन् । भोलि शुक्रबार अन्तरगृह परिक्रमा हुनेछ । तिथिको भोग घटबढ र परिक्रमा तालिकाले यस्तो पर्ने गरेको भङ्गाहा–९ कञ्चनवनका शिक्षक नागेन्द्र यादव बताउँछन् । 

अन्तरगृह परिक्रमाका दिनसम्म सात्विक भोजन र ब्रह्मचर्यमा रहने व्रतले यहाँ होली परम्परा त्यसको भोलिपल्ट मनाइने चलन बसेको जलेश्वर–५ चौरियाका ७५ वर्षीय रहिमन मण्डलको कथन छ । 

होलीसँग जोडिएका फरकफरक परम्पराले यहाँ धेरैजसो तीन दिन होली पर्व पर्ने गरेको लोहारपट्टि–६ का ८० वर्षीय चन्देश्वर मण्डल बताउँछन् । आपसी घुलमिलले पर्वते र मधेसी मिसिएर पर्व मनाउँदा भावनात्मक एकताको सन्देश प्रवाह हुने हुँदा यसले सकारात्मक प्रभाव नै छाड्ने उनको ठम्याइ छ । 

यद्यपि पर्वमा उच्छृङ्खलता प्रवेश हुन नदिन सचेतता अप्नाउन जरुरी रहेको भङ्गाहा नगरपालिका प्रमुख सञ्जीवकुमार साहको भनाइ छ । यसैबीच, होली पर्वलाई दृष्टिगत गरी मधेसका सबै जिल्लामा स्थानीय प्रशासनले पर्व मर्यादित र उल्लासपूर्वक मनाउन सार्वजनिक अपिल गरेका छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending