काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले व्यवस्था परिवर्तनका नाममा जनतालाई भड्काउनेभन्दा सबै मिलेर अवस्था परिवर्तनका लागि काम गर्नुपर्ने बताएका छन्।
पश्चिम नवलपरासी आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हालसम्म भएका उपलब्धि र कमजोरीको समीक्षा गर्दै जनअपेक्षाअनुसार काम गरेर अगाडि बढ्नुको विकल्प नरहेको बताए।
उनले भने, “हामी सबैले आ–आफ्ना कमजोरी र गल्तीलाई सुधार्ने हो । दशकौँको सङ्घर्षपछि प्राप्त व्यवस्थाबाटै जनअपेक्षाअनुसार काम गर्ने थुप्रै सम्भावना छन् तर व्यवस्था फेर्ने नाममा समय खेर नफालौँ । लामो संघर्षपछि आएको संविधानमा भएका विभिन्न व्यवस्थालाई सुधार्दै, हाम्रा कमजोरी केलाउँदै अगाडि बढ्नुपर्छ।”
उनले हाल जनता भड्काउने काम भइरहेको भन्दै त्यसलाई असल काम र आवश्यक संवादमार्फत रोक्नुपर्ने धारणा राखे।
“हाल विविध कारणले रिसाएका नागरिकलाई थप भड्काउने प्रयत्न भइरहेको छ । कतिपय हाम्रै कारणले पनि त्यसमा मलजल पुगिरहेको छ । त्यसमा सचेत हुनैपर्छ । सुधारका लागि काम गर्नैपर्छ । नागरिकले सुशासन, विकास, हाम्रो राजनीतिक चालचलनबारे उठाइरहेका प्रश्नको सम्बोधन गर्नुपर्छ”, महामन्त्री थापाको भनाइ थियो ।
उनले प्रदेशमा दुईरतीनवटा मन्त्री भए काम चल्ने अवस्थामा धेरै मन्त्री आवश्यक नरहेका र केन्द्रमा सरकार बदल्नेवित्तिकै प्रदेशको मुख्यमन्त्री फेर्ने काम रोक्न आवश्यक रहेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: