Ntc summer Offer
Khabar Dabali २ चैत्र २०८१ आईतवार | 16th March, 2025 Sun
Investment bank

एनआरएनएको एकता महाधिवेशनका लागि निर्वाचन समिति गठन

खबरडबली संवाददाता

काठमाडौँ । सम्मानित  सर्वोच्च अदालतको परमादेश अनुसार एनआरएनएको एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिले तीन सदस्यीय निर्वाचन आयोग गठन गरेको छ। 

वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेको प्रमुख निर्वाचन आयुक्त रहनु भएको समितिमा सेवा निवृत्त मेजर डमर घले तथा अधिवक्ता आशिष उप्रेती निर्वाचन आयुक्त रहेका छन् ।  

नेपालको कानुनी क्षेत्रमा लामो अनुभव हासिल गर्नु भएका  वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे डेमोक्रयाटिक लयर्स एसोसिएसनका पूर्व अध्यक्ष हुन् भने ब्रिटिस सेनाको ब्रिगेड अफ गोर्खाजका  अवकाश प्राप्त मेजर डमर घले  एनआरएनए युकेका पूर्व अध्यक्ष हुन् ।  बेलायतमा बसोबास गर्ने उनले  हाल पोखरामा आफ्नै होटेल व्यवसाय  सञ्चालन गरिरहेका छन् ।

त्यस्तै अधिवक्ता आशिष उप्रेती  युवा  कानुन व्यवसायी हुन् ।  "लामो समयदेखि विवादमा अल्झिएको गैर आवासीय नेपाली सङ्घलाई एकताबद्ध गरी महाधिवेशन गराउन सर्वोच्च अदालतको परमादेश अनुरूप परराष्ट्र मन्त्रालयसँग समन्वय गरी आउँदो मे ३-५, २०२५ मा काठमाडौँमा एकताको महाधिवेशन गर्न लागिएको  हो।  संस्थाको  लोकतान्त्रीकरण तथा सम्पूर्ण सदस्यहरूलाई अधिकार सम्पन्न गर्ने गरी  निष्पक्ष र पारदर्शी रूपमा निर्वाचन सम्पन्न गराउन यो निर्वाचन समितिलाई सहयोग गर्न पनि हामी सम्पूर्ण मित्रहरूलाई आग्रह गर्दछौँ," उच्चस्तरीय समितिका अध्यक्ष डा शेष घलेले भने ।

उच्चस्तरीय समितिले यही ३१ मार्च २०२५ भित्र  https://nrnahlc.com/membership-registration/  मा गएर नयाँ सदस्यताको लागि आवेदन दिन  वा आफ्नो सदस्यता नवीकरण गराउन आग्रह गरेको छ।  समितिले एनआरएनएका सबै पञ्जीकृत सदस्यहरूले काठमाडौँमा उपस्थित भएर तोकिएको शुल्क तिरी डेलिगेट्स बन्न पाउने व्यवस्था गरिएको पनि जनाएको छ ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मजदुर संगठनहरुले बुझाए हानलाई ध्यानाकर्षण पत्र, देशैभर अभियानात्मक कार्यक्रम

काठमाडौं । मुख्य राजनीतिक दल निकट मजदुर संगठनहरुले होटल एसोसियसन नेपाल (हान)लाई ध्यानकर्षण पत्र बुझाएका छन् । आइतबार काठमाडौंको गैरिधारामा हानका प्रमु...

मधेस प्रदेशमा हावाहुरीको सम्भावना, राति कस्तो होला मौसम ?

काठमाडौं । आइतबार राति मधेसबाहेक देशका सबै प्रदेशमा चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  महाशाखाले आज...

बालिका बलात्कार आरोपमा एक जना पक्राउ

गोरखा  ।  १३ वर्षीया बालिकालाई बलात्कारको आरोपमा प्रहरीले एकजनालाईइ पक्राउ गरेको छ । पकउ पर्नेमा पालुङटार नगरपालिका–१ का २२ वर्षीय सुनिल सुनार रहेका छ...

स्ववियु निर्र्वाचनः नेपाल कमर्श क्याम्पसमा एमाले अखिल, नेविसंघ र अखिल क्रान्तिकारीबीच प्रतिस्पर्धा

काठमाडौं । नेपाल कमर्स क्याम्पस काठमाडौंको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकटका विद्या...

ललितपुरका केही स्थानमा २ महिनासम्मका लागि निषेधाज्ञा

काठमाडौं । ललितपुरका केही क्षेत्रमा निषेधाज्ञा जारी भएको छ । पुल्चोकस्थित यूएन हाउस, पुरानो मन्त्रीनिवास क्षेत्र र भैंसेपाटीस्थित नयाँ मन्त्रीनिवास क्...

पद्म कन्यामा एमाले अखिल र अखिल क्रन्तिकारीबीच तालमेल

काठमाडौं । स्ववियु निर्वाचनका लागि पद्म कन्या क्याम्पसमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका विद्यार्थी संगठनले चुनावी तालमेल गरेका छन् । एमालेको...

राष्ट्र बैंकले सार्वजनिक गर्याो २०८२ सालमा बैंक बिदाको सूची

काठमाडौं । नेपाल राष्ट्र बैंकले साल २०८२ मा बैंक बिदाको सूची सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले २०८२ मा दसैँ र तिहारसहित कुल ४८ दिन बैंक बिदा रहने...

झापाका विद्यार्थीले दिएको मन्तव्यको अन्तर्राष्ट्रिय चर्चा, हिटलरको शैलीसँग तुलना

झापा  । झापाका एक जना विद्यार्थीले विद्यालयको वार्षिकोत्सवमा दिएको मन्तव्यले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमै चर्चा पाएको छ । धुलाबारीको होलिबेल स्कु...

स्ववियु निर्वाचनमा पूर्वसन्ध्यामा तोडफोड तथा धम्की दिएकोप्रति शिक्षा मन्त्रालयको ध्यानाकर्षण

काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा तोडफोड तथा धम्की दिने गरेकोप्रति शिक्षा मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको...

प्रधानमन्त्री र राष्ट्रपति जनताले चुनेका होइनन्ः सांसद शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेल जनताले नचुनेको बताएका छन्...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy