सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सबैभन्दा पुरानो विद्यालयमा विद्यालय व्यवस्थापन समिति छनोटमा कांग्रेस एमाले गठबन्धनलाई हराउँदै माओवादी–समाजवादी गठबन्धनको प्यानल नै विजयी भएको छ ।
विद्यालय व्यवस्थापन समितिको नयाँ पदाधिकारी छनोटका लागि शनिवार निर्वाचन भएको थियो । प्रमुख राजनीति दलहरू गठबन्धन बनाएर निर्वाचनमा होमिएका थिए ।
सत्ता गठबन्धन एमाले र काँग्रेसका उम्मेदवार निमेश श्रेष्ठको प्यानलाई हराउँदै माओवादी र समाजवादी प्यानलबाट उम्मेदवार भएका ईश्वरी प्रसाद श्रेष्ठको प्यानल विजय भएको हो ।
कुल १३ सय ८९ मतदाता रहेकोमा ८ सय ६४ मत खसेको थियो । माओवादी–समाजवादी गठबन्धनका ईश्वरी श्रेष्ठले ३५८,उनकै प्यानलबाट राजन बुढाथोकीले ३ सय ९६, लक्ष्मी श्रेष्ठले ३ सय ८२ निर्मला श्रेष्ठले ३ सय ८२ मत प्राप्त गरेकी थिइन ।
त्यस्तै एमाले, कांग्रेस प्यानलबाट उम्मेदवार भएका निमेश श्रेष्ठले ३ सय २२, निमा लामा २ सय ७७, बिन्दा पुरी ३ सय २४ र लजिता श्रेष्ठले ३ सय ३९ मत प्राप्त गरेकी थिइन ।
माओवादी र समाजवादी गठबन्धनबाट निर्वाचित भएका ईश्वरी श्रेष्ठ एमाले नै हुन् । एमालेले उम्मेदवार नबनाएपछि उनी विद्रोह गरेर अर्को गठबन्धन बनाएर निर्वाचनमा भाग लिएका थिए । त्यस्तै एमाले र कांग्रेसबाट निमेश श्रेष्ठको प्यानल अघि सारिएको थियो ।
ईश्वरी श्रेष्ठ केही वर्ष एमाले छाडेर समाजवादमा गएको केही समयपछि उनी पुनस् एमाले मा नै फर्किएका थिए । उनलाई समाजवादी सहित समाजवादी एमालेको लिगेशी बाट पनि धेरै मत आएको नेताहरूको दाबी छ । एमाले केन्द्रीय सदस्य एवं पूर्वसासंद सुवास कर्माचार्य लगायतका नेताहरूको भित्री समर्थन श्रेष्ठलाई रहेको स्रोतको दाबी छ ।
एमाले र कांग्रेसबाट उम्मेदवार भएका निमेश श्रेष्ठलाई भने एमाले नेता एवं पूर्व सासंद कृष्णराज श्रेष्ठ लगायत नेताहरूको समर्थन रहेको थियो ।
कृष्ण रत्न गंगा माविको विव्यस छनोटमा भएको निर्वाचनमा माओवादीले समर्थन गरेका एमाले प्यानलले जितेको छ भने कांग्रेसले समर्थन गरेको एमाले उम्मेदवारहरू पराजित भएका छन् ।
गठबन्धनलाई पराजित गरेर आफूहरूको प्यानल नै जित भएको र चौतारा क्याम्पसको स्ववियु निर्वाचनमा पनि सत्ता गठबन्धनलाई पराजित गर्ने दाबी माओवादी केन्द्रीय सदस्य माधव सापकोटाको दाबी छ । स्ववियु निर्वाचनमा सिन्धुपाल्चोकमा कांग्रेस र एमाले बिच गठबन्धन रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २९ गते, २०८२ - २२:२५
मोरङ । ३८औँ संस्करणको विराट गोल्ड कप फुटबल–२०८२ प्रतियोगिताअन्तर्गत आज राति भएको खेलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।...
चैत्र २९ गते, २०८२ - २२:०१
काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् अहिले नीतिले भन्दा पनि सुनले बढी चम्किएको देखिन्छ। आज सार्वजनिक गरिएको सम्पत्ति विवरण हेर्दा लाग्छ—यो...
चैत्र २९ गते, २०८२ - २१:४६
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस संरक्षण अभियान’ सञ्चालन गरेको छ । स्थानीय बास...
चैत्र २९ गते, २०८२ - २१:४४
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उक्त विवरण अनुसार मन्त्री खनालसँग विभिन्न कम्पनीमा लगानीदेखि सुनसम्म रहेको ...
चैत्र २९ गते, २०८२ - १९:४९
झापा। झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका ...
चैत्र २९ गते, २०८२ - १९:४५
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को खातामा १ करोड ४६ लाख रुपैयाँ रहेको पाइएको छ । आज सार्वजनिक भएको प्रधानमन्त्री बालेनको सम्पत्ति विवरण...
चैत्र २९ गते, २०८२ - १९:४२
काठमाडौं। नेपालमा अधिकांश दैनिक उपभोग्य वस्तुका लागि आयातमै निर्भर हुनुपर्ने अवस्था त सुनेकै छौँ, तर सुकुटी अर्थात् सुक्खा तरकारीको अवस्था पनि त्यस्तै...
चैत्र २९ गते, २०८२ - १९:३९
काठमाडौं । चीनले भारतीय भूभागभित्र पर्ने स्थानहरूको नाम परिवर्तन गर्ने प्रयास गरेको भन्दै भारतले कडा आपत्ति जनाएको छ। भारतीय विदेश मन्त्रालयले सामाजिक...
चैत्र २९ गते, २०८२ - १९:३४
सर्लाही । भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा लगाइएको प्रतिबन्धको निर्णयविरुद्ध सर्लाहीमा राजनीतिक दलहरूले एकजुट भएर विरोध जनाएका छन्। जिल्लामा ...
चैत्र २९ गते, २०८२ - १९:३१
हेटौँडा। मकवानपुर जिल्लामा अवैध रूपमा घरेलु मदिरा उत्पादन भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा मदिरा र कच्चा पदार्थ बरामद गरेको छ।...


प्रतिकृया लेख्नुहोस्: