Ntc summer Offer
Khabar Dabali ३ चैत्र २०८१ सोमबार | 17th March, 2025 Mon
Investment bank

सप्तरीमा एक सय दशमलव ११ हेक्टर वन अतिक्रमित

खबरडबली संवाददाता

सप्तरी । सप्तरीमा एक सय दशमलव ११ हेक्टर वनक्षेत्र अतिक्रमणको चपेटामा परेको छ । जिल्लाका अतिक्रमित वन क्षेत्रमा स्थानीयवासीले खेतीपाती गर्ने गरेका छन् ।

डिभिजन वन कार्यालयका प्रमुख सुभासचन्द्र दासले सप्तरीभरिका एक सय दशमलव ११ हेक्टर क्षेत्रफल वनक्षेत्र अतिक्रमणमा परेको जानकारी दिए । उनले स्थानीयवासीले सामुदायीक वनलाई अतिक्रमण गरेर खेतीपाती गरिरहेको बताए। वन अतिक्रमण गर्ने स्थानीयवासीलाई राजनीतिक दलले अघोषित रूपमा समर्थन गर्ने परिपाटीले वनजङ्गल जोगाउन समस्या भइरहेको प्रमुख दासले जानकारी दिए। उनले अतिक्रमणमा परेकोलाई हटाउन जाँदा राजनीतिक दलबाटै प्रतिरक्षा गर्ने गरेको गुनासो गरे। 

उनले कार्यालयसँग पर्याप्त जनशक्ति नहुँदा पनि नियमित अनुगमन र सुपरीवेक्षण गर्न नसकेको बताउदै बेलाबखतमा स्थानीय प्रशासनसँग समन्वय गरी अतिक्रमणमा परेको वनलाई फिर्ता ल्याउने प्रयास भइरहेको बताए। डिभिजन वन कार्यालयमा कुल ९४ जना कर्मचारीको दरबन्दी भए पनि अहिले ८० जनामात्र कार्यरत छन् । जसले गर्दा पनि नियमित रूपमा वन अनुगनम र निरीक्षण गर्न समस्या भइरहेको कार्यालयका प्रमुख दासले बताए।

सप्तरीमा २१ हजार एक सय ३६ हेक्टर वनक्षेत्र छ । सप्तरीमा ९५ वटा सामुदायिक वन रहेका छन् । सामुदायीक वन १८ हजार सात सय ६१ दशमलव २६ हेक्टरमा फैलिएको छ । निजी वन ३८ बिघा २२ कट्ठा ११ धुर क्षेत्रफलमा फैलिएको छ । वनमा साल, खयर, मसला, टिक, सिमल, सिसौँ, जामुन लगायत प्रजातिका रुख रहेको रेन्जर अमित पोखरेलले जानकारी दिए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजनीति गर्ने मान्छे स्वच्छ छैन, पारदर्शी छैन, नैतिक छैन भन्ने भाव जनतामा छ: नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले राजनीतिज्ञमा निष्ठाभावको ठूलो महत्त्व हुने औंल्याएका छन्। रामहरि ढु...

मौलिक र वास्तविक मूल्याङ्कनबाट मात्र राष्ट्रिय सुरक्षालाई सुदृढ तुल्याउन सकिन्छः प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय सुरक्षाको प्रमुख उद्देश्य राज्यशक्तिका संयन्त्रहरुको समन्वयात्मक उपयोगबाट राष्ट्रहित प्रवर्द्धन ग...

कर्णालीमाथि एपीएफको सहज जित

काठमाडौँ । जारी पीएम कपमा एपीएफ क्लबले कर्णाली प्रदेशलाई पराजित गरेको छ । आइतबार सिद्धार्थनगर रंगशालामा सम्पन्न खेलमा एपीएफले कर्णालीलाई ५ विकेटले परा...

उत्तरी म्यासेडोनियाको नाइटक्लबमा आगलागी, ५१ जनाको मृत्यु

काठमाडौँ । उत्तरी म्यासेडोनियाको नाइटक्लबमा आगलागी हुदा ५१ जनाको मृत्य भएको छ । आगलागीमा कम्तीमा ५१ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएको ब...

टिकटकर कुल ब्वायले गरे स्मार्ट पोइन्टको उद्घाटन

काठमाडौं । अभिनेता तथा टिकटकर कुल ब्वायले स्मार्ट पोइन्टको उद्घाटन गरेका छन्। काठमाडौंको केएल टावसरको दोस्रो तलामा रहेको स्मार्ट पोइन्टको शनिबार एक का...

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहु...

नेप्से परिसूचकमा २१ अङ्कको गिरावट, छ अर्ब ८३ करोडको कारोबार

काठमाडौं। साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २१ दशमलव ६३ अङ्कले घटे...

स्वास्थ्य बीमा सुधार सुझाव समितिको प्रतिवेदन सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन सार्वजनिक गरेको छ । मन्त्रालयमा एक कार्यक्रम गरी मन्त्...

सेती लोकमार्गको काम छिटो सुरु गर्न प्रेम आलेको सरकारलाई ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधि सभा सदस्य एवं नेकपा (एकीकृत समाजवादी) का नेता प्रेमबहादुर आलेले वन तथा वातावरण मन्त्रालयले बाहानाबाजी गरी भोकाधिकार र रुख कटान आद...

बागमतीमाथि लुम्बिनी ४८ रनले विजयी

काठमाडौं । जारी पीएम कपमा लुम्बिनी प्रदेशले बागमती प्रदेशमाथि रोमाञ्चक जित हासिल गरेको छ । देउखुरी क्रिकेट स्टेडियममा आइतबार सम्पन्न खेलमा लुम्बिनीले ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy